समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्झौता रद्द गर्ने चेतावनी

भैरहवा, जेठ ४ गते । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सन्तोषजनक नभएको भन्दै आयोजनाले ठेक्का सम्झौता बदर गर्ने अन्तिम चेतावनी दिएको छ । निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीले पछिल्लो समय विभिन्न बहाना बनाएर निर्माण कार्य अलमलमा पारेको भन्दै आयोजनाले तत्काल काममा तदारुकता नदेखाए सम्झौतासमेत खारेज गर्ने र ठेक्का तोड्नेसम्मको करिब १५ दिन अगाडि […]


विपन्न परिवारका लागि एक हजार पक्की घर बन्दै

लहान, जेठ ४ गते । सिरहा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका दलित तथा अतिविपन्न परिवारका लागि एक हजार पक्की घर निर्माण गरिने भएको छ । सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत आव २०७३-७४ मा दलित तथा अतिविपन्न परिवारका लागि आवास भवन (पक्की घर) निर्माण गरिने भएको हो । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, राजनीतिक दलका प्रतिनिधिलगायतको […]


‘कृषिमा पसिना बगाए विदेश जानु पर्दैन’

अविनाश चौधरी / धनगढी, जेठ ४ गते । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने युवापुस्तामा रहेको भ्रमलाई कैलालीका एक २२ वर्षीय युवकले चिर्नुभएको छ । व्यावसायिक तरकारी खेतीमा सक्रिय कैलारी गाउँपालिका–६, बेनौलीका सञ्जीव चौधरीले परिश्रम गरेमा स्वदेश मनग्य आम्दानी गर्न सकिने उदाहरण बनेर देखाउनुभएको हो । उहाँले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा १३ कट्ठा […]


प्राधिकरण मातहतका कम्पनीमा दश सञ्चालक तोकिए

काठमाडौँ, जेठ ४ गते । नेपाल विद्युत प्राधिकरणले आफू मातहत स्थापना भएका विभिन्न दश वटा कम्पनीको सञ्चालक तोकेको छ । जलविद्युत आयोजना निर्माण तथा विद्युत व्यापार गर्न स्थापना भएका ती कम्पनीमा सञ्चालक ताकिएको हो । प्राधिकरणले आठ वटा जलविद्युत् आयोजनाका लागि छुट्टा– छुट्टै सञ्चालक तोकेको छ भने प्राधिकरणकै मातहत रहने गरी स्थापना भएको जलविद्युत कम्पनी, […]


बढ्यो औद्योगिक उत्पादन; फागुनभन्दा चैतमा महँगी

विश्वास रेग्मी / काठमाडौँ, जेठ ३ गते । विद्युत् आपूर्तिमा आएको सुधारले उद्योग क्षेत्रलाई साथ दिएको छ । विद्युत् आपूर्तिसँगै इन्धन तथा कच्चा पदार्थकोसमेत सहज आपूर्तिका कारण औद्योगिक उत्पादनमा सुधार आएको राष्ट्र बैङ्कले जनाएको छ । बैङ्कले मङ्गलबार सार्वजनिक गरेको नौ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालू आर्थिक वर्षमा औद्योगिक उत्पादन १०.९ […]


तेस्रोलिङ्गीमाथि हुने विभेदकारी व्यवहार अन्त्य गर्नुपर्ने

काठमाडौँ, जेठ ३ गते । समाजमा समलिङ्गी, द्विलिङ्गी र तेस्रोलिङ्गीमाथि हुने सबै प्रकारका विभेदकारी व्यवहार अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । समलिङ्गी, द्विलिङ्गी र तेस्रोलिङ्गी घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घ र नीलहिरा समाजद्वारा यहाँ आज आयोजित कार्यक्रममा अधिकारकर्मीहरुले समलिङ्गी वा तेस्रोलिङ्गी भएकै कारण आफूहरू आफ्नो परिवारबाटै अपहेलित हुनुपरेको गुनासो गर्नुभयो । सो अवसरमा महिला, […]


अग्निपीडितलाई तेह्रथुम–युके समाजद्वारा रु १५ लाख

तेह्रथुम, जेठ ३ गते । तेह्रथुम–युके समाजले आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारका अग्निपीडितलाई रु १५ लाख राहत वितरण गरेको छ । समाजले तेह्रथुममा जन्मिएर हाल बेलायत ९युके० मा कार्यरतबाट सङ्कलन गरेको राहत रु १५ लाख ४८ अग्निपीडित परिवारलाई वितरण गरेको हो । आगलागीबाट घर पसल जलेकालाई प्रतिपरिवार रु ६० हजार, घरमात्र जलेकालाई प्रतिपरिवार रु ५० हजार, […]


‘गौतम बुद्धको दर्शन नेपाल श्रीलङ्काबीच सम्बन्धका आधार’

कोलोम्बो (श्रीलङ्कका), जेठ २ गते । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग श्रीलङ्काका पूर्वराष्ट्रपति चन्द्रिका बन्दरानायके कुमारतुङ्गाले कोलम्बोस्थित होटल हिलटनमा आज शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले सगरमाथाको देश नेपाल र ‘पूर्वको मोती’ श्रीलङ्काबीच शताब्दीऔँंदेखि सुमधुर सम्बन्ध रहेको बताउँदै आफ्नो भ्रमणले दुई देशबीचको मित्रता अझै प्रगाढ भई उचाइमा पुग्ने विश्वास व्यक्त […]


स्वास्थ्य कार्ड लिएका बिरामीलाई २० प्रतिशत छुट

रत्ननगर , जेठ २ गते । चितवनको भरतपुरमा स्थापना भएको मनकामना अस्पतालले स्वास्थ्य कार्ड लिएका बिरामीलाई २० प्रतिशत छुटमा उपचार गर्ने भएको छ । नयाँ व्यवस्थापनसँगै सुविधायुक्त अस्पतालका रुपमा विकास गरिएको उक्त अस्पतालले पहिलो वार्षिकोत्सवका अवसरमा यस्तो घोषणा गरेको हो । आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै अस्पतालका अध्यक्ष प्रा डा अर्जुन श्रेष्ठले न्यून आय भएका […]


आंशिक प्राध्यायकद्वारा मासिक ज्यालादारीमा नियुक्त गर्न माग

काठमाडौँ, जेठ २ गते । त्रिभुवन विश्वविद्यालयमा कार्यरत नेपाल आंशिक प्राध्यापक सङ्घले सङ्घ आबद्ध प्राध्यापकलाई मासिक ज्यालादारीमा नियुक्त गर्न माग गरेको छ । यहाँ आज पत्रकार सम्मेलन गर्दै उनीहरुले दैनिक ज्यालादारीमा काम गर्दा आफूहरु लाई जीवनयापनमा समस्या भएको जनाएका छन् । सङ्घका अध्यक्ष शशिकुमार शर्माले स्थायी र करार कर्मचारी जत्तिकै आफूहरुले पढाए पनि तलबमा विभेद […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter