समाचार

परम्परागत कुप्रथाविरुद्ध धार्मिक अगुवा एकजुट

म्याग्दी, पुस ९ गते । म्याग्दी जिल्लामा पहिलो पटक सबै धर्मका अगुवा एकै ठाउँमा भेला भएर परम्परागत कुप्रथाका विरुद्ध सचेतना वृद्धि गर्ने निर्णय गरेका छन् । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार सम्पन्न एक छलफल कार्यक्रममा ती धार्मिक अगुवाले यस्तो निर्णय गरेका हुन् । सो कार्यक्रममा विभिन्न धर्मका नाममा परम्परागतरुपमा सञ्चालन हुँदै आएका समाज र समुदायका लागि […]


अप्पर नौगाड अन्तिम चरणमा, चैतदेखि नै विद्युत् उत्पादन थाल्ने

काठमाडौँ, पुस ९ गते । अपी पावर कंपनीले थालेको आठ मेगावाट क्षमताको अप्पर नौगाड जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । दार्चुला जिल्लामा आयोजनास्थल रहेको उक्त परियोजनाको भौतिक निर्माण कार्य सकिएकाले आगामी चैतदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । कम्पनीका प्रमुख सञ्जीव न्यौपानेले मुलुकमा जारी ऊर्जा संकटलाई समाधान गर्ने लक्ष्यका साथ आयोजना […]


बहुमूल्य जडिबुटीले नै मूल्य नपाउदा किसान मर्कामा

काठमाडौँ, पुस ८ गते । बहुमूल्य जडिबुटीले नै मूल्य नपाएपछि किसान मर्कामा परेका छन् । मूल्य ओरालो लागेपछि बिक्री नभएर चिराइतो बारीमै सुकिन थालेपछि किसान चिन्तित भएका हुन् । राम्रै आम्दानी हुने भएपछि सोलुखुम्बुका किसान विगत एकदशकयता चिराइतोखेतीतर्फ आकर्षित बनेका थिए । महाकुलुङ गाउँपालिकाका किसान यसतर्फ आकर्षित मात्र बनेन, मकै, कोदोलगायतका खेती हुने बारीमा पनि […]


भैरहवाबाट प्रचण्डले छोरालाई सम्झदै के भने ?

भैरहवा, पुस ८ गते । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेसिजमा आबद्ध युवाहरुलाई प्रकाश भएर काम गर्न आग्रह गरेका छन् । नेपाल जेसीजको ४४औं राष्ट्रिय महाधिवेशनको शनिबार भैरहवामा उद्धघाटन गर्दै प्रचण्डले जेसीजका युवाहरुले प्रकाश जस्तो उज्यालो भएर काम गर्ने बेला आएको बताए । दिवंगत छोरा प्रकाश दाहललाई स्मरण गर्दै भावुक बनेका प्रचण्डले भने– ‘केही समय अघि […]


विद्यालयलाई रु एक करोड सहयोग

बेनी, म्याग्दी, पुस ८ गते । बेनी नगरपालिका–४ सिंगास्थित धौलागिरि माविले शुक्रबार आयोजना गरेको भूपू विद्यार्थी पुनर्मिलन कार्यक्रमबाट रु एक करोड दुई लाख सहयोग प्राप्त भएको छ । कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थीले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आर्थिक सहयोग गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा विद्यालयका पूर्वविद्यार्थी डा मीनबहादुर श्रेष्ठले […]


निर्वाचनपछि पर्यटन उद्योगमा उत्साह

काठमाडौँ, पुस ६ गते । स्थानीय तह र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै पर्यटन क्षेत्रमा उत्साह देखापरेको छ । होटल व्यवसायमा प्रशस्त लगानी गरेका व्यवसायी मुलुकमा राजनीतिक स्थिरता सँगै विदेशी पर्यटकको आगमन बढोस् भन्ने अभिलाषामा छन् । होटल एशोसिएसन अफ नेपाल (हान) का अनुसार अहिले होटल क्षेत्रमा मात्रै पाँच खर्बभन्दा बढी लगानी भइसकेको छ […]


एकसय उनान्तीस कम्पनीलाई खनिज उत्खनन अनुमति

काठमाडौँ, पुस ६ गते । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका १२९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । महाशाखाले देशका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त संख्यामा उत्खनन गर्न व्यक्ति तथा कम्पनीलाई अनुमति प्रदान गरेको हो । अनुमति दिएका खानीमध्ये चुनढुंगा ५२, क्वार्ज चार, रातोमाटो […]


सामाजिक सञ्जालको दुरुपयोग बढ्दो

चितवन, पुस ६ गते । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधका घटना बढ्दै गएका छन् । जिल्लामा गत वर्ष दुईवटा मुद्दा दर्ता भएकामा यस वर्षको चार महिनामा पाँचवटा मुद्दा दर्ता भइसकेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार अहिले सामाजिक सञ्जालको प्रयोग गरेर विभिन्न किसिमका घटना घटाउने गरिएको […]


पर्यटन प्रवद्र्धनका निम्ति ‘नेपाल रात्रि’

काठमाडौँ, पुस ५ गते । नेपाल र श्रीलंकाबीचको पारस्परिक सम्बन्धलाई अझ सुमधुर तुल्याउँदै द्विपक्षीय पर्यटन प्रवद्र्धनका निम्ति हालै श्रीलंकाको राजधानी कोलम्बोमा ‘नेपाल रात्रि’ कार्यक्रम आयोजना गरियो । कोलम्बोस्थित नेपाली राजदूतावास, नेपाल वायु सेवा निगम, नेपाल पर्यटन बोर्ड र नेपाल ट्राभल एण्ड टुर एजेण्ट्स (नाट्टा)ले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै श्रीलंकाका लागि नेपाली […]


आउँदो साताबाट निकुञ्जमा ‘अप्रेसन महाहन्ट,’ आजबाट बाघ गणना शुरु

चितवन, पुस ५ गते । दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रण अभियानमा महत्वपूर्ण मानिएको ‘अप्रेसन महाहन्ट’ चितवन राष्ट्रिय निकुञ्जमा आउँदो साताबाट शुरु गरिने भएको छ । महाहन्टका लागि विशेष फौज वाहिनीबाट यहाँ खटिनका लागि एक गुल्म फौज आज साँझ यहाँ आइपुग्दैछ । निुकञ्ज सुरक्षार्थ खटिएको श्री बटुक दल गणका गणपति समुन्द्र थापाले विशेष फौज र निकुञ्जमा रहेका […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter