काठमाडौँ, असोज ९ गते । त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले पाँच सूत्रीय माग राखी पुनः सत्याग्रह (अनशन) शुरु गर्नुभएको छ । महाराजगञ्जस्थित सो संस्थाको हाताभित्र पत्रकार सम्मेलन गरी डा केसीले आफ्नो १२ औँ अनशन आजदेखि शुरु गर्नुभएको हो । सरकारले आजै व्यवस्थापिका–संसद्बाट बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४ लाई […]
जनकपुरधाम,असोज ९ गते । जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले उपमहानगरपालिकाको सबैभन्दा प्रमुख कार्य जीर्ण जनकपुरको व्यवस्थापन भएको बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आज जनकपुरधाममा आयोजित शपथ ग्रहण समारोहमा बोल्दै उहाँले जनकपुरको गरिमालाई जोगाइराख्ने कार्यमा सबैको सहयोगको खाँचो औँल्याउनुभयो । निर्वाचनका क्रममा दलहरूबीच प्रतिस्पर्धा रहेकामा अब त्यस्तो प्रतिस्पर्धा सकारात्मक कामका लागि हुनुपर्ने उहाँको […]
चौतारा, असोज ८ गते । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न १.७ किमी बाँकी भएकाले राजधानीमा पानी भित्रिन अझै छ महिना पर्खनुपर्ने भएको छ । सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ खन्ने काम आगामी डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य छ । सुरुङ खन्ने काम सम्पन्न भए पनि त्यहाँभित्र ढलान गर्न थप तीन महिना समय […]
रत्ननगर, असोज ८ गते । बाढीपछि रोगले ग्रस्त भएका चितवन राष्ट्रिय निकुञ्जका अर्नाको उपचार शुरु गरिएको छ । निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा कमल गैरेको नेतृत्वमा रहेको प्रविधिज्ञको टोलीले कोशीबाट स्थानान्तरण गरी चितवन निकुञ्जमा ल्याएका अर्नाको आजदेखि उपचार शुरु गरेको हो । “बाढीपछि विभिन्न रोगको संक्रमण भएर अर्नाको अवस्था नाजुक देखियो,” डा गैरेले भन्नुभयो – “केही […]
काठमाडौँ, असोज ६ गते । सरकारले चिनियाँ कम्पनीसँग बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका क्रममा भएको समझदारी कानूनी र नीतिगत रुपमा त्रुटीपूर्ण रहेको भन्दै आलोचना गर्ने क्रम बढेको छ । तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले आफ्नो पदीय मर्यादा भुलेर चिनियाँ कम्पनीका प्रतिनिधिसँग सार्वजनिक खरिद ऐनविपरित गएर समझदारी गरेको भन्दै सार्वजनिक लेखासमितिले छानबिन गरिरहेको सभापति डोरप्रसाद उपाध्यायले जानकारी […]
काठमाडौँ, असोज ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसरकारी संघ संस्थाले सार्थक परिणाम आउने गरी जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । अठतीसौँ सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा गैरसरकारी संघसंस्थाले निष्पक्ष, पारदर्शी र जवाफदेहीपनलाई व्यवहारमा उतारेर सार्थक परिणाम आउने गरी काम […]
भीमदत्तनगर, असोज ६ गते । आपूर्ति राज्यमन्त्री कर्ण विकले बिहीबार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजार अनुगमन गर्नुभएको छ । उहाँले भीमदत्तनगरस्थित मुख्य बजारका फेन्सी पसल, खाद्य पसल तथा तरकारी बजार र त्यहाँ रहेका मासु पसलको समेत अनुगमन गर्नुभयो । बजार अनुगमनका क्रममा राज्यमन्त्री विकले यहाँस्थित टपसप फेन्सी पसलले महँगोमा सामान बिक्री गर्नाका साथै खरिद बिल देखाउन […]
काठमाडौँ, असोज ५ गते । नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गर्न बुधबार भएको दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नयाँ खोल्न प्रस्ताव गरिएकामध्ये केही नाकाको स्थलगत अध्ययन गर्ने भएको छ । वार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले सीमा जोडिएका १३ नाका खोल्न चिनियाँ प्रतिनिधिमण्डलसँग प्रस्ताव गरेको थियो । प्रस्तावपछि चिनियाँ प्रतिनिधिमण्डलले नाकाको नाम नलिए पनि पाँचवटा नाकाको स्थलगत […]
काठमाडौँ, असोज ५ गते । नेपाल आणविक हतियारको रोकथामसम्बन्धी राष्ट्रसंघीय सन्धिको पक्ष मुलुक भएको छ । संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिनेक्रममा राष्ट्रसंघको मुख्यालयमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उक्त सन्धिमा हस्ताक्षर गर्नुभयो । सोही अवसरमा उहाँ असंलग्न अन्दोलनमा सहभागी मुलुकका ९जि ७७० मन्त्रिस्तरीय बैठकमा सहभागी हुनुभयो । उक्त बैठकको उद्देश्य ‘अन्तर्राष्ट्रिय […]
काठमाडौँ, असोज ४ गते । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बडादशैँ, तिहार तथा छठ पर्वका बेला सुरक्षाका लागि काठमाडौँ उपत्यकामा पाँच हजार ४३७ प्रहरी खटाउने भएको छ । कार्यालयले दशैँ, तिहार तथा छठ पर्वमा चोरी, ठगी, डकैती, लुटपाट, पाकेटमारी, करणी, मानव बेचविखन, अपहरण, झैझगडा जस्ता घटनाको निगरानी तथा आवश्यक कारबाहीका लागि उक्त जनशक्ति खटाउन लागिएको हो […]