समाचार

प्रदेश सरकार सञ्चालनका लागि करिब दुई हजार कर्मचारीको विवरण तयार

काठमाडौँ, पुस ५ गते । सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ । सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका सात मन्त्रालयका लागि करिब दुई हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिनुभयो । “सातवटै मन्त्रालयका दरले ४९ मन्त्रालयमा चाहिने कर्मचारीको विवरण […]


छाउपडी गोठ भत्काउने अभियान शुरु

कञ्चनपुर, पुस ४ गते । वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु गरिएको छ । वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको त्यस्ता गोठ भत्काउने अभियान अन्तर्गत वेदकोट वडा नं १ र २ मा चार दर्जन बढी गोठ भत्काइएका छन् । वेदकोटलाई छाउपडी गोठ मुक्त नगरपालिका बनाउन अभियान […]


मेलम्चीको पानी वितरण तयारी अन्तिम चरणमा

काठमाडौँ, पुस ४ गते । मेलम्चीको पानी वितरण गर्ने पाइपलाइनको काम झण्डै ९१ प्रतिशत सम्पन्न भएको छ । पाइपलाइनको वितरण सञ्जाल हालसम्म ६३३ कि.मी सम्पन्न भएको छ भने थोक वितरण प्रणालीतर्फ ६६ कि.मी सम्पन्न भएको छ । अब वितरण सञ्जालतर्फ ४४ कि.मी र थोक वितरण प्रणालीतर्फ ५६ कि.मी बाँकी रहेको मेलम्ची खोनेपानी विकास समिति उपआयोजना–२ […]


दुई हजारलाई लालपूर्जा

गौशाला, पुस ४ गते । वर्षौंदेखि जग्गा भए पनि लालपूर्जाविहीन एक एक नगरपालिका र गाउँपालिकाका दुई हजार जनालाई महोत्तरी जिल्ला नापी कार्यालय र जिल्ला भूमि अधिकार मञ्चले लालपूर्जा वितरण गरेका छन् । बलवा नगरपालिका र महोत्तरी गाउँपालिकाका दुई हजार ४६१ लालपूर्जाविहीनलाई लालपूर्जा वितरण गरिएको जिल्ला नापी कार्यालयका प्रमुख कमलेशचन्द्रलाल कर्णले बताउनुभयो । बलवाका ७३१ र […]


छिटो र सहज न्यायका लागि योजनाबद्धरुपमा काम भइरहेको छ : प्रन्या

काठमाडौँ, पुस ३ गते । प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो र सहजरुपमा न्यायको पहुँच पु¥याउने योजनाका साथ काम गरिरहेको बताउनुभएको छ । न्याय परिषद्को २७औँ स्थापना दिवसको उद्घाटन गर्दै उहाँले न्यायको उपभोक्तालाई सहजरुपमा छिटो न्याय दिलाउनका लागि योजनाबद्धरुपमा काम गरिरहेको बताउनुभयो । प्रधानन्यायाधीश पराजुलीले स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि न्यायपालिका एक्लैले सम्भव नभएको भन्दै उहाँले नेपाल बार […]


नियमित पठनपाठनको माग गर्दै विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

महोत्तरी, पुस ३ गते । गौशाला नगरपालिका–३ स्थित नवराजपुरमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीले नियमितरुपमा पठनपाठनको माग गर्दै विद्यालयमा तालाबन्दी गरेका छन् । शिक्षक नियमित उपस्थित नभएको र कक्षामा गुणस्तरीय पठनपाठन नभएको भन्दै सो विद्यालयका विद्यार्थीले दिउँसो १ बजेसम्म कार्यालयमा तालाबन्दी गरेका हुन् । पछिल्लो समय प्रधानाध्यापक वंशिधर साह नियमितरुपमा विद्यालयका आउन छाडेकाले विद्यालयको […]


अपाङ्गतासम्बन्धी लक्ष्य पूरा गर्नुपर्नेमा जोड

काठमाडौँ,पुस ३ गते । दिगो विकासले अवलम्बन गरेको अपाङ्गताको अधिकारसम्बन्धी लक्ष्यलाई पूरा गर्न सरकार र निजी क्षेत्रको सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका छन् । छब्बीसाँै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासंघ, युएनडिपीलगायतका संस्थाले आज आयोजना गरेको ‘अपाङ्गता र दिगो विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन’का वक्ताले अपाङ््ग व्यक्तिलाई देशको मूल प्रवाहमा […]


शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै

चितवन, पुस २ गते । ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा प्रभावकारी बनेको हो । जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यालयकोे तथ्याङ्कअनुसार जिल्लाभर अहिले ९०२ घर परिवारका ७८ हजार ५३६ जनाले स्वास्थ्य बीमा गरेका छन् । […]


त्रिविबाट आठ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ, पुस २ गते । त्रिभुवन विश्वविद्यालयले यही पुस १६ गते हुने ४३औँ दीक्षान्त समारोहमा करिब आठ हजार विद्यार्थी सहभागी हुँदैछन् । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिनुभयो । समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय […]


पोखरीमा डुङ्गा सञ्चालन गरेर पर्यटक आकर्षित गर्दै जमुनावासी

इलाम, पुस २ गते । स्थानीयको सक्रियतापछि इलामको सन्दकपुर गाउँपालिका–५ स्थित जमुनाको ढाप पोखरीमा डुङ्गा सञ्चालन गरिएको छ । पर्यटकीय गतिविधि बढाउँदै पर्यटक आकर्षित गर्ने उद्देश्यले पोखरीमा दुई वटा डुङ्गा चलाउन थालिएको हो । पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले डुङ्गा सञ्चालन गर्न थालेको हो । […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter