समाचार

निजी आवास अनुदान रकम वितरण कार्य सुरु

खोटाङ, जेठ २० गते । खोटाङका भूकम्पपीडितलाई निजी आवास अनुदान रकम वितरण गर्न थालिएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त निजी आवास तथा भवन पुनःनिर्माणका लागि शुक्रबारदेखि सालपा विकास बैंक र सेञ्चुरी कमर्सियल बैंकबाट अनुदान वितरण सुरु गरिएको हो । भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माणका लागि उनीहरुलाई पहिलो किस्ताबापत रु […]


छाता ओढेर नमुना मतदान, एक सय दुई मत खस्यो, १० मत बदर;  एउटै पदमा सासूबुहारीको प्रतिस्पर्धा

  काठमाडौँ, जेठ १९ गते । शुक्रबार दिउँसो १२ बजे । स्थानीय र सुरक्षाकर्मी मतदान स्थल बनाउँदै थिए । निर्वाचन कार्यालयका कर्मचारी निर्वाचन साम्रागी व्यवस्थापनमै व्यस्त । धुमिलो आकाश । धेरै जनाले आकाशतिर हेरेर विभिन्न अड्कलबाजी गर्दै थिए । आज पक्कै पानी पर्छ । नभन्दै केहिबेरमै पानी पर्न थाल्यो । खुल्ला चौरमा मतदान केन्द्र भएकाले […]


इन्सपेक्टर तालिममा उत्कृष्ट हुनेहरु प्रधानमन्त्रीबाट पुरस्कृत

काठमाडौँ, जेठ १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा १६५औं समूह प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । उक्त अवसरमा प्रधानमन्त्रीले कवाज निरीक्षण गर्नुको साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई पुरस्कार वितरण गरे । पुरस्कृत हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुमा तालिममा सर्वप्रथम हुने नारायण थापा, सर्वद्वितीय […]


अपाङ्गता भएका व्यक्तिका लागि सामग्री वितरण

गुलरिया (बर्दिया), जेठ १९ गते । बर्दियामा शारीरिक तथा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिका लागि रु १० लाख मूल्य बराबरको सहायक सामग्री वितरण गरिएको छ । वितरण गरिएको सहायक सामग्रीबाट २७ जना शारीरिक अपाङ्गता भएका र दुईजना दृष्टिविहीन अपाङ्गता भएका व्यक्ति लाभान्वित भएका छन् । बर्दिया अपाङ्ग पुनः स्थापना केन्द्र गुलरिया, बर्दियाले जिल्ला समन्वय समिति, बर्दिया […]


अपहरणको नाटक गर्दै छोरा र श्रीमानसँग फिरौती माग्दा…

सुरुङ्गा (झापा), जेठ १९ गते । जन्म दिने आमाले आफू अपहरणमा परेको नाटक गर्दै रु ३० लाख फिरौती माग्लिन् भन्ने कुनै छोराले कल्पनासम्म गरेको हुँदैन तर, झापामा भइदियो यस्तै । आफू अपहरणमा परेको नाटक गर्दै छोरा र श्रीमान्सँग त्यति ठूलो फिरौती रकम माग्ने झापा बिर्तामोड नगरपालिका–५ निवासी बबिता बस्नेत र हाँडीखोला–७ मकवानपुर (हाल मनोहरी गाउँपालिका–४) […]


लोकप्रिय किबी फल बाग्लुङका विभिन्न ठाउँमा विस्तार

बाग्लुङ, जेठ १७ गते । फलको राजाको रुपमा लिइने किबीको बाग्लुङका विभिन्न ठाउँमा विस्तार हुन थालेको छ । पूर्वका विभिन्न जिल्लामा व्यावसायिक रुपमा किबी खेती गरिँदै आएकोमा केही वर्षयता पश्चिमी पहाडमा पनि गर्न थालिएको हो । किबीको माग देश विदेशमा बढ्न थालेपछि पश्चिमी पहाडमा किबीको खेती विस्तार हुँदै गएको जिल्ला कृषि विकास कार्यालय बाग्लुङले जनाएको […]


स्थानीय तह निर्वाचन फेरि स¥यो, असार १४ मा गर्ने मन्त्रिपरिषद्को निर्णय; भरतपुर मतगणना विवादः च्यातिएको मतपत्रको संख्या यकिन गरेर पठाउन आयोगको निर्देशन

काठमाडौँ, जेठ १७ गते । दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ गते बुधबार हुने भएको छ । यसअघि सरकारले दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचन पाँच दिन पर सार्ने निर्णय गरेको हो । मुसलमान समुदायको पवित्र […]


सुधारोन्मुख वीपी क्यान्सर अस्पताल

चितवन, जेठ १७ गते । केहि समययता अस्तव्यस्त बनेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा केही सुधारका संकेत देखिन थालेका छन् । कर्मचारीको आन्तरिक गुटबन्दी र सञ्चालक समितिको रिक्ततासँगै सो अस्पताल अस्तव्यस्त बनेको थियो तर सञ्चालक समितिको पूर्णता र तीन साता अघि नयाँ कार्यकारी निर्देशक नियुक्तिसँगै सुधारका काम अघि बढेको हो । यसअघि प्रयोगशालामा आवश्यक केमिकल […]


आफ्नै भवनमा स्पाइनल इन्जुरी सङ्घ

काठमाडौँ, जेठ १६ गते । मेरुदण्डमा चोट लागेका बिरामीको पुनःस्थापनाका लागि काम गरिरहेको स्पाइनल इन्जुरी सङ्घ नेपालको आफ्नै भवन बनेपामा बनेको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव खगराज बरालले आज उद्घाटन गर्दै मन्त्रालयले मेरुदण्डमा चोट लागेर दुःख पाएका मानिसको उपचारका लागि सहयोग गरिने बताउनुभयो । नेपाल सरकारको संयुक्त लगानीमा काभ्रेको भैँसेपाटीमा पहिलो चरणको […]


राजदूत प्रा.डा.सिंहलाई सम्मान

काठमाडौं, १६ जेठ । कान्तिपुर सिटी कलेजका संस्थापक प्रिन्सिपल प्रा.डा.महेन्द्र सिंहलाई उहाँ साउदी अरेबियाका लागि नेपालको राजदूतमा नियुक्त हुनुभएकोमा उक्त कलेजद्वारा सम्मान गरिएको छ । सो कलेजमा आज आयोजित कार्यक्रममा राजदूत सिंहलाई सम्मानपत्र एवम् विशेष उपहारद्वारा सम्मान गरिएको गरिएको थियो । कान्तिपुर सिटी कलेजद्वारा आयोजित सो समारोहमा कलेजका संस्थापक अध्यक्ष हेमन्त शमशेर राणा, कलेजका वर्तमान […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter