
चितवन, चैत २९ गते । नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाको सहकार्यमा यो अभियान सुरु गरिएको हो । नेपालीहरुको आतिथ्यताको शैली र संस्कारलाई व्यवहारमा उतार्दै र बाह्य देशमा फैलाउँदै पर्यटक […]

लमजुङ, चैत २९ गते । रोजगारीका लागि कतार पुगेका प्रवासीहरुले लमजुङको एक विद्यालयमा २० थान कम्प्युटर प्रदान गरेका छन् । राइनास घर भई हाल कतारमा धमिलीकुवा कतार समूह सञ्चालन गर्दै आएका नेपालीले शैलपुत्री माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर उपलब्ध गराएका हुन् । छब्बीस जनाको समूहले दुईलाख ९० हजार रुपैयाँ रकम सङ्कलन गरी कम्प्युटर उपलब्ध गराएको […]

म्याग्दी, चैत २९ गते । म्याग्दीको नारच्याङदेखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पदमार्गमा जोडिएको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने आधार शिविरसम्म जोड्ने पदमार्गको स्तर वृद्धि गर्न लागिएको छ । पर्यटन विभागको रु ४० लाख अनुदानमा गत वर्ष नारच्याङ गाउँदेखि छेलुङ हुँदै निलगिरि खोलाको किनारै किनार भएर आधार शिविर पुग्ने […]

काठमाडौं, २८ चैत । लामो समयपछि सरकारले नेपाल प्रहरीको आइजीपीमा प्रकाश अर्याललाई नियुक्त गरेको छ । सोमबार (आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरीको आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि बसेको मन्त्रिपरिषद्को पहिलो मन्त्रिपरिषद्को बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश गर्न कमिटी गठन गरेको छ । कमिटीमा गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव […]

काठमाडौं, २८ चैत । सोमबार (आज) बसेको मन्त्रीपरिषद् बैठकले पूरानो संविधान संशोधन फिर्ता लिने र नयाँ संशोधन संसदमा दर्ता गर्ने निर्णय गरेको छ । सरकारले भोली नयाँ संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ । सरकारले भाषा, नागरिकता र राष्ट्रिय सभा सम्वन्धी पुरानै प्रस्ताव अघि बढाइएको छ । राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट स्थानीय तहका प्रमुख र […]

सोलुखुम्बु, चैत २८ गते । सगरमाथा, ल्होत्से र न्युह्त्से हिमाल आरोहणका लागि २० समूह (टोली) आरोही सगरमाथाको आधार शिविरमा पुगेका छन् । तीनवटै हिमालको एउटै आधार शिविर रहेको सगरमाथा आधार शिविरमा आइतबारसम्म पुगेका २० समूहमध्ये १६ समूहले सगरमाथा, दुई समूहले ल्होत्से र दुई समूहले न्युह्त्से हिमालको आरोहण गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का कार्यक्रम अधिकृत […]

डडेल्धुरा, २८ चैत । डडेल्धुरा जिल्लामा मौरीपालन किसानले मनग्गे आम्दानी गर्न थालेका छन् । दुई वर्षको अवधिमा सात हजारको सङ्ख्यामा घार बिक्री गरिसकेको र खाली घारको दुई हजार ८०० देखि तीन हजारसम्ममा बिक्री गर्ने गरेको आलिताल मौरीघारका प्रोप्राइटर मनी गिरीले घार व्यवसायबाटै पर्याप्त आम्दानी भएकोे बताउनुभयो । घार व्यवसायबाट नै मासिक रु दुईदेखि तीन लाखसम्म […]

धनगढी, २८ चैत । आगामी निर्वाचनको तयारीको क्रममा निर्वाचन आयोगले आज यहाँ निर्वाचन सञ्चालन तथा व्यवस्थापन विषयक क्षेत्रीय प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ । आयोगका आयुक्त ईला शर्माले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै आगामी चुनावमा आम नागरिकलाई निष्पक्षताको आभाष हुने गरी कार्य सम्पादन गर्न सहभागीलाई निर्देशन दिनुभयो । उहाँले विगतका निर्वाचनभन्दा केही फरक ढङ्गको र नयाँ […]

नारायण न्यौपाने / काठमाडौँ, २७ चैत । लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको आगामी वैशाख ३१ गते हुने निर्वाचनलाई महाअभियान र उत्सवकै रुपमा हेरिएको छ । स्थानीय तहका रुपमा रहेका चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकामा एकै चरणमा निर्वाचन हुँदैछ । सो निर्वाचनमा एक करोड ४० लाख ५४ […]

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले एनसेललाई कुनै पनि हालतमा कर छुट नदिने र राज्यलाई तिर्नुपर्ने करका विषयमा सम्झौता नहुने दृढता व्यक्त गर्नुभएको छ । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिको आजको बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “एनसेलले राज्यलाई तिर्नुपर्ने कर तिर्नु पर्दछ । कुनै पनि सर्तमा छुट दिइँदैन, दिने भन्ने पनि हुँदैन । तर विगतमा कर नतिराई […]