समाचार

मध्यपुर थिमिमा वडा सदस्यलाई समेत मासिक पारिश्रमिक

भक्तपुर, साउन १७ गते । मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित वडा सदस्यले समेत मासिक पारिश्रमिक पाउने भएका छन् । स्थानीय विकास मन्त्रालयले तत्काल निर्वाचित जनप्रतिनिधिले तलब सुविधा लिन नपाउने परिपत्र गरे पनि नपाको गत असार ३० गते सम्पन्न प्रथम नगरसभाले आन्तरिक स्रोतबाट व्यवस्था गर्ने गरी वडा सदस्यलाई समेत मासिक पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो । बैठकमा […]


‘कालिञ्चोक चौँरी महोत्सव’ हुने

काठमाडौँ, साउन १७ गते। सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको दोलखाको कालिञ्चोकमा ‘कालिञ्चोक चौँरी महोत्सव–२०७४’ हुने भएको छ । कालिञ्चोक गाउँपालिकाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पहिलोपटक यही साउन २२ र २३ गते कालिञ्चोक गाउँपालिका–६ घ्याङडाँडामा कालिञ्चोक चौँरी महोत्सव गर्न लागिएको जानकारी दिइयो । सम्मेलनमा कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कालिका पाठकले किसानलाई चौँरीपालतर्फ आकर्षित गर्न […]


एक करोड ९२ लाख राजश्व संकलन

पाल्पा, साउन १७ गते । आर्थिक वर्ष २०७३÷७४ मा मालपोत कार्यालय रामपुरले रु एक करोड ९२ लाख ४५ हजार राजश्व संकलन गरेको छ । आव २०७२÷७३ मा कार्यालयले रु एक करोड ८० लाख २३ हजार राजश्व संकलन गरेको थियो । कार्यालयले रजिष्ट्रेशन शुल्कमा नगरक्षेत्रबाट रु एक करोड ६६ लाख ९१ हजार र ग्रामीण क्षेत्रबाट रु […]


प्राधिकरणको नयाँ महसुल दर : घरायसी ग्राहकलाई फाइदा, मध्यम वर्गले बढी तिर्नुपर्ने

काठमाडौँ, साउन १६ गते । नेपाल विद्युत् प्राधिकरणले साधारण घरायसी ग्राहकलाई थप भार नपर्ने गरी नयाँ विद्युत् महसुल प्रस्ताव गरेको छ । घरायसी ग्राहकले औसतमा १० युनिट विद्युत् प्रयोग गर्ने गरेको अध्ययनबाट देखिएको छ । सोही अध्ययनका आधारमा प्राधिकरणले ती वर्गका ग्राहकले रु ६० मात्रै महसुल तिर्ने गरी प्रस्ताव गरेको हो । प्राधिकरणले यही साउन […]


समयमै प्रतिवेदन तयार गर्न आग्रह

काठमाडौँ, साउन १६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई समयमै प्रतिवेदन तयार गर्न आग्रह गर्नुभएको छ । उहाँले त्यसका लागि सरकारले आयोगलाई आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । साउन मसान्तसम्मको समयसीमा पाएको आयोग पदाधिकारीहरूसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री देउवाले आयोगलाई आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउन चौबीसै घन्टा सरकार […]


विदेशमा हजारथरिका नेपाली सामान !; एक हजारको मात्रै पनि निर्यात 

विश्वास रेग्मी / काठमाडौँ, साउन १६ गते । आयात र निर्यातमा बढ्दो अन्तरबीच पनि नेपाली वस्तु तथा उत्पादनको विदेशी बजारमा उपस्थिति भने फैलँदै गएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्कअनुसार विदेशमा हजारभन्दा बढी किसिमका नेपाली सामानको निर्यात भएको उल्लेख छ । गत आर्थिक वर्षमा मात्रै नेपालबाट ७४ अर्ब […]


संवैधानिक र व्यवस्थापकीय दृष्टिले एकैपटक दुईवटा निर्वाचन गर्न सकिँदैन – प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, साउन १५ गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संवैधानिक र व्यवस्थापकीय दृष्टिले समेत एकैपटक गर्न नसकिने बताउनुभएको छ । व्यवस्थापिका–संसद् सुशासन तथा अनुगमन समितिको आजको बैठकमा उहाँले दुबै निर्वाचन एकैपटक गर्दा संविधानले परिकल्पना गरेको महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न अप्ठरो पर्नसक्ने जानकारी दिनुभयो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र […]


सकिएन रोपाइँ – कतै हरियो, कतै बाँझो !

भक्तपुर, साउन १५ गते । यसवर्ष पर्याप्त पानी नपर्दा भक्तपुरमा ४० प्रतिशत जमिन बाँझै छ । विगतका वर्षमा असारभित्र १०० प्रतिशत रोपाइँ हुने भक्तपुरमा यसवर्ष पर्याप्त पानी नपरेपछि रोपाइँ हुन नसकेको हो । खोला र कुलोबाट सिँचाइ पुग्ने ठाउँमा धान रोपाइँ सकिएर हरियो भएको छ भने कुलो नलाग्ने र आकाशे पानीको भर पर्नुपर्ने खेत अझै […]


बाह्र दिनदेखि विद्युत् सेवा बन्द

चितवन, साउन १५ गते । पटकपटक विद्युत् सेवा अवरुद्ध हुँदा माडीका स्थानीयवासी प्रभावित भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज भित्रको जमिनमुनि गाडिएको तारमा खराबी भएका कारण यहाँ विद्युत् सेवा बन्द भएको हो । नेपाली प्राविधिकले खराबी पत्ता लगाउन नसकेपछि प्राविधिकसहित भारतबाट यन्त्र मगाइएको नेपाल विद्युत् प्राविधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो । […]


दल दर्ताका लागि आयोगको आह्वान

काठमाडौँ, साउन १४ गते । प्रदेशसभा र सङ्घीय व्यवस्थापिका (राष्ट्रियसभा र प्रतिनिधिसभा) निर्वाचनका लागि ३० दिनभित्र राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ । आयोगको आह्वानअनुसार राजनीतिक दलहरूले भदौ ११ गतेभित्र दल दर्ता गराइसक्नु पर्नेछ । नेपालको संविधानको धारा २७१ अनुसार राजनीतिक दलको रूपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न दर्ता गराउनुपर्ने संवैधानिक व्यवस्था […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter