समाचार

झण्डै ५० वर्षपछि अध्यावधिक गरिँदै पारिस्थितिकीय प्रणाली

भीष्मराज ओझा / काठमाडौँ, माघ २ गते । लामो समयदेखि नेपालको पारिस्थितिकीय प्रणाली र वनका प्रकारको नक्साङ्कन अध्यावधिक गर्ने कार्य नभएको अवस्थामा त्यसका लागि एकाइ गठन भई नक्साङ्कन कार्यको प्रक्रिया अघि बढाइएको छ । झण्डै ५० वर्षपछि नेपालका पारिस्थितिकीय प्रणालीको अध्ययन र नक्साङ्कन अध्यावधिक गरिन लागेको हो । नेपालका पारिस्थितिकीय प्रणालीको अध्ययन र नक्साङ्कन पहिलो […]


छेन्दु– भैरहवा सिधा उडानका लागि चिनियाँ सहयोग रहन्छ- राजदूत होउ

बुटवल, माघ १ गते । मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउनका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताउनुभएको छ । नेपालका लागि चीनका राजदूत होउ यान्छीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको र लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम […]


‘योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग’

काठमाडौँ, माघ १ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगलाई जीवन अभिन्न अङ्ग बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय योग मूल समारोह समितिले आज यहाँ आयोजना गरेको राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्ति मूल समारोह कार्यक्रममा उहाँले योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले आधुनिकतासँग समाजमा थुप्रै तनाव बढेको भन्दै त्यसलाई कम गर्नका योग, ध्यान […]


बालबालिकाका लागि लगानी बढाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ, माघ १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले भविष्यका जिम्मेवार नागरिक बालबालिकाका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । माघे सङ्क्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित ‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा उहाँले शिक्षा र स्वास्थ्यका साथै असल नागरिक बनाउन तिनमाथि लगानी बढाउन र हेरचाहमा कुनै कमजोरी भए विशेष ध्यान दिन संसद् […]


पुरानो संसद् भवन पुनःनिर्माण गर्न विकास समितिको निर्देशन

काठमाडौँ, पुस २९ गते । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरस्थित पुरानो संसद् भवनलाई त्यही स्वरुपमा पुनःनिर्माण गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकमा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भवनको स्वरुप नबिग्रने गरी पुनःनिर्माण गर्न सभापति कल्याणीकुमारी खड्काले निर्देशन दिनुभएको हो । साविक मौलिकता रहने गरी भवन बनाउन उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]


नेतृत्वमा परिवर्तन र सुधार भए , प्रशासनले प्रतिफल दिनसक्छ –प्रम ओली

काठमाडौं, पौष २९ गते । प्रधानमन्त्री के.पी.शर्मा ओलीसमक्ष प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको प्रतिवेदन समितिका अध्यक्ष काशीराज दाहालले मंगलबार आज पेश गर्नुभयो । प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कर्मचारी प्रशासन भनेको सामाजिक अभियन्ता भएकाले जनतालाई सेवा दिन कर्मचारी प्रशासनले जिम्मेवारपूर्ण र उत्तरदायी भएर भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कर्मचारीतन्त्रको दक्षता, सदाचारयुक्त आचरण […]


विकास सहायतासँग बन्दुक जोडियर आउँदैनः परराष्ट्रमन्त्री

गुल्मी, पुस २९ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल असंलग्न सिद्धान्तप्रति प्रतिबद्ध रहेका कारण कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताउनुभएको छ । दोस्रो रुरु महोत्सवको आज यहाँ उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कुनै पनि देशको विकास सहायतासँग बन्दूक जोडिएर नआउने भएकाले विकास सहायता सबै देशबाट लिने सरकारको नीति रहेको स्पष्ट गर्नुभयो । मन्त्री ज्ञवालीले […]


मेलम्चीकाे सुरुङ चारसय मिटर मात्र ‘फिनिसिङ’ हुन बाँकी

काठमाडौँ, पुस २८ गते । मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ । चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरु गरेसँगै तीव्रगतिमा काम अघि बढेको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले काम अलपत्र छाडेर जाँदा यहाँ […]


समावेशी विकासमा अर्थपूर्ण साझा प्रयास आवश्यक : अर्थमन्त्री खतिवडा

काठमाडौँ, पुस स् २८ गते । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताउनुभएको छ । समृद्धि फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘मिश्रित अर्थव्यवस्था र लैङ्गिक मैत्री लगानी’ विषयक कार्यक्रममा उहाँले घरेलु तथा मझौला उद्योगमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई सुझाव दिनुभयो । अर्थमन्त्री डा खतिवडाले […]


नेपाल–चीन सम्बन्ध नयाँ आयामबाट जोड्न आवश्यक : शिक्षामन्त्री

काठमाडौँ, पुस २८ गते । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले नेपाल–चीन सम्बन्धलाई युवापुस्ताले नयाँ आयामबाट थप उचाइमा पुर्‍याउनुपर्ने बताएका छन् । आफूले विद्यार्थी आन्दोलनदेखि नै चीनबारे बुझ्दै आएको बताउँदै अरनीको र भृकुटीको परिचयले मात्र नेपाल–चीन सम्बन्धलाई सीमित नराखेर आधुनिक समाजका लागि युवाहरूले नयाँ आयामबाट दुई देशको सम्बन्धलाई चिनाउनुपर्ने बताए । नेपाल–चीन पत्रकार समाजले आयोजना गरेको तीन महिने […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter