समाचार

स्थानीय तहको निर्वाचनमा सेना परिचालनमा स्वीकृति; रामाअआले निर्वाचन अनुगमन गर्ने

काठमाडौँ, वैशाख १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्थानीय निकायको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान भएको छ । स्थानीय तहको विसं २०७४ वैशाख ३१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार संविधानबमोजिम राष्ट्रपतिबाट स्वीकृति प्रदान भएको राष्ट्रपति कार्यालयले जनाएको छ । […]


धादिङको विकट स्थानमा जिएसएम मोबाइल

काठमाडौँ, वैशाख १४ गते नेपाल टेलिकमले धादिङको उत्तरी भेगको विकट स्थानमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । जिल्लाको उत्तरी लापा र तिप्लिङमा बिटिएस स्थापना गरी वैशाख १३ गतेदेखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । ती स्थानमा यसअघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेका थिएन । लापामा स्थापित बिटिएसबाट […]


बैसठी हजार पर्यटक इलाम भित्रिए

इलाम, वैशाख १४ गते । चालु आर्थिक वर्षको चैत मसान्तभित्रमा ६२ हजार पर्यटक जिल्ला भित्रिएका छन् । इलामको कोल्बुङस्थित पर्यटन सूचना केन्द्र जोरकलशका अनुसार २०७३/७४ मा गत आवको भन्दा चार गुणा बढी पर्यटक भित्रिएका हुन् । सूचना केन्द्रका गगन घिमिरेका अनुसार गत आवमा देशमा भूकम्प, मधेस आन्दोलनजस्ता ठूला सङ्कट परेकाले जिल्लामा कम मात्र पर्यटक भित्रिएका […]


यूएन पार्क त्रिवि गेटसम्म फैलिने

काठमाडौँ, वैशाख १३ गते । शङ्खमूल पुलदेखि टेकू दोभानसम्म फैलिएको संयुक्त राष्ट्रसङ्घीय (यूएन) पार्क विस्तार भएर बल्खु पुलदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय गेटसम्म फैलिने भएको छ । यसअघि एक हजार ५७६ रोपनी जग्गामा फैलिएको सो पार्क विस्तारमा सरकारले स्वीकृति दिएपछि यसले थप ३० रोपनी जग्गा ओगट्ने भएको हो । पार्कका कार्यकारी निर्देशक लक्ष्मीनारायण चौधरीका अनुसार पार्क […]


मनमोहन सेन्टरले अत्याधुनिक भवन बनाएर सेवा विस्तार गर्ने

काठमाडौँ, वैशाख १३ गते । मुटु रोगको उपचार सेवामा सफलता पाउँदै गएको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नयाँ अत्याधुनिक सुविधा सम्पन्न भवन बनाउने भएको छ । आठौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा भवनमा अति विशिष्ठ व्यक्तिका लागि विशेष कक्ष व्यवस्था हुनाका साथै नेपालमै पहिलोपल्ट उच्चस्तरीय आधुनिक कक्ष रहने जानकारी […]


तत्काल मतगणना र बजेट प्रस्तुत गर्ने कार्यप्रति एमालेको विरोध; निर्वाचनमा सुरक्षा प्रदान गर्न सेना प्रतिबद्ध : रक्षामन्त्री खाँण

काठमाडौँ, वैशाख १३ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दुई चरणको निर्वाचन घोषणा भएको अवस्थामा पहिलो चरणको निर्वाचनको मतगणना तत्काल गर्ने र बजेट प्रस्तुत गर्न अनुमति दिने निर्वाचन आयोगको निर्णयप्रति अपत्ति जनाएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव र आयुक्तहरुलाई भेटेर […]


निवेदनको अन्तिम ढुङ्गो नलागेसम्म छानबिन नगर्ने सर्वोच्चको आदेश

काठमाडौँ, वैशाख १२ गते । सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालमाथि रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कुनै पनि प्रकारका छानबिन नगर्न आदेश दिएको छ । न्यायाधीशहरु जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको पूर्ण इजलासले आज अदालतको काम कारबाही प्रभावित हुने गरी सरकारको कुनै पनि निकायबाट छानबिन गर्ने, निलम्बन गर्ने कार्य […]


आयोगको भनाइप्रति एमालेको आपत्ति, लिखित असहमति दर्ता गर्ने; एमालेको अवरोध पछि संसद् बैठक बुधबारसम्मका लागि स्थगित

भक्तपुर, वैशाख १२ गते । निर्वाचन आयोगले बजेट भाषण गरेर दोस्रो चरणको चुनाव गर्न सकिने भनेर दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाउँदै आयोगको ध्यानाकर्षण गराउने भएको छ । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको स्थायी कमिटी बैठकले आयोगको ध्यानाकर्षण गराउँदै आजै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको टोलीले यसबारेमा निर्वाचन आयोगमा […]


मुसहर बालबालिका विद्यालय जाँदैनन्

पथरी (मोरङ), वैशाख १२ गते । घरकै छेउमा विद्यालय छ । तर, मोरङको बाहुनी–बनौलमा बसोबास गर्ने मुसहर समुदायका बालबालिका विद्यालय जाँदैनन् । गाउँको विद्यालयमा नाम लेखाएका पनि हजुरआमा हजुरबुबालाई काम सघाउनु पर्ने भएकाले विद्यालय जान पाउँदैनन् । मोरङको बाहुनी सोमबारेकी अन्जना ऋषिदेव १० वर्ष पुग्नुभयो । तर उहाँले विद्यालय देख्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “बुबा […]


भृकुटीमण्डपमा बैंकिङ एक्स्पो

काठमाडौँ, वैशाख १२ गते । नेपाल राष्ट्र बैंक, बैंकर्स सङ्घ, डेभलपमेन्ट बैँकर्स एसोसिएसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एसोसिएसनलगायत संस्थाको सहकार्यमा यही वैशाख १५ गतेदेखि भृकुटीमण्डपमा बैंकिङ एक्सपो हुनेभएको छ । नेपाल राष्ट्र बैंकका उपनिर्देशक विभुप्रसाद अर्यालले पहिलो पटक बैंकिङ एक्स्पो हुन लागेकाले सबै बैंकका बारेमा एउटै ठाउँमा अध्ययन गर्न सकिने, बैंक सम्बन्धी सूचना जनसमक्ष ल्याउन […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter