
काठमाडौं, माघ १५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नर्सिङ क्षेत्रमा धेरै समस्याहरु रहेको बताउनुभएको छ । ५८ नर्सिङ दिवसको अवसरमा नेपाल नर्सिङ संघले आयोजना गरेको कार्यक्रममा मन्त्री ढकाललेनर्सिङ क्षेत्रमा धेरै समस्याहरु बताउनुभयो । कुनै पनि पक्षधरतामा नपरी काम गर्ने उल्लेख गर्दै उहाँले कामको आधारमा मुल्याङ्कन गरिने बताउनुभयो । स्वास्थ्य क्षेत्रका सबै विषयलाई […]

काठमाडौँ, माघ १५ गते । प्रतिनिधिसभा, अर्थ समितिले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको दफावार छलफलमा भएका सहमतिसम्बन्धी विषयवस्तु समेटेर अन्तिम प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिएको छ । विधेयकमाथिको दफावार छलफल सकिएपछि समितिको आजको बैठकले मूल ऐन, विधेयकमाथिको संशोधन, राष्ट्रियसभाबाट प्राप्त सन्देश र समितिमा भएको छलफललाई समेटेर अन्तिम प्रतिवेदन […]

काठमाडौँ, माघ १५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रगतको अभावमा छट्पटाइरहेका बिरामीले पैसा तिरेर रगत लिनुपर्ने बाध्यताको अन्त्य हुनुपबिरामीले पैसा तिरेर रगत लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आज काठमाडौँमा आयोजित १४ औंँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस समारोहमा उहाँले भन्नुभयो, “दाताले रगत दिइरहने तर […]

चितवन, माघ १४ गते । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रकृति बढेको बताउनुभएको छ । जिल्ला सरकारी वकिलको कार्यालय भवनको आज यहाँ शिलान्यास गर्नुहुँदै उहाँले अनुसन्धान फितलो भए अभियोजन पनि फितलो हुने भएकाले अपराधीले उन्मुक्ति पाउन सक्ने बताउनुभयो । पाँच वर्षयता मुद्दाको वृद्धिदर ६५ प्रतिशत भएको भन्दै उहाँले चितवन, कास्की, सुनसरी र रुपन्देहीमा हरेक […]

चितवन, माघ १४ गते । जिल्लाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १०६ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६४६ को परीक्षणका क्रममा ती नयाँ सङ्क्रमण भेटिएको हो । सङ्क्रमितमध्ये १०४ ले नियमित औषधि सेवन गर्दै आएका छन् । सङ्क्रमितको सङ्ख्या […]

हेटौंडा, माघ १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा युवा पुस्तालाई राष्ट्रभक्ति र लोकतान्त्रिक पद्धतिका बारेमा चेतना अभिवृद्धि गर्न सङ्घीय र प्रदेश सरकारको भूमिकाको आवश्यकता रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले वाग्मती प्रदेशअन्तर्गत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका वडा नं ११ नवलपुरस्थित शहीद स्मारकमा नवनिर्मित प्रजातान्त्रिक उद्यानमा स्थापित विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल र मनमोहन अधिकारीको पूर्ण […]

काठमाडौँ, माघ १३ गते । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट आफूले सदनको कामकारबाही अगाडि बढाउने बताउनुभएको छ । सभामुख पदको शपथ ग्रहणलगत्तै आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेपछि आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उहाँले सदनलाई जीवन्तरूपमा सञ्चालन गरिने बताउनुभयो । “हामीले चुनेर पठाएका प्रतिनिधिले लोकतान्त्रिक बाटोबाट छलफल गरेका छन् भनेर […]

काठमाडौं, माघ १३ गते । नेपाली काँग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशनको मिति तय गर्दै त्यसको तयारीलाई तीव्र बनाएको छ । काँग्रेसले केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । काँग्रेसको गत पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले गाउँ÷नगर वडा अधिवेशन २०७७ साल मङ्सिर ९ गते, गाउँ÷नगरपालिका अधिवेशन […]

काठमाडौँ, माघ १२ गते । सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोडबल गर्ने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले ७८औँ भन्सार दिवसका अवसरमा राजश्वको लक्ष्य पूरा गर्न अनावश्यक रुपमा सरकार नलाग्ने तर नियम कानूनको कार्यान्वयनमा भने कडा रुपमा प्रस्तुत हुने बताए । उनले सरकार नियमसङ्गत तरिकाले नै अगाडि बढ्ने र कोही कसैलाई पनि […]

बुटवल, माघ १२ गते ।मानवसेवा आश्रम प्रदेश ५ शाखाले भवन निर्माणका साथै अक्षयकोषको स्थापनाका लागि श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञ गर्न लागेको छ । बेसहारा सडक मानवलाई उद्धार गरि राख्नका लागि भवन बनाउन महायज्ञ सञ्चालन गर्न लागेको आश्रमले जनाएको छ । आइतवार पत्रकार सम्मेलन गरि मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बुटवल भाटभटेनी सपिङ सेन्टरको छेउमा […]