समाचार

धरहरा पुनः निर्माणले गति लियो

काठमाडौँ, फागुन २७ गते । गोरखा भूकम्पले क्षति पु-याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र अघि बढेको छ । नौतलाको काम जारी रहेको , हालसम्मको ३३ प्रतिशत सम्पन्न र रु ८५ करोड खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जानकारी गराउनुभयो । दुई वर्षमा सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले पुनःनिर्माणको […]


दरबार हाइस्कुल अब भव्य भवनमा

शेषकान्त पण्डित / काठमाडौँ, फागुन २६ गते । ऐतिहासिक दरबार हाइस्कुलका रूपमा परिचित भानु माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि नयाँ भवनबाट कक्षा सञ्चालन गर्ने भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको भवन निर्माण कार्य सम्पन्न भएसँगै यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालनको तयारी गरिएको हो । नेपाल र चीन सरकारको निर्माण प्राविधिक टोलीले अन्तिम स्वीकृति […]


कोरोनाको आशंकामा ४ सय ४१ को नमुना परिक्षण, सबै नेगेटिभ

काठमाडौँ, फागुन २६ गते । कोरोना भाइरसको आशंकामा नेपालमा हालसम्म गरिएका ४ सय ४१ नमुना परीक्षणको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले हालसम्म नेपालमा कोरोना भाइरस नदेखिएको बताए । ‘हालसम्म कोरोना भाइरस नेपालमा फैलिएको छैन्, तर सम्भावित जोखिमलाई मध्यनजर गर्दै यथोचित व्यवस्था गरिएको छ,’ […]


वैकल्पिक बजार खोज्दै वायु सेवा प्रदायक

सिबी अधिकारी / काठमाडौं, फागुन २५ गते । कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरेका छन् । कोरोनाको हल्लाले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई असर पार्ने खतरा देखेका व्यवसायीले पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने ठूलो लगानी भएको हवाई क्षेत्रले बढी मार खेप्नुपरेको जनाएका हुन् […]


नागढुङ्गा–कलङ्की सडकखण्डमा आकाशे पुल निर्माण गरिने

काठमाडौं, फागुन २५ गते । चन्द्रागिरी नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकाशे पुल निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । नगर प्रमुख घनश्याम गिरीले राजधानी भित्रिने प्रमुख नाकामा रहेको चन्द्रागिरीमा बटुवालाई बाटो काट्न सहजताका लागि आकाशे […]


सार्वजनिक शौचालयको योजना बनाउँदै कीर्तिपुर नगरपालिका

काठमाडौँ, फागुन २४ गते । कीर्तिपुर नगरपालिकाले ‘सार्वजनिक शौचालयसम्बन्धी सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन’ पारित गर्दै कार्यान्वयनमा अगाडि बढाएको छ । साथै आगामी वर्षदेखि सार्वजनिक शौचालयको योजना बनाउने तयारीमा जुटेको छ । सार्वजनिक शौचालयलाई व्यवस्थित बनाउन ल्याइएको सो मार्गदर्शन कार्यान्वयन गर्ने सो नगरपालिका काठमाडाँै उपत्यकाभित्रका नगरपालिकामध्ये नै पहिलो बनेको जनाइएको छ । नगरको सरसफाइ र स्वच्छ […]


सरकारलाई सफल बनाउनु अहिलेको कार्यभार : प्रवक्ता श्रेष्ठ

काठमाडौँ, फागुन २४ गते । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई सफल बनाउनु अहिलेको केन्द्रीय कार्यभार भएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले समाजवाद निर्माणको आधार तयार गर्न सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताउनुभएको हो । “सरकारलाई सफल नबनाइए जनतामा निरासा छाउँछ, […]


सरकारले शुरू गर्‍यो सर्जिकल पसलको दैनिक अनुगमन, धमाधम जरिबान ; शिक्षा मन्त्रालय भन्छ : एसइई परीक्षा चैत ६ गतेदेखि नै हुन्छ

काठमाडौँ, फागुन २३ गते । कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले हाल दैनिकजसो सर्जिकल पसल, फार्मेसी तथा मागको दैनिक अनुगमन गर्ने गरेको छ । कोरोना भाइरसका कारण मास्क, स्यानिटाइजर एवं औषधिजन्य सामग्रीको कृत्रिम अभाव भएको उपभोक्ताको उजुरीपछि बजार […]


प्रमले टेलिफोनमा भन्नुभयो- ­म छिटो काममा फर्कन्छु

काठमाडौँ, फागुन २३ गते । बुधबार मिर्गौलाको प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताउनुभएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाप्रत्यारोपणपछि चिकित्सकको निगरानीमा रहनुभएका प्रधानमन्त्रीले आज प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाललाई आफँैले टेलिफोन गरी आफ्नो स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको बताउनुभएको छ । “मेरो स्वास्थ्यमा राम्रो सुधार हुँदै गइरहेको छ । म […]


अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकियो

दीपक श्रेष्ठ / काठमाडौँ, फागुन २२ गते । अर्थ तथा सञ्चार मन्त्री डा.युवराज खतिवडाले कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण रोक्न विदेशी प्रवेश गर्ने मुख्य मार्ग र सिमानामा कडा सुरक्षा जाँच सुरु गरिएको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.खतिवडाले मुलुकभित्र कोभिड–१९ सङ्क्रमण अहिलेसम्म नदेखिएको चर्चा गर्दै कोरोनाबारे भय र त्रास होइन सतर्कता र […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter