समाचार

अनुदानपछि अघि बढ्यो जलविद्युत् आयोजना

बागलुङ, असार २८ गते । सरकारी अनुदान पाउने भएपछि बजेट अभावमा रोकिएको ताराखोला गाउँपालिका– ५ स्थित निर्माणाधीन ताराखोला सामुदायिक साना जलविद्युत् आयोजनाको काम अघि बढेको छ । तीन सय ८० किलोवाट क्षमताको उक्त आयोजनालाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु नौ करोड १२ लाख अनुदान हालै स्वीकृत गरेको छ । विसं २०६८ देखि सुरु भएको आयोजना […]


“प्रशासनिक प्रक्रिया तथा बजार विश्लेषण तालीम”

वीरगञ्ज, असार २७ गते । आयात निर्यात प्रक्रिया तथा प्रशासनिक ज्ञानको अभावमा नेपाली उद्योग, व्यापार, व्यवसाय सङ्कुचित हुँदै गइरहेकोमा उद्योगी व्यवसायीले जोड दिएका छन् । विश्व बजारमा आयात निर्यात गर्दा पाउने छुट सुविधाबारे जानकारी गराउने उद्देश्यले यहाँ आयोजित “प्रशासनिक प्रक्रिया तथा बजार विश्लेषण” बिषयक तालीमको समापनका अवसरमा उनीहरुले सो कुरामा जोड दिएका छन् । सो […]


‘क्लिन फिड’ नीति तत्काल लागु गर्न माग

काठमाडौँ, असार २७ गते । नेपाल पत्रकार महासङ्घले विदेशी च्यानलमा विज्ञापनरहित प्रसारण ‘क्लिन फिड’ नीति तत्काल लागू गर्न माग गरेको छ । आगामी साउन १ देखि पूर्णरूपमा कार्यान्वय हुनुपर्ने नीति कार्यान्वयनको सम्मुखमा पुगेर अहिले पुनः विवादित भनाइहरू आएकामा महासङ्घ गम्भीर चासो र सरोकार प्रकट गरेको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “क्लिन फिड […]


कामदारमैत्री नियम बनाउनपर्छ – सभापति

काठमाडौँ, असार २६ गते । व्यवस्थापिका–संसद् अर्थसमितिका सभापति प्रकाश ज्वालाले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित गर्न कामदारमैत्री नियम बनाउनपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रगतीशील वैदेशिक रोजगार व्यवसायी सङ्घ र नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले संयुक्तरुपमा आयोजना गरेको भेलामा उहाँले सम्झौताअनुसार कार्य नगर्ने स्वदेशी मेनपावर तथा विदेशी रोजगारदाता कम्पनीलाई कालोसूचीमा राख्नुपर्ने बताउनुभयो । नेकपा (एमाले) […]


‘संघीय र प्रादेशिक संसद्को निर्वाचन पहिलो प्राथमिकता’: प्रम देउवा

काठमाडौँ, असार २६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गतेभित्र संघीय र प्रादेशिक संसद्को निर्वाचनलाई आगामी आर्थिक वर्षको बजेटले उच्च प्राथमिकता दिएको र त्यसको कार्यान्वयन वर्तमान सरकारको पनि पहिलो प्राथमिकता भएको स्पष्ट पार्नुभएको छ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय […]


आर्थिक समृद्धिको आधार नै स्थानीय तह : उपप्रधानमन्त्री महरा

चितवन, असार २६ गते । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तह आर्थिक समृद्धिको आधारका रुपमा खडा भएको बताउनुभएको छ । निर्वाचनसँगै आर्थिक समृद्धिको ढोका खुलेको र अहिले स्थानीय तहको बहुआयामिक भूमिका रहेको उहाँले बताउनुभयो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री महराले आज चितवनस्थित रत्ननगर उद्योग वाणिज्य सङ्घको अठारौँ साधारणसभालाई सम्बोधन गर्दै तीनवटै तहको निर्वाचनपछि भने आर्थिक […]


सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्यायपरिषद् सचिव सुवेदी

काठमाडौँ, असार २२ गते । मन्त्रिपरिषद्को बैठकले न्यायपरिषद्का सचिव नहकुल सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेकोे बैठकले नेपाल सरकार र अष्ट्रेलिया सरकार बीच दुईपक्षीय परामर्श संयन्त्र स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र सचिवलाई अख्तियारी दिने निर्णय गरेको छ । यसैगरी बैठकले नेपाल सरकार र मित्रराष्ट्र […]


आँपको व्यापार पातलिँदै, भुइँकटहरको बढ्दै

लहान, असार २२ गते । आँपको व्यापार पातलिँदै जान थालेपछि थोक तथा खुद्रा व्यापारीहरू भुइँकटहरको व्यापारतर्फ आकर्षित हुन थालेका छन् । दुई महिनामै खुद्रा व्यापारीहरूले एक लाख र थोक व्यापारीहरू दुई लाखभन्दा बढी आम्दानी गरेपछि उनीहरू हौसिएका हुन् । लहानमा तीन दिनमै एक मेट्रिक टन भुइँकटहर यतिबेला खपत हुने गरेको छ । भारतको सिलगुडीबाट ल्याइने […]


त्रिशूली थ्री ‘ए’ जलविद्युत्: ऋण सम्झौता नवीकरण नहुँदा योजना पूरा हुन पाएन

लक्ष्मीप्रसाद उपाध्याय / काठमाडौँ, असार २१ गते । चिनियाँ एक्जिम बैङ्कले विगत करिब १३ महिनादेखि ऋण सम्झौता नवीकरण नगर्दा त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ । ६० मेगावाट उत्पादन क्षमताको यो जलविद्युत् आयोजनाको निर्माणका लागि ऋणदाताका रूपमा रहेको चिनियाँ उक्त बैङ्क सँगको ऋण सम्झौता सन् २०१६ मे १८ बाट समाप्त भएको थियोे […]


स्थानीय तहका अधिकारबारे जनप्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौँ, असार २१ गते। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणामलगत्तै आगामी साउन दोस्रो हप्ता उपमहानगर, नगर तथा गाउँपालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षलाई स्थानीय विकाससम्बन्धी अभिमुखीकरण तालिम दिने भएको छ । प्रदेश नं १, ५ र ७ अन्तर्गत उपमहानगरदेखि गाउँपालिकासम्म ३३४ स्थानीय तहका ६६८ जनप्रतिनिधिलाई सहभागी गराइने उक्त तालिममा सङ्घीय संरचनाअनुसार […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter