
काठमाडौं, माघ ७ गते । नेपाल भ्रमणमा रहेका बेल्जियमका राजपरिवारका सदस्यहरूले भक्तपुरका सांस्कृतिक सम्पदा क्षेत्रको अध्ययन अवलोकन गरेका छन् । नेपाल भ्रमण वर्ष चलिरहेकै बेला आएका बेल्जियमकी राजकुमारी अस्ट्रिड र राजकुमार लोरेन्जसहितको पाहुना टोलीलाई अवलोकन भ्रमण गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफैँ सम्पदा क्षेत्र पुगेका छन् । भक्तपुर पुगेका पाहुनालाई नगर प्रमुख […]

काठमाडौं, माघ ७ गते । काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धको सम्झौता–पत्रमा हस्ताक्षर भएको एक महिनापछि विरेन्द्र अस्पताल छाउनीमा हेमोडाइलोसिस सेवा सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार (आज) विरेन्द्र अस्पताल छाउनीमा पुगी काठमाडौँ महानगरपालिका १५ डल्लु निवासी ६२ वर्षिया चन्द्रादेवी मर्जनको उपचारका लागि हेमोडाइलोसिस मेसिन खोली सेवाको […]

काठमाडौँ, माघ ६ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूहको ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उहाँले नेपालमा अहिलेसम्म पर्यटक सुरक्षित रुपमा रहेका बताउनुभयो । उहाँले पर्यटकलाई कुनै आपतविपत् परे सरकारले जुनसुकै बेला पनि उद्धार गर्ने उल्लेख […]

काठमाडौँ, माघ ६ गते । नेपाल मिडिया काउन्सिल विधेयकमा प्रस्ताव गरिएको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने विषयमा सहमति भएको छ । विधेयकमाथि राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा भइरहेको दफावार छलफलका क्रममा समितिमा प्रतिनिधित्व गर्ने सांसदबीच सहमति भएको हो । मिडिया काउन्सिल विधेयकका सम्बन्धमा जिज्ञासामा समितिका सभापति परशुराम मेघी गुरुङले भन्नुभयो,“काउन्सिल नियमनकारी संस्था भएकाले दण्ड जरिवाना होइन, आचारसंहिता […]

काठमाडौं, माघ ५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले रिक्त सभामुख पदमा अग्नी सापकोटलाई उम्मेदबार बनाउने निर्णय गरेको छ । बालुबाटारमा आइबार बसेको सचिवालय बैठकले सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा निर्वाचित सांसद सापकोटालाई सभामुख पदका लागि सिफारिस गर्ने निर्णय गरिएको नेकपाका नेता विष्णु पौडेलले बताउनुभयो । साँगाचोकगढी नगरपालिका ४, सिन्धुपाल्चोक कुबिन्डेमा जन्मनु भएको सापकोटा वि.सं २०३० […]

काठमाडौँ, माघ ५ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अवधारणाका रूपमा नेपाली सेनाले अघि सारेको ‘एकीकरण मार्ग कार्यक्रम’ ले मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । नेपाली सेनाले मुख्यालयमा आयोजना गरेको एकीकरण मार्गसम्बन्धी तीन दिवसीय ‘एकीकरण मार्ग कार्यक्रम बृहत् सेमिनार’ को समापन समारोहमा आज मन्त्री पोखरेलले नेपाल राष्ट्र एकीकरणको सिलसिलामा प्रयोग […]

काठमाडौं, माघ ५ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रकाशित वा प्रसारित गलत समाचारका सम्बन्धमा अदालतले तोकेको क्षतिपूर्ति संचारगृहबाट भराउनुपर्ने बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयकमाथिको छलफलमा बास्कोटाले यस्तो बताएका हुन । विधेयकमा गलत मनासाय राखेर समाचार सम्प्रेसण गरेको ठहर भएमा पत्रकारलाई १० लाख रुपैयाँ जरिवाना गराउने […]

गौशाला, माघ ४ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई सबलीकरण गर्न हरेक पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताएका छन् । गौशाला नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘सामुदायिक विद्यालय सुधार’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै उनले शिक्षालाई अब सीपसँग जोडेर त्यसको एकीकृत विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रह गरे । मन्त्री […]

काठमाडौँ, माघ ४ गते । बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले शनिबार सिफारिस गरेको छ । समितिले सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्टलाई सिफारिस गरेको हो । उहाँ नेपाल ल क्याम्पसमा अध्यापन गर्नुहुन्छ । सदस्यमा भने प्रचण्डमान श्रेष्ठ, गोबिन्द गौतम, मन दाहाल र […]

काठमाडौँ, माघ ३ गते । देशमा सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा छलफल हुँदै गर्दा एमसीसीले यसबारे जवाफ दिएकाे छ । शुक्रबार नेपालस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गर्दै यसबारे नेपाल सरकारलाई जानकारी गराएकाे हाे । विज्ञप्तिमा भनिएकाे छ- ‘हालै नेपाली नागरिक, नेतृत्व र सञ्चारकर्मीहरूले नेपालमा एमसीसीको विषयमा प्रश्न सोधिरहनु भएको […]