समाचार

मेलम्चीकाे सुरुङ चारसय मिटर मात्र ‘फिनिसिङ’ हुन बाँकी

काठमाडौँ, पुस २८ गते । मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ । चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरु गरेसँगै तीव्रगतिमा काम अघि बढेको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले काम अलपत्र छाडेर जाँदा यहाँ […]


समावेशी विकासमा अर्थपूर्ण साझा प्रयास आवश्यक : अर्थमन्त्री खतिवडा

काठमाडौँ, पुस स् २८ गते । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताउनुभएको छ । समृद्धि फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘मिश्रित अर्थव्यवस्था र लैङ्गिक मैत्री लगानी’ विषयक कार्यक्रममा उहाँले घरेलु तथा मझौला उद्योगमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई सुझाव दिनुभयो । अर्थमन्त्री डा खतिवडाले […]


नेपाल–चीन सम्बन्ध नयाँ आयामबाट जोड्न आवश्यक : शिक्षामन्त्री

काठमाडौँ, पुस २८ गते । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले नेपाल–चीन सम्बन्धलाई युवापुस्ताले नयाँ आयामबाट थप उचाइमा पुर्‍याउनुपर्ने बताएका छन् । आफूले विद्यार्थी आन्दोलनदेखि नै चीनबारे बुझ्दै आएको बताउँदै अरनीको र भृकुटीको परिचयले मात्र नेपाल–चीन सम्बन्धलाई सीमित नराखेर आधुनिक समाजका लागि युवाहरूले नयाँ आयामबाट दुई देशको सम्बन्धलाई चिनाउनुपर्ने बताए । नेपाल–चीन पत्रकार समाजले आयोजना गरेको तीन महिने […]


राष्ट्रियसभा सदस्य निर्वाचनकाे आचारसंहिता लागू

काठमाडौँ, पुस २७ गते । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जारी भएको निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्न/गराउन आयोगले सम्पूर्ण निर्वाचन सरोकार पक्षलाई निर्देश गरेको छ । […]


प्रदेश ३ को नाम बागमती घोषित

हेटौडा,पु्स २७ गते । प्रदेश ३ को नाम बागमती कायम भएको छ । प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ प्रदेशको नाम बागमती नै कायम गर्ने प्रस्ताव पास गरेको हो । आइतबार प्रदेशको नाम बागमती राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०८ सांसदले पक्षमा मतदान गरे । प्रदेशको नाम बागमतीको नाम मात्रै प्रस्ताव […]


‘रेल्वे विधेयक २०७६’ स्वीकृतः रेल्वे बोर्ड गठन हुने

काठमाडौँ, पुस २७ गते । राष्ट्रियसभाको आजको बैठकमा ‘रेल्वे विधेयक २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा उक्त विधेयक भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रस्तुत गर्नुभएको थियो । विधेयकमा रेल यात्रुको व्यवस्थापन कसरी गर्ने, सञ्चालनमा अवरोध गर्नेलाई कारवाही के हुने, कसरी गर्ने, रेल अपराध नियन्त्रण कसरी गर्नेलगायत विषय समाविष्ट […]


उपसभामुखलाई राजीनामा दिन नेकपाको आग्रह

काठमाडौँ, पुस २६ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, “सभामुख पदमा नेकपाले उम्मेदवारी दिने […]


हिउँले लम्बियो विदेशी पर्यटकको बसाइ

मङ्गलबारे, पुस २६ गते । यतिबेला उच्च पहाडी क्षेत्रमा हिउँ परेर डाँडाहरु सेताम्मे बनेका छन् । नेपाल भ्रमण वर्षको शुरुआतदेखि नै परेको हिउँ अझै पनि बिलिएको छैन । हिउँ हेर्न र खेल्नकै लागि जिल्लाको तल्लो भेग र सदरमुकामलगायतका पर्यटक उच्च पहाडी क्षेत्र गएर मनोरञ्जन लिइरहेका छन् । इलामको पर्यटकीयस्थल सन्दकपुर क्षेत्र र पाँचथरको पर्यटकीयस्थल साधुटार, […]


आर्थिक–सामाजिक क्षेत्रमा ‘गेम चेञ्ज’ हुँदैछ : अर्थमन्त्री खतिवडा

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताउका छन्। उनले संघीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय संघीयताका विषयमा देखिएका अस्पष्टता ‘क्लियर’ भई कार्यान्वयन हुन थालेको उल्लेख गरे। अर्थमन्त्री डा. खतिवडाले देशको समग्र क्षेत्र नयाँ चरणमा प्रवेश गरेको भन्दै आर्थिक–सामाजिक रूपान्तरण हुने […]


यती समूहद्वारा दरबारमार्गमा निर्माणाधीन भवनको काम रोक्न अदालतको आदेश

काठमाडौं, पुस २५ गते । दरबारमार्गस्थित नेपाल ट्रस्टको केन्द्रीय कार्यालयको जग्गामा यती समूहले निर्माण गरिरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका मुख्यन्यायाधिश नहकुल सुवेदीको एकल इजलासले ट्रष्टले यति समूहसंग गरेको सम्झौतामा त्रुटीपूर्ण देखिएको भन्दै यस्तो आदेश दिएको हो । दुवै पक्षलाई छलफलका लागि आउँदो माघ १ गते […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter