
काठमाडौँ, साउन २ गते । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक वर्ष २०७३÷७४ मा रु छ खर्ब १२ अर्ब राजश्व संकलन भएको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद् अर्थसमितिको आजको बैठकमा उहाँले लक्ष्यभन्दा १०८ प्रतिशत राजश्व संकलन भएको जानकारी दिनुभएको हो ।गत आर्थिक वर्षमा सरकारले रु पाँच खर्ब ६५ अर्ब राजश्व उठाउने लक्ष्य निर्धारण गरेको थियो । अर्थमन्त्री […]

काठमाडौँ, साउन २ गते । धर्म, संस्कृति, जात्रापर्व तथा त्यससँग सम्बन्धित प्राचीन मूर्ति तथा मन्दिरको संगमस्थल हनुमानढोका क्षेत्र अनुसन्धाता तथा अन्वेषकका लागि जीवन्त संग्रहालयका रुपमा रहेको छ । यस क्षेत्रभित्र प्रमुख रुपमा इन्द्रजात्रा पर्व, १२ वर्षे पचली भैरव जात्रा, काष्ठमण्डप, गद्दी बैठकजस्ता महत्वपूर्ण पर्व तथा मठमन्दिर थिए र छन् । विसं २०७२ को भूकम्पबाट हनुमानढोका […]

सन्धिखर्क, असार ३१गते । अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर बनेको छ । यहाँका युवा व्यावसायिक रुपमा गाईभैंँसी पालनमा लागेपछि यो जिल्ला दूधमा आत्मनिर्भर बनेको हो । जिल्लामा सय भन्दा धेरै दुग्ध उत्पादक समूह गठन भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । व्यावसायिक रुपमा गाईभैँसी पाल्नेमा अधिकांश युवा पुस्ताका व्यक्ति रहेका छन् । जिल्लामा वार्षिक करिब रु […]

काठमाडौंँ, असार ३१ गते । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीको आउँदो आइतबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको समितिको बैठकले पराजुलीको सुनुवाइ साउन १ गते आइतबार गर्ने निर्णय गरेको हो । पराजुलीविरुद्ध उजुरी आह्वानको समयमा कुनै पनि उजुरी दर्ता नभएपछि सुनुवाइको कार्यविधिअनुसार सुनुवाइमा बोलाइएको हो । समिति सचिव […]

काठमाडौँ, असार ३१ गते । ट्रेकिङ व्यवसायीको छाता सङ्घठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ‘टान’ को आर्थिक विषयलाई लिएर लामो समयदेखिको विवाद अझै सुल्झिएको छैन । आर्थिक स्रोत परिचालन सम्बन्धमा टानका पदाधिकारीबीच चुलिएको विवादले समग्र टानको प्रशासनिकदेखि प्रवद्र्धनात्मक कार्यलाई असर पुगेको छ । टान नेतृत्व र कोषाध्यक्षबीच बँैंक खाताको विषयमा जुहारी चल्दै आएको छ । […]

काठमाडौँ, असार २९ गते । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि गत आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले लगानीको वातावरण बनाउन सहयोग गर्नेमा अर्थतन्त्रका जानकारहरूले आशंका व्यक्त गरेका छन् । मौद्रिक नीतिका कारण सरकारले आगामी आवमा ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हासिलका लागि गरेको लक्ष्य निर्धारण सहजरुपमा प्राप्त हुन नसक्ने बताएका छन् । इन्स्टिच्युट […]

काठमाडौँ, असार २९ गते । सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला काकीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता गरिएको महाअभियोगको प्रस्तावविरुद्ध परेको रिट निवेदनको सुनुवाइ संवैधानिक इजलाशमा हुने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले आज संवैधानिक इजलाशमा पठाउने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । सो महाअभियोगको प्रस्तावविरुद्ध अधिवक्ता […]

काठमाडौँ, असार २८ गते । सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको आजको एकल इजलासले आधार र कागजप्रमाण प्रष्ट देखिने प्रतिलिपिसहितको लिखित जवाफका साथ महान्यायाधिवक्ता कार्यालयमार्फत असार ३० गते बिहान १०ः३० बजे बन्दीमा रहेका शर्मालाई अदालतमा उपस्थिति गर्न÷गराउन […]

लमजुङ, असार २८ गते । जङ्गलमा पाइने अल्लो आयआर्जनको भरपर्दो स्रोत बन्न थालेको छ । उच्च पहाडी क्षेत्रमा पाइने अल्लो लोकप्रिय बन्दै गएपछि व्यावसायिक उत्पादनतर्फ आर्कषण बढेको छ । गुरुङ समुदायले भाङ्ग्रालगायत सामग्री बनाउन मात्र प्रयोग गर्ने अल्लोको पछिल्ला दिनमा व्यावसायिक उत्पादन हुन थालेको छ । अल्लोबाट पछिल्लो समय झोला, गलबन्दी, जुत्ता, चप्पल, कोट, पाइन्ट, […]

बागलुङ, असार २८ गते । सरकारी अनुदान पाउने भएपछि बजेट अभावमा रोकिएको ताराखोला गाउँपालिका– ५ स्थित निर्माणाधीन ताराखोला सामुदायिक साना जलविद्युत् आयोजनाको काम अघि बढेको छ । तीन सय ८० किलोवाट क्षमताको उक्त आयोजनालाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु नौ करोड १२ लाख अनुदान हालै स्वीकृत गरेको छ । विसं २०६८ देखि सुरु भएको आयोजना […]