
काठमाडौँ, असार १५ गते । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुने कार्यक्रम छ । बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिनुहुनेछ । यस्तै बैठकमा ‘विनियोजन विधेयक, २०७५’ […]

काठमाडौँ, असार १४ गते । यस वर्षको मनसुन देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरुमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । देशका पूर्वी र मध्यका केही स्थानमा सक्रिय भएको मनसुन बुधबारदेखि मध्य हुँदै पश्चिमतर्फ फैलिएको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो […]

चितवन, असार १४ गते । नेपाल सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ । चिनिया साइटिस टोली गैँडाको अवस्था बुझ्न आज चितवन आइपुगेको छ । सो टोलीले राष्ट्रिय निकुञ्ज विभागका अधिकारीहरुसँग छलफल भएको थियो । राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार जुलाई १२ […]

काठमाडौँ, असार १३ गते । प्रतिनिधिसभाको आजको बैठकमा “संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५” प्रस्तुत गरिएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ती विधेयक बैठकसमक्ष प्रस्तुत गर्नुभएको हो । संविधानले नै परराष्ट्र नीति निर्देशित गरेको छ –परराष्ट्र मन्त्री ज्ञवाली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले […]

काठमाडौँ, असार १२ गते । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध अपराधलाई नियन्त्रण गर्न ‘लागुऔषध नियन्त्रण कार्ययोजना, २०७५’ हालै जारी गरेको बताउनुभएको छ । गृहमन्त्रालयले ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणालाई पूरा गर्न कार्ययोजना सहयोगी हुने बताउनुभयो । गृहमन्त्री थापाले मुलुक समृद्धको उचाइमा पुर्याउन स्वास्थ्य, […]

काठमाडौँ, असार ९ गते । बहुआयामिक महत्वका दृष्टिले हेरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका अवसरमा भएका दुईपक्षीय सम्झौताले नेपालीले परिकल्पना गरेका सपना यथार्थमा परिणत हुने लक्षण देखा परेको छ । नेपाली चिनियाँ लगानी भित्र्याउन, आपसी सम्बन्धमा नयाँ आयाम थप्न र रेलमार्ग निर्माणको तयारी गर्न भ्रमण ऐतिहासिक सावित भएको हो । भ्रमणका कारण दुई […]

ल्हासा, चीन, असार ८ गते । चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनीहरुले राहदानी र नागरिकताका कारण आफूहरुलाई समस्या परेको भन्दै कुनै न कुनै उपायबाट समस्याको समाधान गरिदिन आग्रह गरेका हुन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली आज ल्हासा आइपुग्नुभएको हो […]

काठमाडौँ, असार ८ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रमा देखिएको परनिर्भरता उच्च बिन्दुमा पुगेको बताउनुभएको छ । नेपाल कृषि वैज्ञानिक तथा प्रविधि संगठनले आज काठमाडौँमा आयोजना गरेको आठौँ खाद्यान्न दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले उर्वर जमिन, जनशक्ति र जलस्रोतको अभाव नभएर पनि खाद्यान्नमा परनिर्भरता बढ्नु आश्चर्यजनक भएको बताउनुभयो । कार्यक्रममा कृषि राज्यमन्त्री रामकुमारी […]

नवलपरासी, असार ८ गते । पूर्वी नवलपरासीको हुम्सेकोट गाउँपालिकामा उज्यालो हुम्सेकोट विद्युतीकरण विकास कार्यक्रम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको चालू आर्थिक वर्ष ०७४/०७५ मा विनियोजित करीब रु ८० लाखको लागतमा गाउँपालिकाअन्तर्गतका राष्ट्रिय प्रशारणको बिजुली नपुगेका स्थानमा विद्युतीकरण विस्तारका लागि सञ्चालन गरिएको आयोजना अन्तिम चरणमा पुगेको हो । जसअन्तर्गत रुम्सी, मोहनडाँडा, सत्कोण, गुरुङघाट, रिपाहारुपसीलगायतका बस्तीमा […]

भक्तपुर, असार ७ गते । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना लुकाउने कुनै पनि कर्मचारी कारबाहीको दायराबाट नबच्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले यहाँ आज आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले कतिपय कर्मचारीले अझै पनि सहजरुपमा सूचना नदिने र सूचना अधिकृत पनि नराख्ने गरेको पाइएकाले त्यस्तालाई कारबाही गर्नुपर्ने […]