स्याङ्जा, असार ४ गते । फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा एटिएमबाट पैसा झिकेजस्तै गरी सेनेटरी प्याड झिक्न सकिन्छ । विद्यालयका छात्राले आफूलाई आवश्यकता परेका समयमा विद्यालयमा जडान गरिएको सेनेटरी प्याड मेशिनमा एटिएमबाट कार्ड छिराएर पैसा झिके जसैगरी स्मार्ट कार्ड छिराएर प्याड निकालेर प्रयोग गर्न पाएपछि छात्रामा खुशीयाली छाएको छ । कक्षा १० की अङ्किता खड्काले […]
दमौली,असार ३ गते । कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) तनहँुले कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । चालू आर्थिक वर्ष २०७५÷७६ मा विनियोजित बजेटबाट एकाइले ५० प्रतिशत अनुदानमा २५ कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको हो । कूल रु १७ लाख ५० हजार पर्ने ट्र्याक्टर ५० […]
जाजरकोट, असार २ गते । जनता आवास कार्यक्रमको रकम यहाँका घर निर्माण गरिरहेका दलित समुदायले पाएका छन् । घर निर्माण गरी बीचमा छाडेका र निर्माण हुँदै गरेका दलित समुदायलाई रकम पाएपछि राहत मिलको छ । यसअघि रकम निकासा नहुँदा घर निर्माणमा समस्या भएको भनी घर निर्माण गरिरहेका दलित समुदाले आक्रोश व्यक्त गरेका थिए । जनता […]
काठमाडौँ, असार १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताउनुभएको छ । लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत बनाएर काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “परीक्षा प्रणालीको सुधार तथा नवीनतम् प्रविधिको उपयोग गरी […]
कास्की, जेठ ३२ गते । आयुर्वेदिक औषधिको बारेमा जनतामा विश्वास जगाउन टोलटोलमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । गण्डकी प्रदेशमा पाइने जडीबुटी जनतालाई चिनाउनुपर्ने र त्यसको सङ्कलन, प्रशोधन तथा बिक्रीवितरणका माध्यमबाट प्रदेश र देशलाई नै समृद्ध बनाउनुपर्ने खाँचो औँल्याइयो । नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घको कास्की शाखाको प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी […]
स्याङजा, जेठ ३२ गते । भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्याकुमारी अर्यालले कृषिको विकास र किसानको उन्नति बिना देशको विकास हुन नसक्ने बताउनुभएको छ । वालिङ नगरपालिकाको वडा नं १२ र १४ का कृषकहरुले एक हजार रोपनी जमीनमा सामूहिक रुपमा लगाउन थालेको कागती खेतीका बारेमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सरकार कृषिका माध्यमबाटै […]
काठमाडौँ, जेठ ३१ गते । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ । समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आए […]
काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यकामा असार १ गतेदेखि लागू हुने गरी रात्रिकालीन बस सेवा संचालन गर्ने भएको छ । यातायात व्यवस्था विभागले त्यसका लागि रुट तोकी सार्वजनिक सूचना जारी गरेको छ । सरकारले संचालन गर्ने रात्रिकालीन सवारी साधन संचालनका लागि १२ वटा कम्पनीले विभिन्न रुटको इजाजत पाएका छन् । साझा यातायात प्रालि, महानगर यातायात, रिद्धिसिद्धि, […]
काठमाडौँ, जेठ २९ गते । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गरीबीका कारण कोही पनि नागरिक शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भनेर सरकारले सार्वजनिक शिक्षा क्षेत्र सुधारका लागि प्राथमिकता दिएको बताउनुभएको छ । तारकेश्वर नगरपालिका गोलढुङ्गास्थित पृथ्वीनारायण माविको नवनिर्मित भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री पोखरेलले संविधानको मौलिक हकको कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा शिक्षा […]
सिन्धुली, जेठ २७ गते । गोलान्जोर गाउँपालिका–५ धुरेडाँडा निवासी कृषक हरिशरण बस्नेत यतिबेला अम्रिसोको बिरुवा खन्ने र बेच्ने तरखरमा हुनुहुन्छ । उहाँको खेतबारीमा ६० हजारभन्दा बढीे बिरुवा छन् । बिरुवा बिक्री गरेर गत वर्ष तीन लाख रुपियाँभन्दा बढी आम्दानी लिनुभएका कृषक बस्नेतले यो वर्ष भने चार लाख रुपियाँभन्दा माथि नै आम्दानी लिने सोच बनाउनुभएको छ […]