समाचार

आइसिसी : नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ, २२ फागुन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । यही फागुन २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलका लागि पारस खड्काको कप्तानीमा अन्तिम खेलाडी छनोट भएको हो । यसअघि भारत भ्रमणमा भने १९ खेलाडी समावेश थिए । उपकप्तानको जिम्मेवारी […]


दलले रोजगारी बढाउन आर्थिक एजेन्डा बनाउन्ः मुरारका

हेटौँडा, २१ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले प्रमुख दलहरुले आफ्नो व्यवहार र भूमिकालाई आत्मसमीक्षा गरेर स्वदेशमा स्थापित उद्योगमा आन्दोलन, बन्द र हडताल गर्ने क्रमलाई रोकेर स्वदेशमा बढी रोजगारी उपलब्ध गराउनेतर्फ आर्थिक एजेन्डा बनाउनुपर्ने बताउनुभएको छ । उहाँले मकवानपुर उद्योग वाणिज्य सङ्घको स्वर्ण महोत्सव तथा ५०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै राष्ट्रमा […]


रसुवागढी नाकाको बिजोग : वारि त्रिपालमा, पारि महलमा

किरण भट्टराई / रसुवा, २१ फागुन । रसुवागढी–केरुङ नाकाको मितेरीपुलबाट पारितर्फ चीनको विशाल अध्यागमन कार्यालयको रौनकता र वारितर्फ नेपालमा टिनको छानोमा नेपाल प्रहरी र त्रिपालमा रहेको सशस्त्र प्रहरी बलको कार्यालयले नेपालको अस्तव्यस्तताको प्रतिबिम्ब झल्कन्छ । गत वर्ष वैशाख १२ मा गएको भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनतर्फको एक मात्रै अन्तर्राष्ट्रिय नाका रसुवागढीको अहिलेको बेहाल […]


वाग्मती सफाइ महाअभियानको २०० औँ हप्तामा नेपाल सफाइ सम्मेलन;  उपत्यकाका प्रमुख नदीबाट ३२ मेट्रिक टन फोहर व्यवस्थापन

  काठमाडौँ, २१ फागुन । वाग्मती सफाइ महाअभियानको २०० औँ हप्ताको पूर्वसन्ध्यामा नेपाल सफाइ सम्मेलन आयोजना गरिने भएको छ । विसं २०७० जेठ ४ गते शनिबारदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान फागुन २८ गते शनिबार २०० औँ हप्तामा प्रवेश गर्दैछ । यस अवसरमा पशुपति क्षेत्र विकास कोषको आयोजना र सहरी विकास एवम् सङ्घीय मामिला तथा […]


छैटौँ तहका ‘पुल’ दरबन्दी सिर्जना गरिने : स्वास्थ्य मन्त्रालय; स्वास्थ्य संस्थाको गुणस्तर प्रमाणीकरण गर्न परिषद् गठन हुने

काठमाडौँ, २० फागुन । स्वास्थ्य मन्त्रालयले छैटौँँ तहका ‘पुल’ दरबन्दी यथाशीघ्र सिर्जना गरी निजामती किताबखानामा दर्ता गराउने स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को यही फागुन ११ गतेको बैठकले सो निर्णय गरेको थियो । विगत केही समयदेखि मन्त्रालयअन्तर्गत कार्यरत स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ को विशेष पद पदस्थापना विषयमा जारी आन्दोलनको सन्दर्भमा मन्त्रालयले आज […]


दश अर्ब डलर ऋण स्वीकृत; उचित आयोजना प्रस्ताव प्राप्त भए सरकारी प्रत्याभूति बिना नै लगानी गछौँ : अध्यक्ष जिन

काठमाडौँ, २० फागुन । विश्व बैंकले वित्तीय क्षेत्र सुधार तथा बैकिङ क्षेत्रका जोखिम घटाउन नेपाल सरकारलाई दश अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । नेपाल सरकारको मध्यकालीन वित्तीय क्षेत्र सुधारका लागि उक्त रकम ऋणस्वरुप प्रदान गर्न बैंकले आज स्वीकृति जनाएको हो । ‘तेस्रो वित्तीय क्षेत्र स्थायित्व कर्जा’ शीर्षकमा नेपाललाई प्रदान गरिने उक्त रकम […]


घडियाल गोहीको सङ्ख्या बढाउन एक हजार दुई सय गोही नदीमा छोडियो

चितवन, २० फागुन । सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको सङ्ख्या बढाउनका लागि एक हजार २२६ वटा गोही विभिन्न नदीमा छाडिएको छ । नदी छेउमा सङ्कलन गरिएको अन्डा चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरामा रहेको गोही प्रजनन केन्द्रमामा ल्याई बच्चा कोरलेर हुर्काएपछि नदीमा छाडिँदै आएको छ । सन् १९७८ मा स्थापना गरिएको सो प्रजनन केन्द्रमा गोहीका बच्चा हुर्काएर […]


फेसबुकको माध्यमबाट ठगी गर्ने दुई पक्राउ

चितवन, १९ फागुन । पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर यसको दुरुपयोगका कारण धेरै नागरिक ठगिदै पनि आएका छन् । कतिपय यसबाट नराम्रो गरी पीडित समेत बनेका छन् । फेसबुककै कारण चितवनको सौराहाकी एक महिला ठगिएकी छन् । रत्ननगर नगरपालिका–१८ सौराहाकी विमला न्यौपानेले विगत आठ महिनाको अन्तरालमा […]


कृषि पकेट क्षेत्र बनाउन एक हजार ६०० किसान इच्छुक

चितवन, १९ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चितवनमा कृषि पकेट क्षेत्र निर्माणका लागि एक हजार ६०० किसानले आवेदन दिएका छन् । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार उक्त कार्यक्रमका लागि एक हजार ६०० र कृषि ब्लकका लागि ५०० भन्दा बढी किसानको आवेदन परेको हो । जिल्ला कृषि कार्यालयका प्रमुख सुधीर श्रेष्ठले आएका आवेदनको छानबिन […]


दक्षिण एसियाका सांसदहरूको बैठक सुरु

काठमाडौँ, १९ फागुन । दक्षिण एसियाका बालबालिकाको समग्र अवस्था र अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको दक्षिण एसियाली मुलुकका सांसदहरुको बैठक आजदेखि यहाँ सुरु भएको छ । युनिसेफको दक्षिण एसिया कार्यालय, नेपाल कार्यालयको आयोजना र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको सहकार्यमा सुरु गरिएको बैठकमा नेपाल, भारत र बङ्गलादेशलगायत विभिन्न देशका बालबालिकासँग सरोकार राख्ने […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter