
बर्दिवास, असार ३ गते । प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ । गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको हो । जेठ महिनामा मात्र उपचार केन्द्रमा २० महिलासहित ४२ सर्पदंशका बिरामी […]

काठमाडौँ, असार ३ गते । गंगामाया बचाऊ अभियानले द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारबाहीको माग गर्दै आमरण अनसनरत गंगामायाको जीवनरक्षाका लागि धर्ना दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सो अभियानले आज अनसनरत गंगामायाको जीवनरक्षा गर्नुपर्र्ने, अदालतको फैसलाको तत्काल कार्यान्वयन गर्नुपर्ने र सम्पूर्ण द्वन्द्वपीडितलाई न्याय दिलाउनुपर्नेे माग गर्दै धर्ना दिएको हो । द्वन्द्वपीडित साझा […]

काठमाडौँ, असार ३ गते । विषयगत चार मन्त्रालयका मन्त्री बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थिति भएको थिएन । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन […]

काठमाडौँ, असार २ गते । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा नेपाल–चीनबीच पारवहन तथा यातायातसम्बन्धी सन्धिमा हस्ताक्षर हुनसक्ने प्रवल सम्भावना रहेको परराष्ट्र मामिलाका जानकारहरुले संकेत गर्नुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा राजन भट्टराईले आगामी मंगलबारबाट हुने प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा पारवहन र यातायात क्षेत्रमा सहयोग आदानप्रदान सन्धिमा […]

काठमाडौं, असार १। नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कलका लागि आईएसडी (ISD) सुविधा सेवाग्राही आफैले लिन सक्ने भएका छन् । यो सेवा आज (असार ०१ गते) देखि नै सञ्चालनमा आएको टेलिकमले जनाएको छ । आईएसडी सुविधा शुरुमा लिन जीएसएम मोबाइलका लागि “0000” र सीडीएमए मोबाइलका लागि “1234” डिफल्ट पिन नम्बर हुने […]

काठमाडौँ, असार १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न निर्देशन दिनुभएको छ । लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उहाँले आयोगले कार्यसम्पादनमा आधुनिक नवीन प्रविधि र तालीम अभिमुखीकरणबाट आवश्यक ज्ञान सीप बढाउनेखालका कार्यक्रम बनाउन सुझाव दिनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “मुलुकमा स्थायित्व र दिगो शान्तिसहित […]

चितवन, जेठ ३१ गते । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने यात्रुको चाप घटेकोे छ । जेठ २३ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबीसै घण्टा सञ्चालनमा आएसँगै भरतपुरबाट काठमाडौँ आवतजावत गर्ने यात्रुको चाप घट्दै गएको हो । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार अहिले यात्रुको चाप ४० प्रतिशतले कमी आएको छ । एक महिनाअघि दैनिक १४ […]

काठमाडौँ, जेठ ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान […]

काठमाडौँ, जेठ ३० गते । गोरखापत्र संस्थानद्वारा प्रकाशित ‘मधुपर्क’ साहित्यिक मासिकको ५१ औँ वर्ष प्रवेशका अवसरमा आज प्रा शिवगोपाल रिसाल र कञ्चन पुडासैनीलाई मधुपर्क सम्मान प्रदान गरिएको छ । रिसाललाई पद्य र पुडासैनीलाई गद्यतर्फ सो सम्मान दिइएको हो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उहाँहरुलाई सो सम्मान प्रदान गर्नुभयो । सम्मानसहित जनही रु २५ हजार […]

काठमाडौँ, जेठ ३० गते । प्रतिनिधिसभाको आजको विशेष समयमा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले कतिपय शीर्षकमा विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाका सम्बन्धमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ। उहाँले केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अनावश्यक विषयमा चासो देखाउने गरेको पनि जानकारी दिनुभयो । सांसद प्रभु साहले रौतहटको कटहरिया नगरपालिकामा १२ वर्षीय बालकको अपहरण गरी हत्या गरिएको […]