समाचार

पदयात्रा पर्यटनको आकर्षण बढ्दै छ (आलेख समाचार)

सिबी अधिकारी / काठमाडौँ : “नेपालको सुन्दरता हेरेर सकिँदैन, त्यसैले पटक–पटक आइरहन्छु ।” पदयात्राका लागि आठौँ पटक नेपाल आएका स्वीस नागरिक कास्पर डिउरिजको भनाइ हो यो । नेपालको प्राकृतिक सुन्दरता र भौगोलिक विविधताको सङ्गमलाई भुल्न नसकेर नेपाल भ्रमणमा आएको उनले बताए । डोल्पामा दुई हप्ता पदयात्रा गरेर फर्केका डिउरिजसँग यस अघि पनि नेपालका अन्य चर्चित […]


मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा कार्यदलको बैठक सकारात्मक

काठमाडौँ, ४ मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगले संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्, विश्वव्यापी आवधिक समीक्षा कार्यदलको बैठकमा नेपाल सरकारले मानव अधिकार संरक्षण र सम्वद्र्धनमा व्यक्त गरेको प्रतिबद्धता सकारात्मक भएको जनाएको छ । यही कात्तिक १८ देखि २० गते (नोभेम्वर ४ देखि ६) सम्म जेनेभामा सम्पन्न मानव अधिकार परिषद्, कार्य समूहको २३औँ बैठकमा नेपाल […]


दशवर्षीय कृषि विकास रणनीतिक योजना

काठमाडौँ, ४ मङ्सिर । कृषि क्षेत्रको समग्र विकास गर्ने उद्देश्यले कृषि विकास मन्त्रालयले कृषि विकास रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ । दशवर्षीय कार्ययोजना र मार्गचित्रसहित कृषिको विगत तथा वर्तमानको कामको समीक्षामा आधारित २० वर्षीय रणनीतिक योजना कृषि विकासमन्त्री हरिबोल गजुरेलले ललितपुरमा आज आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभएको हो । आर्थिक वृद्धिलाई गति दिने, कृषकको जीवनस्तर माथि […]


ताल ठेक्कामा दिएर विद्यालयलाई सघाउँदै सामुदायिक वन

कञ्चनपुर, ४ मङ्सिर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–९ सिसैयामा रहेको वृन्दावन सामुदायिक वनले आफ्नो स्वामित्वमा रहेको ताललाई ठेक्कामा दिएर विद्यालयलाई सघाउ पु¥याउँदै आएको छ । वनभित्र रहेको तालमा माछापालनका लागि रु ७६ हजार ७७० मा ठेक्का दिएर सामुदायिक वनले दुईवटा विद्यालयको भौतिक निर्माण र फर्निचर निर्माणका लागि खर्च जुटाउने कार्य गर्दै आएको छ । असीग्राम […]


ओझेलमा पर्दा महत्व गुमेको गुफा ‘नाकेदुला’

जुम्ला, ४ मङ्सिर । पर्यटकीय इतिहास बोकेको खस राज्यको राजधानी कर्णालीको सिंजा उपत्यकामा रहेको नाखेदुला गुफा हालसम्म ओझेलमा परेको छ । बाघको आँखा जस्तो अजङ्ग प्रकृतिको देखिने उक्त गुफालाई कसैले आँखेदुला भन्छन् भने कसैले बाघेदुला पनि भन्दै आएका छन् । कनकासुन्दरी गाविस वडा नं २, ३ र ४ वडाको ओखरपाटा गाउँमा अवस्थित यो गुफा प्रचारप्रसार […]


अत्यधिक चिसो बढ्दै गएपछि उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय छ महिनाका लागि बन्द

डोल्पा, ४ मङ्सिर । चिसो बढ्दै गएपछि माथिल्लो डोल्पामा रहेका छार्का, तिन्जे, साल्दाङ, भिजेर, फोक्सुन्डो, धो, मुकोटलगायतका गाविसमा रहेका सम्पूर्ण विद्यालय बन्द भएका छन् । समुद्री सतहदेखि चार हजारदेखि पँैतालीस सय मिटरसम्म उचाइमा पर्ने यी गाविसमा कात्तिक महिना लागेलगत्तै भारी हिमपात भई अत्यधिक चिसो बढ्दै गएकाले सदा झैँ यस वर्ष पनि वार्षिक परीक्षा सम्पन्न गरेर […]


मुक्तकमैयालाई सहयोगी बन्यो सहकारी

भीमदत्तनगर, ३ मङ्सिर । डेढ दशकअघि यहाँका विभिन्न क्षेत्रबाट विस्थापित भएर कञ्चनपुरको झलारी–पिपलाडी नगरपालिका–९ नौखरी मुक्तकमैया शिविरमा कष्टकर जीवनयापन गरेका मुक्तकमैया परिवारमा सहकारीले सहजता ल्याइदिएको छ । मुक्तकमैया महिला मिलेर शिविरमा ‘नौखरी कमैया कृषि बहुउद्देश्यीय सहकारी’ सञ्चालनमा ल्याएपछि गाउँका बेरोजगार युवाले विदेसिनदेखि गाउँमा आयमूलक काम गर्न आर्थिक सहयोग पाइरहेका छन् । “कमैया मुक्त भएपछि सरकारले […]


चीनसँग व्यापारिक सम्झौता गर्न शुक्रबार उच्चस्तरीय टोली त्यसतर्फ जाँदै

काठमाडौँ, ३ मङ्सिर । सरकारले पेट्रो चाइनासँग व्यापारिक सम्झौता गर्न शुक्रबार सात सदस्यीय प्रतिनिधिमण्डल त्यसतर्फ पठाउने भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले सो टोलीका लागि आवश्यक प्रक्रियासमेत पूरा गरिसकेको छ । मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा नेपाल आयल निगमसहितको उच्चस्तरीय टोली त्यसतर्फ जान लागेको हो । टोलीमा परराष्ट्र, कानुन, अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी हुने […]


सुरक्षा परिषद्को बैठक–देशको समग्र सुरक्षा अवस्थाबारे छलफल

काठमाडौँ, ३ मङ्सिर । सुरक्षा परिषद्को आजको बैठकमा देशको समग्र सुरक्षा अवस्थाबारे छलफल भएको छ । बैठकमा चारै सुरक्षा निकायका प्रमुखले देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी गराउनुभएको थियो । बैठकपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले बैठकमा देशको समग्र सुरक्षा स्थितिकाबारे विवेचना, विश्लेषण गरिएको जानकारी दिनुभयो । आपूर्ति व्यवस्थामा देखिएको असहजता र त्यसलाई कसरी समाधान गर्नेबारे […]


गरिबसँग विश्वेश्वर चार गाविसमा

प्युठान, ३ मङ्सिर । गरिबसँग विश्वेश्वर कार्यक्रम जिल्लाका दुई गाविससहित एक नगरपालिकाको दुई वटा वडामा सुरु भएको छ । जिविसअन्तर्गत रहने गरी जिल्लाका दुर्गम गाविसका रुपमा रहेका लिघा र कोचिवाङ गाविसमा वित्तीय लगानी गर्ने गरी कार्यक्रम सुरु भएको हो । त्यस्तै प्युठान नगरपालिकाका दुई वटा वडा (तत्कालीन धर्मावती र खादाक्वाडी गाविस) मा पनि कार्यक्रम सुरु […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter