समाचार

लोप हुने हो कि मितेरी साइनो !

यलु जोशी / काठमाडौँ, साउन १९ गते । ललितपुर लुभूका सजना श्रेष्ठ आफू सात वर्षको हुँदा हजुरआमाले मित लगाइदिएको सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धेरै सम्झना त छैन तर मितिनीसँग खेल्न र हाँस्न पाउँदा निकै रमाइलो लाग्थ्यो । ” उहाँको मितिनीको नाम प्रमिला थापा हो । श्रेष्ठले थप्नुभयो, “हाम्रो घरमा दूध पु¥याउन आउने आमाको पनि एक […]


कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ – अर्थमन्त्री डा खतिवडा

ललितपुर, साउन १९ गते । अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट राजश्व सङ्कलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताउनुभएको छ । आन्तरिक राजश्व विभागद्वारा आज यहाँ आयोजित व्यवस्थापन गोष्ठीमा उहाँले कर प्रणालीलाई वैज्ञानिक बनाउने र एकीकरण गर्ने सन्दर्भमा सुधारको प्रयास भइरहेको जानकारी दिनुभयो । अर्थमन्त्री […]


दृष्टि गुम्यो ! हिम्मत गुमाएनन् दुर्गादत्तले पसल चलाएर ४ छोराछोरी पढाउँदै

गोकर्ण दयाल / बैतडी, साउन १९ गते । दुर्गादत्त ओझा पूर्ण रुपमा आँखा देख्नुहुन्न । परिवार पाल्न उहाँले किराना पसल सञ्चालन गर्नुभएको छ । ग्राहकले मागेको सामान दिएर छामेरै पैंसा लेनदेन गर्नुहुन्छ उहाँ । सुन्दा अचम्म लाग्छ तर, ओझाको २० वर्षदेखिको दैनिककी हो यो । मेलौली नगरपालिका वडा नं. ७ दबानी गाउँका दुर्गादत्त ओझाको ६ […]


फाष्ट ट्रयाकको डिपिआरमै समस्या; चुरे–भावर क्षेत्रप्रति सेनाको चिन्ता

नारायणप्रसाद न्यौपाने / काठमाडौँ, साउन १८ गते । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौ–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) लाई तीव्रता दिन विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समयमा स्वीकृत नभएका प्रति चासो (कन्सर्न) व्यक्त गरेको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५÷७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले द्रुतमार्गलाई समय सीमाभित्रै सम्पन्न गर्न नेपाली […]


लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा

काठमाडौँ, साउन १८ गते । ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८२२ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिनुभयो […]


अलैँचीखेतीतर्फ किसानको आकर्षण

डोटी, साउन १७ गते । पछिल्लो समय जिल्लाका किसानको अलँैची खेतीमा आकर्षण बढेको छ । किसानले धान, मकै तथा कोदोलगायतका अन्न बाली उब्जानी हुने खेतीयोग्य जमीनलाई मासेर धमाधम अलैँची लगाउन थालेका छन् । अन्य बालीले भन्दा अलैँचीको आम्दानी बढी हुने भएकाले पनि अलैँची खेतीमा किसानको आकर्षण बढेको केआइसिंह गाउँपालिका काफलीका अलैँचीखेतीका किसान नारायण धामीले बताउनुभयो […]


लुम्बिनी गुरुयोजनाको काम साढे दुई वर्षभित्र पूरा गर्न निर्देशन

काठमाडौँ, साउन १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिनुभएको छ । कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहित कोषका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले लुम्बिनीलाई बुद्ध जन्मस्थल मात्र नभई बौद्ध धर्म र दर्शनको उद्गमस्थलका रुपमा […]


‘निगमले असोजदेखि जापानको नारिता उडान गर्ने’

काठमाडौँ, साउन १६ गते । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्ने भएको छ । आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले नारिता विमानस्थलमा उडानको अनुमति पाएको हो । निगमले आउँदो अक्टोबरअर्थात् असोज महीनादेखि चार्टर्र्ड उडानको अनुमति पाएको निगमका प्रवक्ता गणेशबहादुर […]


अन्तरराष्ट्रिय युवा दिवस साताव्यापीरुपमा मनाइने

काठमाडौँ, साउन १६ गते । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस साताव्यापीरुपमा मनाइने भएको छ । आगामी २७ गते मनाउन थालिएको दिवस युवा तथा खेलकूद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को संयुक्तरुपमा मनाइन थालिएको हो । यस वर्ष दिवसको अन्तरराष्ट्रिय नारा ‘शिक्षामा रुपान्तरण’ र नेपालको नारा ‘शिक्षामा रुपान्तरण ः उद्यमशीलता र नवप्रवर्तन’ रहेको छ । गुणस्तरीय र […]


मन्त्रिपरिषद् विस्तार, योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

काठमाडौं, साउन १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद्को विस्तार गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा योगेश भट्टराइलाई नियुक्त गर्नुभएको छ । नवनियुक्त पर्यटन मन्त्रिलाई बुधबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्टपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भयो तत्कालीन पर्यटन तथा नागरिकउड्डयनमन्त्री रविन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भए […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter