
इटहरी, साउन ९ गते । मानव जीवनका विविध बाध्यात्मक कारणले परिवारबाट बिछोडिएर वा परिवारको हेरविचार अभावका कारणले सडकमा आउने बालबालिकाको रक्षाका लागि बाल हेल्प लाइन १०९८ लाई सबैले विशेष महत्व दिएर हेर्नुपर्नेमा जोड दिइएको छ । भ्वाइस अफ चिल्ड्रेन इटहरीले यहाँ आइतबार आयोजना गरेको कार्यक्रमका वक्ताहरुले बालबालिका विशेष परिस्थितिले सडकमा आउन बाध्य हुने गरेको तर्फ […]

नगरकोट, साउन ८ गते । भक्तपुर भ्रमण गर्ने पर्यटकबाट उठ्ने शुल्क आर्थिक वर्ष २०७२/७३ भन्दा आर्थिक वर्ष २०७३÷७४ मा दोब्बरले वृद्धि भएको छ । भक्तपुर नपाका पर्यटन अधिकृत गौतमप्रसाद लासिवाले गएको आर्थिक वर्ष पर्यटन सेवा शुल्कबाट नपाले १९ करोड ९५ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२÷७३ मा भने १० […]

नुवाकोट, साउन ८ गते शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नुवाकोट अन्तर्गतको आवास निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइको अनुसार लाभग्राही आफैंदेखि अनुदान प्राप्त गरी निर्माण गरेको आवास संख्या साउनको पहिलो सातासम्म पाँच हजार सय ४९ पुगेको छ । आवास पुनःनिर्माण भएकामध्ये लाभग्राही आफंैले पाँच हजार दुई सय २३ घर निर्माण गरेका छन् । […]

बैतडी, साउन ८ गते । यहाँ द्वन्द्वपीडितले आफूहरुको दिगो पुनःस्थापना हुनुपर्ने माग गरेका छन् । दोगडाकेदार गाउँपालिका श्रीकेदारका ६० वर्षीया विष्ना विष्टले आफ्ना एक मात्र २२ वर्षीय छोरा द्वन्द्वकालमा विद्रोही माओवादीद्वारा मारिएकाले बुढ्यौलीमा आफ्नो स्याहार गर्ने कोही नभएको बताउनुभयो । दशरथचन्द नगरपालिका–२ देहीमाडौँंका ६० वर्ष नाघ्नुभएका गोजडी बोहरालाई पनि बुढेसकाल लागेपछि अब कसरी बाँच्ने भन्ने […]

चितवन, साउन ७ गते । ‘मुुग्लिन पारि तरेर गण्डकी लर्के जोवन दिऊँ कसलाई बन्धकी हातमा चुरा छ, हातमा चुरा छ है, चुरा छ है चुरा छ छिट्टै भेट है माया एउटा कुरा छ’ सलल बगेको नारायणी र वा दुर्लभ वन्यजन्तुको बासस्थान चितवन राष्ट्रिय निकुञ्जलगायतले चितवन चलचित्र छायांकनको गन्तव्य बन्दैछ । अग्ला पहाड, चुरे र तराईको […]

इलाम, साउन ७ गते । स्थानीय बासिन्दाको अवरोधका कारण इलामको सिद्धिथुम्कामा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी ट्रान्समिसन लाइन विस्तारमा ढिलाइ भएको छ । प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइइ) प्रतिवेदन विपरित १३२ केभी ट्रान्समिसन लाइनको टावर गाड्न थालेको भन्दै स्थानीयवासीले अवरोध गरेका हुन । दुई महिनायता सो कोरिडोरको काम ठप्प हुँदा इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङबाट […]

काठमाडौँ, साउन ७ गते । पूर्व राष्ट्रपति डा रामवरण यादवले गिरिजाप्रसाद कोइरालाको सरकारको पालामा नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘स्वास्थ्य शिविर’को शुभारम्भ गर्दै पूर्व राष्ट्रपति डा यादवले गिरिजाबाबु प्रधानमन्त्री भएको बेला देशका विभिन्न क्षेत्रमा मेडिकल कलेज स्थापना भएको बताउनुभयो । “गिरिजाबाबु जनताले सहजरुपमा […]

काठमाडौँ, साउन ६ गते । “मैले ४० सेकेन्डमात्रै फोन गरेँ । मेरो एक मिनेटभन्दा बढीको शुल्क कटौती भयो । फोन गरेको समयको मात्र शुल्क लिने कि उपभोक्तालाई ठग्ने ?” यो प्रश्न कुनै सर्वसाधारण नागरिकको होइन सांसद् उदयशम्शेर राणाको हो । दूरसञ्चार सेवा प्रदायकले उपभोक्तामाथि ठगी गरिरहेको सन्दर्भ जोड्दै सांसद राणाले भन्नुभयो – “उपभोक्तालाई गुणस्तरीय सेवा […]

लहान, साउन ६ गते । पानी छोएको निहुँमा सिरहाको मिर्चैया नगरपालिका– ९ अँधेरीकी २६ वर्षीया शोभा विश्वकर्मा गत वैशाख २६ गते गैर दलित महिलाको कुटपिटबाट पीडित भइन् । गाउँको सार्वजनिक इनारमा पानी भर्न गएकी शोभालाई स्थानीय अरिमान तामाङ र लीलामाया तामाङले कुटपिट गरेकाले भोलिपल्टै शोभाले मिर्चैया इलाका प्रहरी कार्यालयमा तामाङद्वय विरुद्ध लिखित जाहेरी दिइन्, प्रहरीले […]

काठमाडौँ, साउन ६ गते । सरकारले रोगको प्रकृतिमा परिवर्तन देखिन थालेपछि जनता स्वास्थ्य क्लिनिकको भौतिक पूर्वाधार निर्माणका लागि रकम पठाउन थालेको छ । पछिल्लो समय नसर्ने रोगको बिगबिगी बढ्न थालेपछि यसबारे जनतालाई सचेत गराउने उद्देश्यले काठमाडौँका विभिन्न १० स्थानमा जनता स्वास्थ्य क्लिनिक खोल्ने लक्ष्य छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडाँैका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठ […]