समाचार

चेपाङको अवस्थाबारे प्रवासी नेपालीद्वारा अनुगमन

नारायण ढुंगाना / चितवन, २५ फागुन । सिद्धि छेरवाङका सूर्यचन्द्र चेपाङ धुलोमैलो देखिन्छन् । पढेका छैनन् । बर्सेनि अन्नको अभाव झेल्छन् । चेतनाको अभावका कारण उनी स्वास्थ्य, शिक्षा र सरसफाइबारे अनभिज्ञ छन् । उनका छोराछोरीको अनुहार सिङ्गानले लत्पतिएको छ । मुखाभरि घाउ छन् । “के गर्ने सर, अन्न त दुई–तीन डोका मकै छ, त्यो सकिएपछि […]


शाश्वत धामः सबैको गन्तव्य; शाश्वत धामबाट सांस्कृतिक धार्मिक पर्यटनको विकास हुने राष्ट्रपतिको विश्वास

कावासोती, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँस्थित शाश्वत धामले सांस्कृतिक र धार्मिक पर्यटनको विकास गराउने विश्वास व्यक्त गर्नुभएको छ । नवलपरासीको दुम्कौलीमा चौधरी गु्रपले निर्माण गरेको शाश्वत धामको आज उद्घाटन गर्दै उहाँले दया, करुणा र सद्भावका साथ राष्ट्रको एकता कायम गर्दै सामाजिक रुपान्तरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आयुर्वेद र योगको ज्ञानको विकास भएको […]


‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस’; रोग लाग्न नदिन सम्पूर्ण शरीरको स्वास्थ्य जाँच गर्ने क्रम बढ्दो

काठमाडौँ, २४ फागुन । ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस’ भन्ने भनाइलाई आत्मसात् गर्दै आजभोलि मानिस आफ्नो स्वास्थ्यप्रति सचेत हुन थालेका छन् । त्यसैले रोग लाग्न नदिन र पहिले नै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकार हुन सम्पूर्ण शरीरको स्वास्थ्य जाँच (होलबढी चेकअप) गर्ने चलनको बढेको छ । चिकित्सकले होल बढी जाँच गर्नाले शरीरमा कुनै […]


अध्यारोमा रहेको मुलुकमा लोकतन्त्रको बत्ती बाल्ने काममा छौँ – प्रमुख निर्वाचन आयुक्त डा यादव

काठमाडौँ, २४ फागुन । निर्वाचन आयोगले आगामी स्थानीय निकायको निर्वाचनलाई केन्द्रित गरेर आजदेखि आचारसंहिताको पालनालगायतका विषयमा प्रशिक्षण सुरु गरेको छ । आगामी २०७४ वैशाख ३१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने स्थानीय तहको निर्वाचनका लागि तीन लाखभन्दा बढी जनशक्तिलाई तालिम प्रशिक्षण दिने जनाएको छ । निर्वाचनमा जनशक्ति तयार गर्ने प्रक्रियाको आरम्भसँगै निर्वाचनको महाअभियानमा […]


छयासी वर्षको उमेरमा सगरमाथा चढ्दै

काठमाडौँ, २३ फागुन । विश्व कीर्तिमान कायम राख्न ८६ वर्षीय मीनबहादुर शेरचन सगरमाथा चढ्न लाग्नुभएको छ । ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लाग्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०१५ मा सगरमाथा आरोहण गर्न लाग्नुभएको थियो, […]


मुसहरले गिरान्चौरवासीलाई बिदाई गर्दा भावुक बने

महोत्तरी, २३ फागुन । धुर्मस सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिवास–२ मा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीमा एकहप्ते श्रमदान गर्न सिन्धुपालचोकको मेलम्ची नगरपालिका–८ गिरन्चौर एकीकृत नमुना मुसहर बस्तीबाट आइपुगेकालाई बर्दिवासका मुसहरले बिदाई गर्दा भावुक भएका छन् । पहाडी जिल्लाबाट श्रमदान गर्न आइपुगेका उनीहरुलाई मुसहर बस्तीका स्थानीयवासीले मधेसको पहिचान ‘गम्छाको पगडि’ लागाएर बिदाई गरेका थिए । उनीहरुले […]


तरकारी खेतीबाटै रु १७ करोड आम्दानी तर सिँचाइको समस्या

गोरखा, २२ फागुन । गोरखाको घ्याल्चोक–५ ज्यामिरेघाटका किसान हरिप्रसाद रेग्मीले बारीमा बन्दा, काउली, फर्सी, काँक्रो लगायतका तरकारी खेती गर्दै आएको वर्षौैं भइसक्यो । तरकारी बेचेरै उहाँले घर खर्च मात्रै होइन बचत पनि गर्नुभएको छ । रेग्मीले भन्नुभयो, “पाँच रोपनी जग्गामा तरकारी लगाएको छु । तरकारी बेचेर वार्षिक डेढ लाख कमाउँछु ।” घ्याल्चोकस्थित खरखरेमा रहेको आफ्नो […]


राष्ट्रिय जागरणका लागि अभियान : अध्यक्ष ओली; एमालेको अभियानमा अवरोध नगर्न आयोगको आग्रह

मोरङ, २२ फागुन । संविधान र निर्वाचनका लागि नेकपा ९एमाले० को जारी मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज मोरङको विराटचोकमा जनसभा भएको छ । झापाको काँकडभिट्टाबाट शनिबार सुरु भएको अभियानका नेता कार्यकर्ता ¥यालीसहित विराटचोकमा जनसभा गरी सुनसरीको इटहरी तर्फ लागेका छन् । सभामा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले यो अभियान निर्वाचनको प्रचारका लागि नभई राष्ट्रिय जागरणका लागि […]


मेलम्चीको पानी चक्रपथ बाहिर पनि

काठमाडौँ २२ फागुन । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी चक्रपथभित्र तथा बाहिर पनि वितरण गर्ने जनाएको छ । सो लिमिटेडको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा महाप्रबन्धक डा महेशप्रसाद भट्टराईले सो जानकारी दिनुभएको हो । उहाँले ४० करोड लिटर पानीको माग रहेकोमा संस्थानको उत्पादन क्षमता औसत दैनिक ११.७ करोड लिटर मात्र रहेको बताउनुभयो । यो […]


भारतमा रहेका नेपाली व्यवसायी नेपालमा सय करोड लगानी गर्ने

काठमाडौँ, २२ फागुन । भारतमा रहेका नेपाली व्यवसायीले नेपालको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा रु १०० करोेड लगानी गर्ने भएका छन् । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा फेड्रेसन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजले त्यसको सुरुआत एक अर्ब रुपैयाँको लगानीमा बर्दिया राष्ट्रिय निकुञ्जमा सुविधासम्पन्न तारे रिर्सोट निर्माण गर्ने जानकारी दिएको छ । इन्डष्ट्रिजका अध्यक्ष युवराज […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter