समाचार

“बहुमूल्य सम्पत्तिलाई समृद्ध देश निर्माणमा सदुपयोग गरौँ” : प्रधानमन्त्री

काठमाडौँ, माघ ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचलनमा हरेका भाषा, धर्म, संस्कृति, वेशभूषालगायत विविध बहुमूल्य सम्पत्तिलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएको प्रमुख चाड सोनाम ल्होछारका अवसरमा प्रधानमन्त्री ओलीले आज शुभकामना व्यक्त गर्दै देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको समेत […]


शान्ति र स्थायित्व बिना विकास सम्भव छैन : गृहमन्त्री थापा

सुर्खेत, माघ ११ गते । गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्व बिना मुलुकमा विकास असम्भव भएको बताउनुभएको छ । नेपाल सरकार गृहमन्त्रालय र कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने सुरक्षा गोष्ठीमा सहभागी हुन शुक्रबार सुर्खेत आई पुग्नुभएका गृहमन्त्री थापाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारले आपराधिक नियन्त्रणलाई प्राथमिकता […]


कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक सुरु

वीरेन्द्रनगर, माघ १० गते । कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक प्रदेश राजधानी वीरेन्द्रनगरस्थित शुभ होटेलमा सुरु भएको छ । परिषद अध्यक्ष मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहानदेखि सुरु भएको बैठकमा प्रदेश योजना आयोगले तयार गरेको कर्णाली प्रदेशको प्रथम पञ्च वर्षीय योेजनाको मस्यौदाबारे सदस्यहरुको सुझाव तथा मार्गदर्शन लिने बताइएको छ । बैठकमा परिषदको सदस्यका रुपमा प्रदेश […]


राष्ट्रपतिका विज्ञ–सल्लाहकार प्याकुरेलको राजीनामा स्वीकृत

काठमाडौं, माघ १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञ सल्लाहकार सुशील प्याकुरेलले शुक्रबार दिएकाे राजीनामा स्वीकृत गरेकी छन् । प्याकुरेलले संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनु पर्ने अनुभूत गर्दै राजीनामा दिएको घोषणा गरेका थिए ।


काष्ठमण्डप निर्माणका लागि महानगरपालिकाकाे थप रकम निकासा

शान्ति लामा / काठमाडौँ, माघ ९ गते । भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप सत्तल निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रकम दिएको छ । बिहीबार काष्ठमण्डप पुननिर्माण समितिलाई महानगर प्रमुख विद्यासुन्दर शाक्यले पाँच करोड रुपियाँको चेक हस्तान्तरण गर्नुभयो । यसअघि काठमाडौँ महानगरपालिकाले पाँच करोड ५५ लाख रुपियाँ काष्ठमण्डप निर्माणका लागि दिइसकेको छ । चेक हस्तान्तरण गर्दै प्रमुख शाक्यले […]


अंग्रेजी सिकाउने नाममा नेपाली कमजोर नबनाउँ : मन्त्री पोखरेल

काठमाडौँ, माघ ९ गते । अंग्रेजी सिकाउने नाममा नेपाली भाषालाई कमजोर नबनाउन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयका संचालकलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालयको छाता संगठन (प्याप्सन) र सीटिएफ नेपालको सह-आयोजनामा सुरु भएको दुई दिने ‘विद्यालय शिक्षा’ को राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले निजी विद्यालयमा भएको गलत अभ्यास औल्याएका हुन् […]


एउटै औजारमा करोडौँ कमिशन खाने प्रवृतिले स्वास्थ्य क्षेत्र बन्दैन – स्वास्थ्यमन्त्री

कञ्चनपुर, माघ ८ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताउनुभएको छ । आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैंना स्वास्थ्य चौकीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एउटै औजारमा करोडौँ कमिसन खाने कार्यले स्वाथ्य क्षेत्र बन्दैन भन्नुभयो । पिपलाडी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउने घोषणा भइसकेको बताउँदै उहाँले सरकारबाट औजार, […]


एआइजी सिंहलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ, माघ ८ गते । प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी डा.आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको गत ६ माघको निर्णय अनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट डा. सिंह प्राविधिक प्रहरी […]


माघमा खर्च गर्न नसकिने बजेट फिर्ता गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ, माघ ८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई यही माघ महिनाभित्र गर्नुपर्ने भनी तोकिएका काम अघि नबढेमा बजेट फिर्ता हुने बताउनुभएको छ । सञ्चार मन्त्रालय र सम्बन्धित निकायको आर्थिक वर्ष २०७६÷०७७ मा सञ्चालन गरिने कार्यक्रमको आज सिंहदरबारमा सम्पन्न अर्धवार्षिक समीक्षा बैठकमा मन्त्री बाँस्कोटाले वार्षिक कार्यक्रममा रहेकामध्ये हालसम्म खर्च […]


प्रम ओली र मोदीद्वारा भिडियो कन्फ्रेसमार्फत् चेकपोस्ट समुद्घाटन

काठमाडौं, माघ ७ गते । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेसमार्फत् आज संयुक्त रुपमा जोगवनी–बिराटनगर इन्टीग्रेटेट चेकपोष्टको उद्घाटन गर्नु भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित कन्ट्रोल रुमबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यालयबाट स्विच थिचेर विराटनगर एकीकृत जाँच चौकीको उद्घाटन गर्नुभएको छ । यससँगै विराटनगरमा निर्मित […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter