समाचार

भदौ ५ गते १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउने; स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन्छौँ : राजपा

काठमाडौँ, भदौ ८ गते । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यही भदौ ५ गते १८ वर्ष उमेर पुगेका फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा यही […]


कानूनको अभावमा स्थानीय तहमा न्याय सम्पादन अप्ठ्यारो

काठमाडौँ, भदौ ७ गते । संविधानले स्थानीय तहमा न्यायिक समिति सम्बन्धी स्पष्ट व्यवस्था गरेपनि यस सम्बन्धी कानून नबन्दा काममा ढिलाइ भएको छ । नेपालको संविधान २०७२ को धारा २१७ मा कानून बमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न गाउँपालिका र नगरपालिकाले उपाध्यक्ष । उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था गरेको छ । […]


एउटै वडाबाट एकसय ४७ मेगावाट विद्युत्

म्याग्दी / भदौ ७ गते । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १४७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । छिमेकी दानामा निर्माणाधीन अवस्थामा रहेको २२० केभी विद्युत् प्रसारण लाइनको निर्माण कार्य तीव्रगतिमा अगाडि बढेपछि जलविद्युत् उत्पादनमा प्रचुर सम्भावना रहेको नारच्याङमा लामो समयसम्म लाइसेन्स ओगटेर बसेका कम्पनीले समेत लगानी जुटाएर काम शुरु गरेका छन् […]


महासंघलाई साझा संस्थाको रुपमा अगाडि बढाउँछौँ- अध्यक्ष आचार्य

काठमाडौँ, भदौ ६ गते । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाकारुपमा अगाडि बढाउने बताउनुभएको छ । महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि आज यहाँ आयोजित बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष आचार्यले कार्ययोजना बनाएर महासंघ सबैको साझा संस्था हो भन्ने अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नवनिर्वाचित उपाध्यक्ष विपुल पोखरेलले महासंघलाई सबैको […]


माछापालन र पर्यटन सँगसँगै

लक्ष्मण पौडेल / भैरहवा, साउन ६ गते । माछा उत्पादनका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको रूपन्देहीको सियारी गाउँपालिकास्थित छपिया क्षेत्र माछापालन व्यवसायमा उदाहरणीय बन्दै गएको छ । व्यावसायिक रूपमा समेत फड्को मार्दै गएको छपियाको माछालाई राष्ट्रियस्तरमै बजार विस्तार तथा बजारीकरणका लागि सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेमा किसानले जोड दिएका छन् । स्थानीय किसानले आ–आफ्ना […]


मतदाता नामावलीमा ३९ हजार थप

पोखरा, भदौ ६ गते । क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गत साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको तस्बिरसहितको मतदाता नामावलीमा ३९ हजार ४०१ जनाले नाम दर्ता गराएका छन् । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखी सञ्चालन गरिएको सो मतदाता नामावली थप अभियानमा २० हजार ३५९ महिला र १९ हजार […]


गति लियो हस्तकला निर्यातले

लक्ष्मण दर्नाल / काठमाडौँ, भदौ ५ गते । नेपालमा उत्पादन हुने हस्तकलाका सामग्रीहरूको विदेश निर्यातमा वृद्धि भएको छ । विगत पाँच वर्षको तथ्याङ्क हेर्दा पाँच प्रतिशतले घटेको निर्यात अहिले १३ प्रतिशतले बढेको नेपाल हस्तकला महासङ्घले जनाएको छ । महासङ्घका अनुसार सन् २०१३ को तुलनामा २०१४ मा १५ प्रतिशतले वृद्धि भएको थियो । सन् २०१५ मा […]


आजदेखि क्युरिटी इम्बोसड नम्बर प्लेट लागु

काठमाडौँ, भदौ ५ गते । सवारीसाधनको व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले यातायात ब्यवस्था विभागले आजदेखि क्युरिटी इम्बोसड नम्बर प्लेट सुरु गरेको छ । मुलुकमा पहिलोपटक प्रयोगमा ल्याएको सो प्रविधिबाट सवारीसाधन र सवारी धनीको विवरणका साथै राजश्व असुलीको अवस्थाका बारेमा तत्काल जानकारी लिई सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न सकिने छ । यातायात व्यवस्था विभागले अमेरिका र बंगलादेशको […]


समन्वय समितिको भूमिका बलियो पार्न ‘लबिङ’

नगेन्द्र सापकोटा / काठमाडौँ, भदौ ५ गते । जिल्ला समन्वय समितिको भूमिका कमजोर नपार्न सबै जिल्ला समन्वय समितिका पदाधिकारीहरू केन्द्रदेखि स्थानीय तहसम्म ‘लबिङ’ गर्न व्यस्त छन् । संविधानको धारा ५६ को उपधारा ४ मा गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिलाई स्थानीय तह भनी उल्लेख गरेकाले गाउँपालिका र नगरपालिका जस्तै जिल्ला समन्वय समितिलाई पनि सोहीअनुसारको भौतिक […]


ग्यास बुलेटको ‘एक्स्प्लोसिभ’ अनुमति प्रमको एजेन्डामा

लक्ष्मण दर्नाल / काठमाडौँ, भदौ ४ गते । विगत १० महिनादेखि भारतमा रोकिएका नेपाली ग्यास बुलेट नेपाल ल्याउन व्यवसायीले सरकारसँग माग गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका क्रममा भारतीय सरकारसँग पहल गरी ग्यास बुलेट नेपाल ल्याउन उनीहरूले आग्रह गरेका हुन् । व्यवसायीले भारतबाट खरिद गरेका ७७५ वटा ग्यास बुलेट भारतीय एक्सप्लोसिभ डिपार्टमेन्टले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter