
लमजुङ, चैत २७ गते । अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ । टिम्स चेक पोस्ट बेँसीसहरको तथ्याङ्कअनुसार मार्च महिनामा मात्रै दुई हजारभन्दा बढी विदेशी अन्नपूर्ण पदमार्गमा आएका छन् । टिम्सकी कर्मचारी मीना गुरुङले मार्च महिनामा दुई हजार ५९६ विदेशी पर्यटक लमजुङ आएको बताउनुभयो । अप्रिल लागेसँगै दैनिक १०० भन्दा बढी विदेशी पर्यटक […]

प्रकाश सिलवाल / काठमाडौँ, २६ चैत । नयाँ शैक्षिक सत्रका लागि निजी विद्यालयले आफूखुसी शुल्क वृद्धि गरेपछि शिक्षा मन्त्रालयले अनुगमन सुरु गर्ने भएको छ । संस्थागत विद्यालय सञ्चालन तथा व्यवस्थापन निर्देशिका र शुल्क निर्धारणसम्बन्धी निर्देशिकाको अधिनमा रही विद्यालय भर्ना गर्न र शुल्क लिन मन्त्रालयमातहतका निकायले पटक÷पटक ध्यानाकर्षण गराउँदा पनि अटेरी गरेको पाइएकाले अनुगमनको तयारी भएको […]

कञ्चनपुर, २६ चैत । कञ्चनपुर दैजी– ८ चम्फापुरका दलित समुदायले बाँसका सामग्री बनाउने पेसाबाट परिवारको खर्च जुटाउँदै आएका छन् । बाँसका चोयाबाट भकारी, डोको, नाङ्लो र टोकरीलगायतका समग्री बनाएर यहाँका दलित समुदायले सहजरुपमा परिवारको खर्च चलाउँदै आएका छन् । गाँउ नजिकैको जयशङ्कर सामुदायिक वनबाट बाँस खरिद गरी उनीहरुले बाँसका सामग्री बनाउँदै आएका हुन् । ती […]

काठमाडौँ, चैत २६ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित जोखिमयुक्त बस्तीलाई स्थानान्तरण तथा पुनःस्थापना गर्न नयाँ कार्यविधि लागू गरेको छ । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण तथा पुनःस्थापनासम्बन्धी ऐन, २०७२ को दफा ३१ ले दिएको अधिकार प्रयोग गरी प्राधिकरणले जोखिमयुक्त बस्ती स्थानान्तरण तथा पुनःस्थापनासम्बन्धी कार्यविधि शुक्रबारदेखि लागू गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. […]

काठमाडौँ, २६ चैत । नेपालको जेठो अस्पतालको रुपमा रहेको नेपाल आँखा अस्पतालले ४३ औँ वार्षिकोत्सव मनाएको छ । देशमा अन्धोपनको निवारणका लागि केही समाजसेवीले सो अस्पताल स्थापना गर्नु भएको हो । अस्पतालद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले जनस्तरबाट सञ्चालित यो अस्पतालले गरिब, विपन्न, वृद्ववृद्वा, दिनदुःखी र असहाय वर्गको आँखाको उपचार गरी प्रशसंनीय काम गरेको […]

चितवन, २६ चैत । लगातार तेस्रो वर्ष शून्य चोरी सिकार वर्ष मनाउने तयारी गरिरहँदा चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारीबाट मारिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार आज बिहान खाग नभएको अवस्थामा एउटा भाले गैँडा मृत फेला परेको हो । चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र […]

विराटनगर, २५ चैत । उपप्रधानमन्त्री विमलेन्द्र निधिले देश विरोधी, विखण्डनकारी र अपराधीका सामु कडाइका साथ पेस हुन सुरक्षा निकायलाई निर्देश गरिएको बताउनुभएको छ । पूर्वाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको समापनपछि यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले भन्नुभयो, “राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी सचेत एवम् सक्षम भएकाले आआफ्ना जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नेछन् ।” उपप्रधानमन्त्री निधिले सरकार र […]

काठमाडौँ, २५ चैत । हुलाक सेवा विभागले विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा पु¥याउने भएको छ । “विदेशबाट नेपालीले पठाएको जति पनि रकम हुन्छ, हुलाकमार्फत त्यसलाई उनीहरूको घरघरमा वा आफन्तसम्म पु¥याइन्छ,” हुलाक विभागद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा विभागका महानिर्देशक सुरेश अधिकारीले भन्नुभयो – “हुलाकीमार्फत घरघरमा पैसा पु¥याउनका लागि जतिसक्दो चाँडो कार्यविधि बनाउने तयारी भइरहेको छ ।” […]

चितवन, २५ चैत । नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्न जोखिम र असहज भएपछि हवाईमार्ग भएर जिल्ला भित्रिने पर्यटकलाई यहाँका होटल सञ्चालकले २५ प्रतिशत छुटको व्यवस्था गरेका छन् । जिल्लामा भित्रिने पर्यटक घटेको भन्दै होटल सञ्चालकले सो छुटको व्यवस्था गरेको हो । यहाँ अधिकांश पर्यटक काठमाडौँबाट आउने गर्छन् । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमै भएकाले विदेशी पर्यटकको पहिलो गन्तव्य […]

काठमाडौँ, चैत २५ गते । ‘उदासीनता रोग : खुलेर कुरा गरौँ” भन्ने मूल नारासाथ शुक्रबार विश्व स्वास्थ्य दिवस मनाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मानसिक रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रमसाथ विश्व स्वास्थ्य दिवस मनाउन लागिएको जानकारी दिएको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले यो […]