समाचार

दोस्रो चरणको निर्वाचन असार ९ मा

काठमाडौँ, जेठ १५ गते । आउँदो जेठ ३१ गते गर्ने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते शुक्रबारका दिन हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणको निर्वाचनमा असहमति राख्दै सहभागी नहुने दलहरूलाई समेत दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन असार ९ गतेको मिति तय गरिएको सूचना […]


स्थानीय तहको निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत ग¥यो – प्रम

काठमाडौँ, जेठ १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले दैनिक रुपमा देख्न र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा अभूतपूर्ण जनसहभागितासहित सम्पन्न भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गत वैशाख ३१ गते सम्पन्न निर्वाचनले सङ्घीय लोकतान्त्रिक […]


‘उद्योग उत्पादन क्षमतामा वृद्धि’

काठमाडौँ, जेठ १४ गते । उद्योग मन्त्रालयले चालु आर्थिक वर्षमा उद्योगको कुल उत्पादन क्षमतामा वृद्धि भएको जनाएको छ । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगन्त्री नवीन्द्रराज जोशीले नयाँ ऐन, संस्थागत सुधार र बन्द उद्योग खुलेका कारण क्षमतामा वृद्धि आएको बताउनुभयो । उहाँले गत आवमा ३९.५ उत्पादन क्षमता रहेको उद्योगमा चालु आवमा ५४.२४ प्रतिशत पुगेको […]


गत बर्ष घटेको प्रति ब्यक्ति बढ्यो, बर्षभरीको कमाइ ८८७२५ रुपैयाँ

काठमाडौँ, जेठ १४ गते । भुकम्प र नाकाबन्दीका कारण गत आर्थिक बर्ष नेपालीहरुको प्रतिब्यक्ति आम्दानी करिव एक हजार रुपैयाँले घटेपनि यसपाली भने सुधार भएको छ। एक नेपालीको आम्दानी १०५ डलरले बढेर ८६२ डलर पुगेको छ। नेपाली रुपैयाँमा परिवर्तन गर्दा एक बर्षमा एक नेपालीको बार्षिक आम्दानी १० हजार ८१५ रुपैयाँले बढेको हो। नेपाल राष्ट्र बैकले आइतबारका […]


गोदावरी नगरपालिकाका १०० भूकम्पपीडितका लागि एकीकृत बस्ती

काठमाडौँ, जेठ १३ गते । ललितपुर जिल्ला गोदावरी नगरपालिका–६ स्थित काफलडाँडा र लामिडाँडामा १०० घरका लागि एकीकृत बस्ती निर्माण सुरु भएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्प र पटक पटकको परकम्पले क्षति हुन पुगेका यहाँका घर पुनःनिर्माण हुन नसक्दा स्थानीयवासी टहरामा बस्न बाध्य थिए । बतास फाउन्डेसन, एसटेन एबल कन्स्ट्रक्सन प्रालि र ओमान […]


कर्मचारीको लगानीमा जलविद्युत् आयोजना बनाउने प्रस्ताव

काठमाडौँ, जेठ १३ गते। निजामती कर्मचारीले न्यूनतम रुपमा ५०० मेगावाट क्षमताको जलविद्युत् आयोजना अगाडि बढाउने प्रस्ताव गरेका छन् । निजमती कर्मचारीको क्षमता विकास तथा उनीहरुको आर्थिक समृद्धिको लागि समेत उपयुक्त माध्यम भनेकै पछिल्लो दिनमा जलविद्युत् रहेको भन्दै कर्मचारीले सो प्रस्ताव गरेका हुन् । नेपाल निजामती कर्मचारी सङ्घले कर्मचारीको लगानीमा न्यूनतम ५०० मेगावाट क्षमताको आयोजना अगाडि […]


लोकतन्त्रको रक्षाका लागि बलियो कानुनी शासन आवश्यक छ – प्रम दाहाल

काठमाडौँ, जेठ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले मुलुकमा बलियो कानुनी शासन स्थापित भएमा मात्र लोकतन्त्रको संरक्षण हुने बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको १७ औँ वार्षिकोत्सवमा प्रधानमन्त्री दाहालले लोकतन्त्र, मानवअधिकार र कानुनी शासन एक अर्काको परिपूरक भएको विचार व्यक्त गर्दै विभिन्न स्थानमा मानवअधिकार संरक्षणका लागि आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो […]


‘हिलारी स्टेप भत्किएको छैन ’

सोलुखुम्बु, जेठ १२ गते । सगरमाथाको– आठ हजार मिटरमाथि रहेको ‘हिलारी स्टेप’ भत्किएको भन्ने खबर केही दिनदेखि विभिन्न सञ्चारमाध्ययममा आइरहेकामा सो कुरा सत्य नभएको सगरमाथाका पथ–प्रदर्शक पासाङ तेन्जिङ शेर्पाको दाबी छ । शेर्पासहित आरोहण गरेर फर्किएका दुई नेपाली आरोही र एक पर्वतारोहण अधिकारीले सगरमाथाको चुचुरो नजिकै रहेको हिलारी स्टेप पहिलेकै अवस्थामा रहेको बताएका हुन् । […]


चमेलिया आयोजना निर्माण कार्यमा तीव्रता

बैतडी, जेठ ११ गते । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ शिखरमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाकोे मेसिन तथा उपकरणको परीक्षण ‘ड्राइटेस्ट’को काम चाँडै सुरु गरिने भएको छ । जलाशय परीक्षणको काम सकिएकाले र शुक्रबारदेखि मुख्य क्षेत्रमा रहेका उपकरण ड्राइटेस्टको काम सुरु गरिने चमेलिया जलविद्युत् आयोजना प्रमुख अजयकुमार दाहालले बताउनुभयो । ड्राइटेस्टका लागि दक्षिण कोरियाबाट प्राविधिक […]


उदयपुर सिमेन्ट उद्योग प्रदूषणरहित बनाइँदै

गाईघाट (उदयपुर), जेठ १२ गते । नेपालकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने भएको छ । उद्योग प्रशासनका अनुसार उद्योगमा धुलो तथा धुवाँ नियन्त्रण गर्ने मेसिन जडान गर्न लागिएका कारण अब उद्योगबाट निस्कने सम्पूर्ण धुवाँ र धुलो नियन्त्रण हुने र उद्योग प्रदूषणरहित […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter