
रामपुर (पाल्पा), जेठ ८ गते । जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न जिल्लाका किसानलाई मोबाइल फोन वितरण गरिएकोछ । यहाँका ४३ वटा अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन वितरण गरिएको हो । कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली […]

काठमाडौँ, जेठ ८ गते । अत्यधिक निर्यात सम्भावना बोकेको तयारी पोसाकको निर्यात पछिल्लो समय झन् घट्दो क्रममा छ । सरकारले निर्यातजन्य वस्तुलाई प्राथमिकतामा राखेको र अमेरिकाले पनि यसको निर्यातमा नेपाललाई भन्सार छुटको सुविधा दिएको अवस्थामा पनि तयारी पोसाकको निर्यात आशलाग्दो गतिले बढ्नुको सट्टा झन् घट्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्यका हिसाबले प्रतिस्पर्धा गर्न नसकेपछि […]

रमेश लम्साल / काठमाडौँ, जेठ ७ गते । सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्रालयले कर्मचारी सञ्चय कोषलाई आज सो आयोजना अगाडि बढाउने अनुमति प्रदान गरेको हो । ऊर्जा मन्त्री जनार्दन शर्माको उपस्थितिमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले कोषका प्रशासक […]

चितवन, जेठ ७ गते । झन्डै २० वर्षयता सङ्कलित वन्यजन्तुका आखेटोपहार सोमबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा नष्ट गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव, विभागीय प्रमुख, राष्ट्रिय योजना आयोजका सदस्य, दातृ निकायका प्रतिनिधि, पत्रकार, मध्यवर्तीका प्रतिनिधिलगायतको उपस्थितिमा अखेटोपहार नष्ट गर्न लागिएको हो । विसं २०५४ यता देशभरका राष्ट्रिय निकुञ्ज, […]

चितवन, जेठ ६ गते । यहाँको सरकारी अस्पताल भरतपुर अस्पताललाई अति विशिष्ट सेवासहितको एक हजार श्ययाको शिक्षण अस्पतालको रुपमा विकास गर्न प्रस्ताव गरिएको छ । अस्पताल विकास समितिको हालै सम्पन्न बैठकले अस्पतालको गुरुयोजना पारित गरेर स्वास्थ्य मन्त्रालयमा पेस गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार १४ बिगाहा १० कठ्ठा जग्गामा छुट्टाछट्टै अस्पताल […]

काठमाडौँ, जेठ ६ गते । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियान सुरु भएको पाँचौँ वर्षको पहिलो शनिबार २१० औँ हप्तामा आज थापाथली पुलपारि ललितपुर क्षेत्रमा सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ६०० जना भन्दा बढीको सहभागिता थियो । सफाइमा […]

काठमाडौँ, जेठ ६ गते । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘हीरक’ जयन्तीका अवसरमा विभिन्न विधाका दस वरिष्ठ स्रष्टालाई ‘हीरक सम्मान’ प्रदान गरेको छ । प्रतिष्ठानले आज यहाँ आयोजना गरेको समारोहमा आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जसराज किराँती, डा तारानाथ शर्मा, तेजेश्वरबाबु ग्वंग, दीपनारायण मिश्र, नारायणप्रसाद शर्मा, रमा शर्मा, शङ्करनाथ रिमाल, शान्तदास मानन्धरलाई रु एक लाख राशीसहित सम्मानित गरियो […]

काठमाडौँ, जेठ ५ गते । सर्वोच्च अदालतले एलइडी बल्ब खरिद प्रक्रियामा लिखित कारण देखाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलाशले आज लिखित जवाफसहित अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो । एलइडी बल्ब खरिद प्रक्रिया कानुन विपरीत भएको उल्लेख गरी अधिवक्ता […]

काठमाडौं, जेठ ५– बैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी एमालेले १०० स्थानमा जीत हात पारेको छ । प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहका लागि भएको पहिलाे चरणाकाे चुनावमा एमाले १०० स्थानमा जित हात पार्दै पहिलो स्थानमा रहँदा नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी […]

विष्णुप्रसाद पोखरेल / दमक, जेठ ५ गते झापा जिल्लाको दमकमा नेपालकै सबभन्दा ठूलो औद्योगिक पार्क बन्ने भएको छ । चीनको लगानीमा बन्न लागेको ‘दमक क्लिन इन्डस्ट्रियल पार्क’का लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने प्रारम्भिक चरणका आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिनुभएको छ । बिहीबार दमक नगरपालिकाले कार्यालयमा नै गरेको […]