समाचार

‘जनकपुर क्षेत्रका पर्यटकीय सम्पदा विश्व सम्पदा सूचीको प्रतीक्षामा’

हिमांशु चौधरी / जनकपुरधाम, २४ चैत । जनकपुरघामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न क्षेत्र निर्धारण, दायित्व र एकीकृत व्यवस्थापन संरचनाको स्पष्टताको खाँचो महसूस गरिएको छ । यस क्षेत्रमा अद्वितीय साँस्कृतिक परम्परा जीवन्त रुपमा विद्यमान रहेकाले विश्व सम्पदामा सूचीकूत गराउन प्रक्रियागत रुपमा क्षेत्रको कानूनी जिम्मेवारी र सरोकारवालाको दायित्व बारे स्पष्टताको खाँचो देखिएको हो । राज्यले नेपालका […]


सरकारबाट ठोस निर्णय नआए अप्ठेरो हुन्छ – प्रमुख आयुक्त यादव

काठमाडौँ, २४ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका सम्बन्धमा मधेसमा उठ्दै आएको समस्याबारे यथाशक्य छिटो ठोस निर्णयमा पुग्न सरकारलाई सुझाव दिनुभएको छ । निर्वाचन आयोगद्वारा आज ललितपुरको गोदावारीमा आयोजित निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाले भन्नुभयो – “आज बेलुकासम्म नेपाल सरकारबाट ठोस निर्णय आउन सकेन भने हामीलाई […]


आप्रवासी नेपाली घरेलु कामदारको सम्मेलन सुरु

काठमाडौँ, २४ चैत । पौरखी नेपालको आयोजनामा ‘आप्रवासी नेपाली घरेलु कामदार’को राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । दुईदिनसम्म चल्ने सम्मेलनको श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले आज यहाँ उद्घाटन गर्नुभयो । सम्मेलनले वैदेशिक रोजगारीमा जाने घरेलु कामदार वर्तमान अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका सम्बन्धमा विस्तृत छलफल गरी प्राप्त सुझाव र निष्कर्ष सरकारलाई बुझाउने आयोजकले […]


सचेत हुनुहोस् : गर्मी महिनामा धेरै आगालागी हुनसक्छ

अच्युत रेग्मी / काठमाडौँ, २३ चैत । कृपया जथाभावी आगो फुकेर नहिँडनुहोस्, यो गर्मी मौसममा सबैतिर सुक्काहुने र हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुन सक्छ । वन विभागले जनाएअनुसार मानिसको हेलचक्रयाइँले गर्दा वनमा धेरै डडेलो लाग्ने गरेको छ । मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा होस् या सडक बढारेको […]


नारायणगढ–मुग्लिन सडकमा जोखिम क्षेत्रको पहिचान गरिने

चितवन, २३ चैत । सडक चौडा पार्ने क्रममा रहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा जोखिम क्षेत्र पहिचान गरिने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक नारायण भट्टले विज्ञ तथा इन्जिनियरको सहभागितामा जाँच गरेर उक्त सडकखण्डमा जोखिम क्षेत्रको पहिचान गर्ने जानकारी दिनुभयो । उहाँले विज्ञ इन्जिनियर र भूगोलविद्को सहभागितामा जोखिम क्षेत्र पहिचान […]


सहकारीलाई अङ्कुश लगाउने गरी ऐन निर्माण हुँदैन : मन्त्री थानी

चितवन, २३ चैत । सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारीलाई अङ्कुश लगाउने गरी ऐन निर्माण नहुने बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डले आजदेखि सौराहामा सुरु गरेको ‘सहकारी क्षेत्रको २० वर्षे दीर्घकालीन रणनीतिक योजना तर्जुमा’ बिषयक दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री थानीले मन्त्रालयले अहिले सहकारी ऐन […]


निर्वाचनमा सबैले भाग लिनुपर्छ : मन्त्री हेन्डरिक्स

काठमाडौँ, २३ चैत । सङ्घीय गणतन्त्र जर्मनीका वातावरण, प्रकृति संरक्षण, निर्माण तथा आणविक सुरक्षामन्त्री डा बारबरा हेन्डरिक्सले स्थानीय तहको निर्वाचनमा सबै नेपालीले भाग लिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल र सङ्घीय गणतन्त्र जर्मनीबीचको लामो समयदेखिको पारस्परिक मैत्रीपूर्ण सम्बन्ध तथा सहयोगलाई अझ सुदृढ तुल्याउने उद्देश्यले नेपालको चारदिने भ्रमण पूरा गरी भुटान प्रस्थान गर्नुुअघि केही सञ्चारकर्मीसँग आज […]


विदेशी जेलमा रहेका नेपाली कामदारलाई निःशुल्क कानुनी सहायता

किरण भट्टराई / काठमाडौँ, २२ चैत । वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा जेल जीवन बिताइरहेका नेपाली नागरिकलाई सरकारले निःशुल्क कानुनी सहायता प्रदान गर्ने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जेल परेका व्यक्तिहरुलाई निःशुल्क कानुनी सहायता प्रदान गर्ने निर्णय गर्दै त्यसका लागि प्रारम्भिक चरणमा छ देशमा रहेका नेपालस्थित दूतावासमा रु ५५ लाख पठाएको छ । […]


आरोही धमाधम गन्तव्यतर्फ

काठमाडौँ, २२ चैत । वसन्त ऋतुको आगमनसँगै सगरमाथालगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही यतिखेर धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । हिमालचुली आरोहणका लागि आजसम्म ३० वटा आरोहण समूह विभिन्न मितिमा त्यसतर्फ गएको पर्यटन विभागले जनाएको छ । विभागबाट आरोहण अनुमति लिएर एकसाताअघिदेखि विभिन्न समूह आरोहणमा गएको र अझै आरोही आउने क्रम जारी रहेको विभागका […]


प्राविधिक नहुँदा मेसिन थन्कियो

काठमाडौँ, २२ चैत । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयस्थित रु दुई करोड मूल्य बराबरको ‘माइक्रोफिल्म मेसिन’ प्राविधिकको अभावमा थन्किएको छ । पुस्तकालयका पुराना पुस्तक, हस्तलिखित ग्रन्थ, समाचारपत्रलाई रिलमार्फत खिचेर सुरक्षित राख्नका लागि जापान सरकारबाट प्राप्त माइक्रोफिल्म प्राविधिक नहुँदा थन्किएको हो । पुस्तकालयका सह–पुस्तकालय अध्यक्ष पूर्णलाल श्रेष्ठले माइक्रोफिल्म चलाउन जान्ने प्राविधिक नहुँदा छ वर्षदेखि त्यत्तिकै थन्किएको बताउनुभयो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter