समाचार

विश्व शान्ति र मित्रताको कामना गर्दै सगरमाथामा

काठमाडौँ, ५ वैशाख । विश्व शान्ति र मित्रताका लागि सात जनाको नेपाली टोलीले सगरमाथा आरोहण गर्ने भएको छ । विश्व शान्ति मितेरी मञ्चको आयोजनामा आज यहाँ आयोजित झन्डा हस्तान्तरण कार्यक्रममा फुर्वाथिन्ले शेर्पाको नेतृत्वमा सगरमाथा जान लागेको जानकारी दिइएको हो । आरोहण टोलीलाई नेपाल तथा संयुक्त राष्ट्र सङ्घसँग आबद्ध देशको झन्डा हस्तान्तरण गर्दै संस्कृति, पर्यटन तथा […]


राष्ट्रपति नयाँदिल्लीमा; राष्ट्र्पति फर्किंदा वैशाख ८ गते बिदा नहुने

भरत केसी / नयाँदिल्ली, ४ वैशाख । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको छ । राष्ट्रपति भण्डारीलाई सो विमानस्थलमा भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गर्नुभएको छ । त्यसअघि विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार […]


सौराहामा ‘पर्यटन गुरुयोजना’

चितवन, ४ वैशाख । नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा पर्यटन व्यवसाय सुरु भएको तीन दशकपछि बल्ल ‘पर्यटन गुरुयोजना’ निर्माण गर्न थालिएको छ । क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालले गुरुयोजनाका लागि बजेट विनियोजन भएकाले आवश्यक प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न क्षेत्रबाट गुरुयोजनाका लागि करिब रु १८ लाख रकम आएकाले जिल्लाकै […]


नयाँ वर्षमा पर्यटकै पर्यटक

लुम्बिनी, वैशाख ४ गते । नयाँ वर्ष २०७४ को अवसरमा वैशाखको पहिलो तीन दिनमा विश्व शान्तिको मुहान लुम्बिनीमा झन्डै तीन लाख पर्यटकले अवलोकन गरेका छन् । विश्व प्रसिद्ध लुम्बिनीको अवलोकन, भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटक गरी झन्डै तीन लाख लुम्बिनी आएको लुम्बिनी विकास कोषले जनाएको छ । नयाँ वर्षको अवसरमा लुम्बिनी घुम्न आएको यो […]


सामाजिक उत्तरदायित्व कोष परिचालन गर्न कार्यविधि

काठमाडाँै, वैशाख ४ गते। उद्योग मन्त्रालयले औद्योगिक व्यवसाय ऐन २०७३ मा गरिएको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न कार्यविधि बनाउने भएको छ । ऐनको सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्थाको कार्यान्वयनका सम्बन्धमा उद्योग मन्त्रालयले सरोकार भएका निकायका प्रतिनिधिसँग आज गरेको छलफलपछि कार्यविधि बनाइने जनाएको हो । कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले सामाजिक उत्तरदायित्वअन्तर्गत सङ्कलित रकम विपन्न वर्गका बालबालिकाको स्वास्थ्य, […]


राष्ट्रपति भण्डारीको राजकीय भारत भ्रमणका अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौँ, ३ वैशाख । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमण स्वीकृत गर्नुका साथै सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतका अनुसार राष्ट्रपति […]


गौतमबुद्धको जन्मस्थल लुम्बिनी माग्नेको अखडा बन्दै

रुपन्देही, वैशाख ३ गते । विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि भारतीय माग्नेहरूको अखडा बन्दै गएको छ । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बर्सेनि लाखौँ पर्यटक भ्रमणका लागि आउने गर्छन् । स्वदेशी विदेशी प्यागोडा शैलीमा बनेका स्तूपाहरु लुम्बिनीको मुख्य आकर्षण हुन् भने बुद्धको जन्मस्थल मायादेवी मन्दिर भने लुम्बिनीको विशेष आकर्षणका रूपमा रहेको छ […]


पर्यटकीय ‘टोड्के’मा पूर्वाधार अभाव

म्याग्दी, वैशाख ३ गते । म्याग्दीको सम्भावनायुक्त पर्यटकीयस्थल टोड्के पूर्वाधार र प्रचारप्रसारको अभावले पछाडि परेको छ । गत वर्ष सरकारले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको सिफारिसमा प्रचुर पर्यटकीय सम्भावना बोकेको टोड्केलाई पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरेको थियो । तर आवश्यक पूर्वाधार अभाव र प्रचारप्रसारमा भएको कमीले यथेष्ट मात्रामा पर्यटक भित्रन सकेका छैनन् । प्राकृतिक […]


‘नेपाली युवाले विश्व परिवर्तन गर्न सक्छन्’

काठमाडौँ, वैशाख ३ गते । महिला विकास तथा महिला सशक्तीकरणका लागि कार्यशाला गोष्ठी आयोजना गरिएको छ । अमेरिका तथा नेपालमा काम गर्दै आएको ‘सशक्तीकरण कार्य’ संस्थाको आयोजनामा कार्यशाला गोष्ठीको यहाँ उद्घाटन गर्दै राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष एवम् अनुसन्धानकर्ता डा महावीर पुनले विकासका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । “मुलुक समृद्ध बनाउनका लागि सामाजिक काम […]


एफएनसिसिआईको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले मारे बाजी, अब यस्तो हुनेछ महासंघको नयाँ स्वरुप

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन्। उनले प्रतिश्पर्धी किशोर प्रधानलाई पछि पारेका हुन्। वरिष्ठ उपाध्यक्षमा विजयी शेखर तीन वर्षपछि महासंघको स्वत अध्यक्ष हुनेछन्। गोल्छा समूहका शेखरले किशोरलाई ठूलो मार्जिनसहित जितेका छन्। प्यानलसहित निर्वाचनमा होमिएका गोल्छाले वरिष्ठ उपाध्यक्षमा ६३ दशमलव ३० प्रतिशत मत प्राप्त गर्दै जित हात पारेका हुन्। […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter