काठमाडौं, मङ्सिर १४ गते । देशभरका आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । काश्कीका केही स्थानमा सामान्य घटना भए पनि निर्वाचन शान्ति पूर्ण वातावरणमा सम्पन्न भएको विभिन्न जिल्लाहरूबाट हाम्रा समाचारदाताहरूले जनाएका छन् । निर्वाचन आयोगका अधिकारीका अनुसार ६५.४३ प्रतिशतको बीचमा मतदान भएको निर्वाचन अायाेगल पत्रकार सम्मेलनमा जनाएकाे छ । आजै बेलुकाबाट मत गणना […]
गोपालचन्द्र सुवेदी / काठमाडौँ, मङ्सिर १४ गते । लामो समय सुस्त रहँदै आएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका कामलाई तीव्रता दिन नेपाल भारत सहमत भएका छन् । भारतको नयाँ दिल्लीमा शुक्रबार सम्पन्न पञ्चेश्वर विकास प्राधिकरणको गभर्निङ काउन्सिलको साताँै बैठकमा परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को समीक्षा गरी निर्णयमा पुग्न माघ १ गते नयाँ दिल्लीमै विज्ञ समूहको बैठक बस्ने सहमति जुटेको […]
काठमाडौँ, मङ्सिर १४ गते । दक्षिण एसियाली खेलकुदको १३ औं संस्करणमा सहभागी हुने नेपाली टेनिस खेलाडीलाई काठमाडौं जिल्ल टेनिस संघले नगद पुरस्कार घोषणा गरेको छ र खेलाडिलाई शुभकामना दिन आयोजित कार्यक्रममा नेपाल टेनिस संघका केन्द्रिय महासचिव समेत रहेका काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुलले नगद पुरस्कारको घोषणा गरेका हुन् । मुलले स्वर्णलाई ५० हजार, […]
काठमाडौँ, मङ्सिर १३ गते । सञ्चार क्षेत्रका विज्ञहरुले प्रेस काउन्सिल नेपालले पछिल्लो पटक सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण निष्पक्ष नभएको भन्दै पुनः वर्गीकरण गर्नुपर्ने माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ, ललितपुर र भक्तपुर शाखाको प्रतिनिधि टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई भेटेर आर्थिक वर्ष २०७४÷७५ को पत्रपत्रिकाको नतिजा मनोमानी, पूर्वाग्रही, विभेदपूर्ण र […]
जनकपुरधाम, मङ्सिर १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सीताराम विवाह महोत्सवअन्तर्गत भारतको अयोध्याबाट आएको भगवान् रामको जन्ती (प्रतीकात्मक) लाई आज जनकपुरधाममा स्वागत र सम्मान गर्नुभएको छ । सीताराम विवाह महोत्सव–२०७६ मूल समारोह समितिद्वारा जनकपुरधामको बाह्रबिघा (रङ्गभूमि) मा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले जन्तीलाई स्वागत सम्मान गर्दै प्रतीकात्मक रूपमा रहेका सीता र रामलाई टीका लगाउनुभयो । […]
दैलेख, मङ्सिर १२ गते । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि महत्वपूर्ण मानिने ‘साइस्मिक सर्वे’को काम तिब्र पारिएको छ । जिल्लाको विभिन्न स्थानमा यस सर्वेको काम तिब्र पारिएको हो । नेपाल र चीन सरकारको संयुक्त टोलीले पेट्रोलियम अन्वेषणको काम अगाडि बढाउँदै आएका छ । विदेशमा पेट्रोलियम अन्वेषण काममा अनुभव प्राप्त गरेका नेपाली कामदारहरुसमेत अन्वेषणमा खटिदै आएका […]
काठमाडौँ, मङ्सिर १२ गते । गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय र मातहतका निकायहरुलाई उनीहरुले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा शतप्रतिशत नजिक पुग्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्रालयमा आज आर्थिक वर्ष २०७६/७७ को प्रथम चौमासिक कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भन्नुभयो, “तोकिएको लक्ष्य १०० प्रतिशत […]
खाँदबारी, मङ्सिर ११ गते । सङ्खुवासभाको मकालु गाउँपालिकाका मतदान केन्द्रहरुमा मतपत्र र मतपेटिका पठाइसकिएको छ । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक सामग्रीहरु भौगोलिकरूपमा विकट गाउँमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका प्रमुख चोलाराज दङ्गालले जानकारी दिनुभयो । भौगोलिकरूपमा विकट मानिएका मकालु गाउँपालिकाको पाँच मतदान केन्द्रमा मङ्गलबार र अन्य बाँकी मतदान केन्द्रमा आज बिहान […]
काठमाडौँ, मङ्सिर ११ गते । विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि रु १६ अर्ब ३७ करोड १३ लाख ऋण सहयोग गर्ने भएको छ । युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न रु १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि रु दुई अर्ब ७४ करोड १३ लाख सहयोग गर्न […]
काठमाडौं, मंसिर १० । मेडिकल कलेजका सञ्चालकहरुले अतिरिक्त शूल्क फिर्ता गर्न नमानेपछि बुधबारदेखि विद्यार्थीसँग उजुरी लिएर ठगी मुद्दामा कारबाही गर्ने निर्णय सरकारले गरेको छ । मंगलबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले सोमबार मेडिकल कलेज सञ्चालकलाई शुल्क फिर्ता गर्न २४ घन्टाको समय दिएको थियो । उनीहरुले नमानेपछि […]