
काठमाडौँ, जेठ १२ गते । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्षदेखि ‘ग्लोवल नेपाली फिल्म अवार्ड’का विभिन्न आठ विधा थप गरिएको छ । नेपाल फिल्म सोसाइटीलगायतले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार कृष्ण मल्लले स्वदेशी चलचित्र र चलचित्रकर्मीलाई प्रोत्साहित गर्ने उद्देश्यले अघिल्लो वर्षदेखि संयुक्त राज्य अमेरिकाको कोलोराडोमा स्थापित सो अवार्ड विभिन्न १२ विधामा प्रदान […]

जेष्ठ ११, २०७४ राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सहमतीका आधारमा प्रधानमन्त्री चयनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो पदबाट राजिनामा दिएपछि राष्ट्रपति भण्डारीले संवैधानिक ब्यवस्थाअनुसार सहमतीका लागि दलहरुलाई एक साताको समय दिनुभएको हो । राष्ट्रपति कार्यालयद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान धारा २९८ को उपधारा २ बमोजिम […]

काठमाडौं— प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले सरकारले थपेका स्थानीय तहमा जेठ ३१ मै चुनाब हुने बताइरहँदा बिहीबार निर्वाचन आयोगले थपिएका स्थानीय तहको संरचनाअनुसार सो मितिमा निर्वाचन गर्न नसक्ने स्पष्ट पारेको छ। आयोगले जेठ २ गते थप गरिएका स्थानीय तहबाहेकका ४६१ स्थानीय तहमा निर्वाचन गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ। सरकारले मधेसी दललाई रिझाउन जेठ […]

काठमाडौँ, जेठ १० गते । सरकारले आगामी आर्थिक वर्षका लागि निर्धारण गरेको नीति तथा कार्यक्रम भोलि व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अपराह्न नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ । पुरानै कार्यक्रममा सोमबार नयाँ बजेट सरकारले आगामी आर्थिक वर्षको बजेट अघिल्लो वर्षका […]

रोल्पा, जेठ १० गते । रोल्पाका अल्लो उद्योगबाट उत्पादित वस्तु अमेरिका तथा अस्ट्रेलियाको बजारसम्म पुग्ने गरेको छ । नवदुर्गा अल्लो धागो तथा कपडा उद्योग इरिवाङ, रोल्पाले अल्लोबाट उत्पादन गरेको जुत्ता, कोट तथा पर्स अमेरिका र अस्ट्रेलिया पुग्ने गरेको उद्योगका अध्यक्ष लक्ष्मी डाँगीले बताउनुभयो । उद्योगबाट झोला, सल, पटुकालगायत स्थानीय बजारमा खपत हुने सामग्रीका साथै जुत्ता, […]

चितवन, जेठ १० गते । अस्ट्रियामा रहेको एक दम्पत्ती इलमर मुलर र मायाँ मुलरले भूकम्पलगत्तै विपत्तिमा परेकालाई सहयोग जुटाउने अभियान थाले । चितवनको माडीकी मायाँ र उनका श्रीमान् अस्ट्रियाका इलमर मुलरलाई नेपालमा भएको प्राकृतिक विपत्तिले मन छोयो । उनीहरुले मार्कुसलगायत केही साथीहरुलाई जम्मा गरेर तत्कालै एउटा संस्था बनाए, ‘धन्यवाद नेपाल हिल्फे ।’ उक्त संस्थामार्फत अस्ट्रियामा […]

म्याग्दी, जेठ ९ गते । रघुगङ्गा गाउँपालिका–३ भगवतीमा रहेको अन्नपूर्ण आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि एक विदेशी संस्थाले रु पाँच लाख आर्थिक सहयोग गरेको छ । २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले क्षति पुगेका कक्षाकोठा भवन पुनःनिर्माणका लागि बेल्जियमको हिमालयन परियोजनाले सो आर्थिक सहयोग गरेको हो । संस्थाका पवल भन्द्रे मुर्टेल र निता बुदुजा […]

काठमाडौँ, जेठ ९ गते । नेपालको गरिबी उल्लेख्य रुपमा घटे पनि आर्थिक वृद्धिदर उच्च हुन नसक्दा नीतिगत बृहत् सुधारका कार्यक्रमले अर्थतन्त्रलाई उकास्ने एक प्रतिवेदनले औँल्याएको छ । विश्व बैंकले आज यहाँ सार्वजनिक गरेको ‘मध्यआयको मार्गमा नेपाल’ नामक उक्त प्रतिवेदनले उत्पादकत्व वृद्धि र लगानी प्रवद्र्धन गर्न नीतिगत सुधार अपरिहार्य भएको देखाएको छ । पूर्वाधार र सार्वजनिक […]

काठमाडौँ, जेठ ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीशको हैसियतमा प्रधानन्यायाधी गोपाल पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यात र महालेखा परीक्षकमा टङ्कमणि शर्मा दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहबीच कार्यवाहक प्रधानन्यायाधीश पराजुलीले बस्न्यात र दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो […]

काठमाडौँ, जेठ ८ गते । आगामी आव २०७४÷०७५ को बजेटमा पुनःनिर्माणलाई प्राथमिकता दिइने भएको छ । अर्थ मन्त्रालयले आज आयोजना गरेको आर्थिक पत्रकार समाज (सेजन) सँगको बजेटसम्बन्धी छलफल कार्यक्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महराले यस वर्ष राजनीतिक सन्तुलन कायम गरी आर्थिक गतिविधि सञ्चालन गरिएकाले आर्थिक वृद्धिदर बढेको बताउनुभयो । “पुँजीगत खर्च असार मसान्तसम्म ८४ प्रतिशत पुग्छ, गत […]