समाचार

दल दर्ताका लागि आयोगको आह्वान

काठमाडौँ, साउन १४ गते । प्रदेशसभा र सङ्घीय व्यवस्थापिका (राष्ट्रियसभा र प्रतिनिधिसभा) निर्वाचनका लागि ३० दिनभित्र राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ । आयोगको आह्वानअनुसार राजनीतिक दलहरूले भदौ ११ गतेभित्र दल दर्ता गराइसक्नु पर्नेछ । नेपालको संविधानको धारा २७१ अनुसार राजनीतिक दलको रूपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न दर्ता गराउनुपर्ने संवैधानिक व्यवस्था […]


सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने

मोरङ, साउन १४ गते । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने भएको छ । आन्तरिक पर्यटकका लागि आकर्षक थलो बन्दै गएको सो सिमसार क्षेत्रलाई विभिन्न जीव तथा पक्षीको अध्ययन केन्द्रका रुपमा विकास गर्न लागिएको बेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म मनोरञ्जनका लागि मात्र […]


‘बाढीले केराखेती नष्ट’

राजविराज, साउन १३ गते । एक महिना अगाडि सप्तकोशी नदीमा आएको बाढीका कारण भारदहमा लगाइएको अधिकांश केराखेती नष्ट भएको छ । सप्तकोशी नदीकै छेउछाउमा रहेको हनुमानगर कंकालनी नगरपालिका–१ लगाइएको केराखेती नष्ट भएको हो । करिब ५०० बिगाहामा लगाइएको केराखेती नष्ट भएको स्थानीय कृषक दिनेश राउतले बताउनुभयो । बाढी खेतमा पसेपछि यहाँ लगाइएको केराका बोट नष्ट […]


जनप्रतिनिधिलाई नेपाली पोशाक अनिवार्य

तेह्रथुम, साउन १३ गते । जिल्लाको छ थर गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिले नेपाली पोशाक प्रयोग गर्ने निर्णय गरेका छन् । गाउँपालिकाका महिला जनप्रतिनिधिले गुन्यूचोली र ढाकाको पछ््यौरा तथा पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, कोट र ढाकाको टोपी अनिवार्य रुपमा प्रयोग गर्ने निर्णय गरेका हुन् । बिहीबार बसेको गाउँकार्यपालिकाको पहिलो बैठकले कुनै पनि औपचारिक कार्यक्रममा जनप्रतिनिधिको रुपमा […]


परियोजनामा ढिलाइ सरकारलाई सह्य छैन : मन्त्री साह

पर्सा, साउन १३ गते। शहरी विकासमन्त्री प्रभु साहले पर्सामा भइरहेको विकास निर्माण कार्यको प्रगतिबारे जानकारी लिनुका साथै स्थलगत अनुगमनसमेत गर्नुभएको छ । एसियाली विकास बैंक(एडिबी)द्वारा वीरगन्ज महानगरपालिकामा सञ्चालित शहरी वातावरणीय सुधार आयोजना तथा वीरगन्जकै अलौँमा निर्माण भइरहेको एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी)को मन्त्री साहले आज स्थलगत अनुगमन गर्नुभयो । मन्त्री साहले स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा […]


तीन अर्ब २६ करोड बराबरको दूध उत्पादन; बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै

कलैया, साउन १२ गते । बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । आर्थिक वर्ष २०७३÷७४ मा रु तीन अर्ब २६ करोड ६९ लाख बराबरको ६५ हजार ३३८ मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा देवनन्दन साहले जानकरी दिनुभयो । जिल्लामा स्थानीय जातको ३१ हजार ३१० वटा गाई, उन्नत जातको एक लाख […]


अकबरे खुर्सानीबाट तीन लाख आम्दानी

पाँचथर, साउन १२ गते । फाल्गुनन्द गाउँपालिका–४ का तारावीर नेम्बाङले गाउँकै जनता प्राविमा डेढ वर्ष शिक्षण गर्नुभयो । शिक्षण पेशाबाट मात्रै जीविकोपार्जन सम्भव नदेखेपछि उहाँले कृषि पेशा नै अगाँल्नु भयो । परम्परागत कृषि पेशाबाट पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि उहाँले अकबरे खुर्सानी रोप्न थाल्नुभयो । अहिले नेम्बाङले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरी वार्षिक रु तीन […]


विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता

काठमाडौँ, साउन ११ गते । मुलुकलाई समृद्धितर्फ लैजाने मूल उद्देश्यका साथ विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको छ । आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी दुई पार्टी एक भएको जानकारी दिइयो । एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ । एकीकरण भएसँगै पार्टीको केन्द्रीय समिति ३४ सदस्यीय बनाइएको छ । जसमा […]


रक्षाबन्धनको अवसरमा गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको घुइँचो

रसुवा, साउन ११ गते । रक्षाबन्धनको अवसरमा गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको घुइँचो लाग्न थालेको छ । पवित्र तीर्थस्थल मानिएको गोसाइँकुण्डमा डुबुल्की मारेपछि शरीरको रोगव्याध हट्ने र घरपरिवारमा सुखशान्ति बढ्ने विश्वासका साथ वर्षेनी यस पर्वका अवसरमा तीर्थयत्रीको भिड लाग्ने गरेको हो । गोसाइकुण्डमा स्नान पछि भगवान् शंकरको पूजा र र वरदान माग्न निलाद्री पर्वत पुग्ने परम्परा […]


सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार; नारायणगढ–मुग्लिन सडकमा बायोइन्जिनियरिङको काम तीव्र

काठमाडौँ, साउन ११ गते। बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ । त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक विस्तार गर्ने क्रममा ढुङ्गेअड्डामा ४०० मिटर क्षेत्रमा बिजुलीको तार जमिनमुनि बिच्छ्याइएको भेटियो । तार कताबाट कतिमुनि बिच्छ्याइएको छ भन्ने अभिलेख नभएको यो क्षेत्र हेर्ने […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter