समाचार

तरकारीखेतीले फेरियो मुक्तकमैयाको दैनिकी

कञ्चनपुर, भदौ १५ गते । दशकअघि मुक्तिको घोषणासँगै सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको पाँच कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँटा नगरपालिका–९ का महादेव चौधरीसँग परिवार पाल्नका लागि मजदुरीमात्रै एउटै विकल्प थियो । त्यहीमध्येको तीन कट्ठा जग्गामा उहाँले तरकारीखेतीको शुरुवात गर्नुभयो । तरकारीखेतीबाट चौधरीले तीन महिनामा रु २० हजार आम्दानी गर्नुभयो । मजदुरी गरेर चौधरीले दैनिक […]


अन्तर्राष्ट्रिय बेपत्ता दिवस- आफन्त दुःखेसो अझै बेपत्ता कहिले भेटिने

काठमाडौँ, भदौ १४ गते। ओखलढुङ्गा ज्यामिरेकी केशवकुमारी वाग्लेको १७ वर्षअगाडि बेपत्ता भएको छोरा गोपीकृष्ण वाग्ले अझै अत्तोपत्तो छैन । चितवनस्थित रत्ननगरमा रहेको हरिहर मन्दिरमा संस्कृति विषय पढ्न गएको कक्षा १० मा पढ्दै गर्दा २०५६ साल भदौ २६ गते बेपत्ता भएको छोरा अझै नभेटिएपछि आज अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आयोजना गरेको […]


उपत्यकाभित्र सार्वजनिक स्थलको अभाव

काठमाडौँ, भदौ १४ गते । काठमाडाँै उपत्यकाभित्र दश स्थानमा सार्वजनिक खुला स्थान र एक निर्वाचन क्षेत्र एक खुला स्थान भन्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सरोकारवालाहरुले माग गरेका छन् । चालु आवको नीति तथा कार्यक्रममा सरकारले सो कार्यक्रम घोषणा गरेको थियो । तर कार्यक्रम कार्यान्वयनमा नआएको भन्दै सरोकारवाला निकायले विशेषगरी उपत्यकाभित्र रहेका सार्वजनिक स्थललाई नगरपालिकाले फोहर संकलन […]


हिंसात्मक राजनीतिक गतिविधि त्याग्न राजपालाई ओलीको आग्रह

काठमाडौँ, भदौ १४ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई तोडफोड, अवरोध र हिंसाको राजनीति त्याग्न आग्रह गर्नुभएको छ । थाइल्याण्डको बैककबाट उपचार गराई स्वदेश फर्कने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गदै उहाँले भन्नुभयो– “राजनीति पार्टीको रुपमा रहेका राजपाले राजनीतिक अभ्यास गर्नुपर्दछ ।” “अवरोध, तोडफोड र हिंसाको राजनीति त्याग्नुहोस्, […]


उज्यालो नेपाल अभियान निरन्तर अगाडि बढ्छ : घिसिङ

काठमाडौँ, भदौ १३ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान निरन्तररुपमा अगाडि बढिरहेको र त्यसमा आफू कुनै पनि हालतमा विचलित नहुने स्पष्ट पार्नुभएको छ । उहाँले ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा सचिव अनुपकुमार उपाध्यायलगायतको नेतृत्वमा आफू र आफ्ना कर्मचारीले अहोरात्र काम गरिरहेकाले बजारमा आएका अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो […]


अन्योलमा फस्यो बूढीगण्डकी

काठमाडौँ, भदौ १३ गते । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको बूढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय र भौतिक प्रगति ९० प्रतिशतमाथि रहे पनि चिनियाँ कम्पनीसँग गरिएको समझदारीका कारण अन्योलता बढेर गएको छ । चिनियाँ कम्पनी गेजुवासँग गरिएको समझदारीका कारण आयोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा ऊर्जा मन्त्रालयले हालसम्म ठोस निर्णय गर्न नसक्दा अन्योलता बढेको हो । […]


बीमा कार्यक्रम थप सात जिल्लामा विस्तार हुँदै

काठमाडौँ, भदौ १३ गते । स्वास्थ्य मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रममा रहेको स्वास्थ्य बीमा कार्यक्रम आगामी असोज महिनादेखि थप सात जिल्लामा लागू हुने भएको छ । चालू आवको नीति तथा कार्यक्रममा सो कार्यक्रम क्रमशः सबै जिल्लामा सञ्चालनमा ल्याउने उल्लेख छ । झापा, सुनसरी, सोलुखुम्बु, सिन्धुली, रोल्पा, बर्दिया र सुर्खेत जिल्ला समेटिएपछि योसँगै सो कार्यक्रम लागू हुने […]


ग्यास बुलेट समस्या : समाधान नभए क्षतिपूर्ति

लक्ष्मण दर्नाल / काठमाडौँं, भदौ १२ गते । दस महिनादेखि भारतले रोकिरहेको नेपाली नम्बर प्लेटको ग्यास बुलेटको समस्या प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहँदा पनि समाधान नभएपछि ग्यास व्यवसायी चिन्तित बनेका छन् । उनीहरूले सरकारले समयमा समस्या समाधान गर्न नसके व्यवसायीलाई हर्जाना दिनुपर्ने माग पनि गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली नम्बर प्लेटको बुलेट […]


सङ्घीय संरचनामा नेपाल प्रहरी; निर्वाचनका लागि सुरक्षा तयारी पूरा

काठमाडौं , भदौ १२ गते । नेपाल प्रहरी सङ्घीय संरचनामा रूपान्तरण भएको छ । सङ्घीय संरचना अनुसार क्षेत्रीय प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी कार्यालय र अञ्चल प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी एकाइमा रूपान्तरण गरिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कर कार्कीले पाँचवटा प्रदेशका क्षेत्रीय प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी कार्यालय […]


पर्यटन विकासमा अवैतनिक वाणिज्यदूतको भूमिका

काठमाडौँ, भदौ १२ गते । विभिन्न देशका लागि नियुक्त भएका अवैतनिक नेपाली वाणिज्यदूतले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाएर पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालको पदयात्रा पर्यटन विकासका लागि स्थापना भएको ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल ९टान० ले आइतबार यहाँ आयोजना गरेको ‘नेपालको पर्यटनमा अवैतनिक वाणिज्यदूतको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँहरुले हवाइसेवाको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter