समाचार

नेपाललाई स्वर्ण पदक

काठमाडौँ, मंसिर २ गते । अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा शुक्रबार सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्दै सेनाका चारजना धावक पूर्णकुमार तामाङ, समिर तामाङ, तीर्थ तामाङ र वेद सुनुवारले १०० किलोमिटर दूरीलाई १२ घण्टा एक मिनेटको समयमा पूरा गरी नेपाललाई […]


भैंसी अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गर्दै सम्मेलन सम्पन्न

रत्ननगर, चितवन, मंसिर २ गते । ‘भैंसी अनुसन्धानको सर्वाेच्च केन्द्र’ स्थापना गर्ने निष्कर्षसहित चार बुँदे घोषणापत्र जारी गर्दै भैंसी विज्ञको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ । कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म चितवनको सौराहामा भएको सम्मेलनले राष्ट्रियस्तरमा भैंसी अनुसन्धानको सर्वाेच्च केन्द्र बनाइ त्यस अन्तर्गत शाखाको रुपमा विभिन्न क्षेत्रमा ‘सेटेलाइट केन्द्र‘ बनाउने निष्कर्ष निकालेको […]


विद्यार्थी नियमितता र गुणस्तरीय शिक्षाका लागि ५ बुंदे प्रतिवद्धता

नेपालगञ्ज, मंसिर १ गते । नगरभित्रकै अधिकांश सरकारी विद्यालयमा विद्यार्थी अनियमित हुँदै गएको र गुणस्तरीय शिक्षाको समेत अभाव देखिएको ठहर गर्दै विद्यार्थी नियमितता र गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाहरुले ५ बुंदे प्रतिवद्धता गरेका छन् । अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समित र जिल्ला शिक्षा कार्यालयका कर्मचारीले आ आफ्नो जिम्मेवारीलाई ईमान्दारितापूर्वक पुरा गरेर गुणस्तरीय शिक्षामा योगदान […]


निर्वाचन आयोग स्तब्ध

काठमाडौँ, मंसिर १ गते । निर्वाचन आयोगले देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटना भएकामा दुःख व्यक्त गरेको छ । मतदाता, राजनीतिक दल र उम्मेदवारको व्यापक सहभागितामा देशभर व्यवस्थितरुपमा निर्वाचनको अभियान सञ्चालन भइरहेको अवस्थामा मतदाता, उम्मेदवारलाई हतोत्साहित गर्ने तथा निर्वाचनका गतिविधिमा नकारात्मक असरपर्ने खाले गतिविधि नगर्न, नगराउन सम्बद्ध सरोकार भएकासँग आयोगले आग्रह गरेको छ । […]


नेपाल चीनको समृद्धिबाट लाभान्वित हुन सकोस्– चिनियाँ राजदूत

काठमाडौँ, मंसिर १ गते । नेपालका लागि चिनियाँ राजदूत यु होङले चीनको विकास र समृद्धिबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताउनुभएको छ । चीनको बृहत् आयोजना ‘वन बेल्ट वन रोड’ (ओबिओआर) अवधारणामा नेपाल पनि सहभागी भइसकेकाले आगामी दिनमा यसबाट लाभान्वित हुन नेपालले व्यापार, लगानी तथा सम्पर्क सञ्जाललगायत अरु पनि क्षेत्रमार्फत लाभान्वित हुनुपर्नेमा धारणा उहाँले राख्नुभयो । […]


नेपाल अफगानिस्तानसँग पराजित

काठमडौँ, मंसिर १ गते । मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ । मलेसियाको क्वालालम्पुरस्थित किन्नरारा ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको अफगानिस्तानले २०.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । अफगानिस्तानलाई जितका लागि १० […]


पश्चिम सेती अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता सम्पन्न

काठमाडौँ, ३० कात्तिक : नेपाल विद्युत् प्राधिकरण र चीनको प्रतिष्ठित थ्री गर्जेज कम्पनीबीच पश्चिम सेती जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने विषयको द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विहिबार सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री गर्जेजका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् । प्रारम्भिक सम्झौता भएको दश महिनापछि संयुक्त लगानी गर्ने र संयुक्त कम्पनी स्थापना गर्ने […]


मुलुकभित्रै स्वदेशी कफीको खपत बढ्दो

भीष्मराज ओझा / काठमाडौँ,कात्तिक ३० गते । मुलुकमा कफीको उत्पादन बढेसँगै प्रमुख शहरमा विदेशी कफीको तुलनामा स्वदेशी कफीको खपत पनि बढ्दै गएको छ । पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष देशभर जम्मा ४६६ मेट्रिक टन कफी उत्पादन भएको देखिन्छ । गत वर्षको तुलनामा यो करिब सात प्रतिशतले वृद्धि हो । गत वर्ष ४३४ मेट्रिक टन कफी उत्पादन […]


दूधका उत्पादनमा विविधीकरण गर्न प्रोत्साहन

फिदिम, कात्तिक ३० गते । पछिल्लो समय पाँचथरका किसानले दूधको बजार फराकिलो बनाउन यसको विविधीकरण गर्नुपर्ने रहेछ भन्ने थाहा पाएका छन् । यही मेसो धेरै किसानले धमाधम पछ्याउनसमेत थालेका छन् । यसतर्फ आकर्षित हुन थाल्ने किसानले राम्रो आम्दानी पनि गर्न थालेका छन् । पाँचथरका किसानले तरल दूधलाई ठोसमा परिणत गरेर विविधीकरण गर्ने गरेका हुन् । […]


युवाद्वारा ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ अभियान

बेनी, म्याग्दी, कात्तिक २९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा जन्मिएका युवाले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ अभियान शुरु गरेका छन् । घारमा जन्मिएर विश्वका विभिन्न देशमा रोजगारी, व्यापार, शिक्षालगायतका क्षेत्रमा संलग्न युवाले आफ्नो गाउँका विभिन्न समस्यालाई केन्द्रित गरी ‘मातृभूमि सेवा घर’ नामक संस्था स्थापना गरेका छन् । संस्थाको स्थापनासँगै पहिलो प्राथमिकता गाउँमा एम्बुलेन्समार्फत बिरामीको नियमित […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter