समाचार

केसीसी एक्जिबिट २०१९ सुरु, भोलिसम्मचल्ने

काठमाडौँ, साउन १० गते । सूचनाप्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ्गका २६ भन्दा बढी नवीनप्रदर्शनी, २ वटा गेमस्टलसहित केसीसी एक्जिबिट २०१९ सुरुभएको छ । निपुण विचार, दीगो उपाय मूल नारा रहेको उक्त प्रदर्शनी माननीय युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले समुद्घाटन गर्नुभएको हो । शुक्रबार बिहान केसीसी एक्जिबिट २०१९ समुद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री सुनारले कान्तिपुर सिटी […]


आइकाओ सम्मेलन भदौ २ देखि काठमाडौँमा हुँदै

काठमाडौँ, साउन १० गते । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको छ । आगामी भदौँ २ देखि ६ गते (१९–२३ अगस्त) मा काठमाडौँमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक राजन पोखरेलले राससलाई जानकारी दिनुभयो । सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकहरुले सहभागिता जनाउनेछन् । आइकाओका […]


कानून बाझिएपछि यातायात कर उठाउन समस्या

हेटौँडा, साउन १० गते । प्रदेश नं ३ सरकारले साउन १ गतेदेखि लागू गरिएको सवारी तथा यातायात व्यवस्था ऐनको कार्यान्वयनमा समस्या देखिएको छ । सो ऐनको केही प्रावधान सङ्घीय कानूनसँग बाझिएकाले यसको कार्यान्वयनका समस्या देखिएको यातायात व्यवस्था सेवा कार्यालय मकवानपुरले जनाएको छ । समस्या देखिएपछि सवारी साधनमा जरिवानासहितको कर उठाउनसमेत रोकिएको हो । कर बुझाउन […]


KCC Exhibit 2019 भोलिदेखि (१०–११ श्रावण), युवा तथा खेलकूद मन्त्रीले उद्घाटन गर्नुहुने

काठमाडौँ, साउन ९ गते । सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधि तथा इन्जिनियरिङको अग्रणी कलेज यस कान्तिपुर सिटी कलेज (केसीसी)ले यही शनिबार र आइतबार (१०–११ श्रावण २०७६ तदनुसार सन् २०१९ जुलाई २६–२७)मा आफ्नै प्राङ्गणमा KCC Exhibit 2019 आयोजना गर्दै छ । यस KCC Exhibit 2019 को मूल नारा “Ingenious thoughts, Sustainable solutions” […]


नसर्ने रोग लागेकाको सङ्ख्या बढ्दो

काठमाडौँ, साउन ९ गते । बदलिँदो रहनसहन र खानपानका कारण मिर्गाैला, मुटु, श्वासप्रश्वास र मधुमेहजस्ता नसर्ने रोगीका सङ्ख्या बढेको एक अध्ययनले देखाएकोे छ । अस्पतालमा आएका बिरामीका सङ्ख्याका आधारमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तीन वर्ष लगाएर सम्पन्न गरेको नसर्ने रोगसम्बन्धी अनुसन्धानले ती चार प्रकारका रोगी बढिरहेको उजागर गरेको छ । सन् २०१६ बाट शुरु भई […]


बिआरआईबाट दुवै देश लाभान्वित हुनुपर्छः उपराष्ट्रपति

काठमाडौँ, साउन ९ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले चीनका राष्ट्रपति सि चिनफिङले अगाडि सार्नुभएको अवधारणा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई)मा सहभागी हुन पाउनु नेपालको लागि गौरवको विषय भएको बताउनुभएको छ । चीनको यूनान प्रान्तका उपगभर्नर चाङ कुवहुयले आज ग्रीनहाउसमा गर्नुभएको शिष्टाचार भेटमा उहाँले भन्नुभयो, “बीआरआईमा नेपाल जोडिएको छ, यसले दुवै देशलाई उचित लाभ दिनुपर्छ ।” […]


वातावरण संरक्षणमा नेपालबाट सिक्न चाहन्छौँ – चिनियाँ टोली

काठमाडौँ, साउन ८ गते । चीनका वातावरणसम्बन्धी उच्चअधिकारीहरुले नेपालले संरक्षण क्षेत्रमा जनसहभागितामा आधारित नमूना कार्यक्रमहरु सञ्चालन गरिरहेकामा प्रशंसा गर्दै आफूहरु त्यसबाट सिक्न इच्छुक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको चिनियाँ जनकाँग्रेस (संसद्) को वातावरण तथा स्रोत संरक्षण समितिका अध्यक्ष काओ हुछङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर नेपालको अनुभवबाट आफूहरु […]


लुम्बिनीमा त्रिपिटक यस बर्ष पनि वाचन हुने

लक्ष्मण पौडेल / भैरहवा, साउन ८ गते । बुद्धजन्मस्थल लुम्बिनीमा गत वर्षदेखि सुरु भएको बौद्ध ग्रन्थ त्रिपिटक वाचन यस वर्ष पनि हुने भएको छ । भारतको बोधगया र कुशिनगरमा बिगत १६ वर्षदेखि त्रिपिटक वाचन भैरहेपनि बुद्ध जन्मस्थल लुम्बिनीमा भने पहिलो पटक गतवर्ष त्रिपिटक वाचन गरिएको थियो । लुम्बिनीको आध्यत्मिक विकासमा टेवा पु¥याउने लक्ष्यसहित गत वर्षको […]


समृद्ध नगरपालिका बनाउन रणनीति तयार

नगेन्द्र सापकोटा / काठमाडौँ, साउन ७ गते । नेपाल नगरपालिका सङ्घले देशभरका नगरपालिकालाई सबल र समृद्ध बनाउने गरी पाँच वर्षे रणनीतिक योजना बनाएको छ । सङ्घले छवटै महानगरपालिका, ११ वटा उपमहानगरपालिका र २७६ वटा नगरपालिकालाई व्यवस्थित सहरीकरण निर्माण गर्ने गरी रणनीतिक योजना बनाएको हो । पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदीसहितको विज्ञ टोलीले नगरले प्रवाह गर्ने […]


अमेरिकामा नेपाल भ्रमण प्रचार अभियान शुरु

काठमाडौँ, साउन ७ गते । अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकहरूले ‘भिजिट नेपाल २०२०’ को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा शुरु गरेका छन् । प्रवासमा बस्ने नेपाली मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र गैरआवासीय नेपालीको नेपालसँगको भावनात्मक सम्बन्धलाई मुलुकको बृहत्तर हितका लागि उपयोग गर्न विभिन्न जमर्को हुँदै आएको मेरिल्याण्डस्थित आवासीय नेपाली सङ्घले जनाएको छ […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter