
तेह्रथुम, असार ७ गते जिल्ला अस्पतालका डा मुक्तिनारायण शाहसहित स्वास्थ्यकर्मीहरुको टोली जेठको पहिलो साता पुरुष स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) शिविरका लागि पूर्वी संक्रान्तिबजार पुग्यो । आठराई गाउँपालिकालाई लक्ष्य गरी आयोजित एक दिने शिविरमा एक जना पनि सेवाग्राही आएनन् । संक्रान्तिबजारमा मात्रै हैन, कार्यालयले छथर र फेदाप गाउँपालिकामा आयोजना गरेको शिविरमा पनि सेवाग्राही आएनन् । जिल्लाका सबै […]

विराटनगर, असार ६ गते । स्थानीय निकायको निर्वाचन नहुँदा लामो समय जनप्रतिनिधिविहीन रहेको विराटनगर महानगरपालिकाले अहिले निर्वाचित जनप्रतिनिधिको सक्रियताका कारण नगरवासीले अनुभूति गर्ने किसिमको सेवा पाउन थालेका छन् । स्थानीयवासीका अनुसार महानगरभित्र सडक, ढल, खानेपानीको सेवालगायतको पूर्वाधार निर्माणमा मात्र होइन सामाजिक सुरक्षा र नगरको सौन्दर्यकरणमा पनि अनुकरणीय कार्य भइरहेका छन् । औद्योगिक नगरीको उपमा पाएको […]

काठमाडौँ, असार ६ गते । उपत्यकाका विभिन्न धार्मिक एवं सांस्कृतिक सम्पदामा योगशिविर सञ्चालन भइरहेको छ । अन्तर्राष्ट्रिय योग दिवस जुन २१ को अवसर पारेर आर्ट अफ लिभिङ समाज नेपालले उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदामा योग शिविर सञ्चालन गरेको हो । समाजले आज बिहान पशुपतिनाथ गंगा आरती स्थलमा गरेको योग शिविरमा भारतीय राजदूत मञ्जिवसिंह […]

काठमाडौँ, असार ६ गते । बेबिलोन नेशनल स्कुल शान्तिनगर, काठमाडौँले शताब्दिपुरुष एवं इतिहास तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘बेबिलोन स्रस्टा सम्मान २०७५’ बाट सम्मान गर्ने निर्णय गरेको छ । रु १५ हजार ५५५ नगद राशि तथा ताम्रपत्रसहितको ‘बेबिलोन स्रस्टा सम्मान २०७५’बाट शताब्दी पुरुष जोशीलाई सम्मान गर्ने निर्णय गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल राजु राईले बताउनुभयो । इतिहास […]

पोखरा, असार ५ गते । प्रदेश नं ४ मा स्थानीय तहको प्रत्येक वडा केन्द्रलाई पालिकाको केन्द्रसँग र पालिकाको केन्द्रलाई जिल्ला सदरमुकाम एवं प्रदेशको राजधानीसँग सडक सञ्जालमा जोड्ने तयारी गरिएको छ । प्रदेश नं ४ को असार १ गते शुक्रबार प्रस्तुत गरिएको बजेटमा सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले सेवा प्रवाहमा पहुँच वृद्धि गरी स्थानीय तहबीच […]

बुटवल, असार ५ गते । प्रदेश नं– ५ मा स्थगन भएको प्रदेश सभाको बैठक खुलाउन विपक्षी नेपाली काँग्रेस आज सहमत भएको छ । बुटवलस्थित प्रदेश नं– ५ का मुख्यमन्त्री निवासमा भएको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने सहमति भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । विपक्षी दलका नेता बलदेव […]

हेटौँडा, असार ५ गते । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आजदेखि मकवानपुरको हेटौँडामा शुरु भएको छ । सो भेलामा नेपाली काँग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, ७७ जिल्लाका काँग्रेस सभापतिहरु र पर्यवेक्षक गरी करीब ५७५ जनाको सहभागिता रहने नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो । उक्त भेलाको दिउँसो पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन […]

काठमाडौँ, असार ४ गते । एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागका अनुसार हालसम्म चीनबाट एक हजार २९९ उद्योग स्थापनाका लागि रु ७९ अर्ब ४० करोड ५१ लाख ९० हजारबराबरको […]

काठमाडौँ, असार ३ गते । त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ । त्रिविले पाँच क्याम्पसका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सूचना प्रविधिको विकाससँगै त्रिविलाई पनि सूचनाप्रविधिमैत्री बनाउनका लागि सो व्यवस्था गर्न थालिएको हो । उहाँका […]

काठमाडौँ, असार ३ गते । नेपाल सरकारले परराष्ट्र मन्त्रालय र जनवादी गणतन्त्र चीनको विदेश मन्त्रालयबीच नेपालमा चीन सहयोगसम्बन्धी कार्यक्रम र परियोजनाको कार्यान्वयनमा सहजीकरण गर्न संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रको मस्यौदालाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सोसम्बन्धी मस्यौदामा हस्ताक्षर गर्न स्वीकृत प्रदान गर्ने निर्णयसमेत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । लेखापरीक्षण […]