
कमल खत्री / म्याग्दी, २७ फागुन । ताकम–३ रातमाटाकी ११ वर्षीया निरुता विक विद्यालय जान छाडेको पाँच महिना भयो । बाबा र आमा दुबै दृष्टिविहीन हुन् । घरपरिवारको आर्थिक अवस्था नाजुक छ र यसैकारण उनका दुई बहिनीले पनि पढ्न छाडेका छन् । दृष्टिविहीन दम्पती जलन र सुस्मिता विकका चार छोरीमध्ये तीन जना विद्यालय जाने उमेरका […]

काठमाडौँ, २७ फागुन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निधन भएका नेपाली नागरिक गोविन्द गौतमलाई सहिद घोषणा गरेको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा कञ्चनपुर र सप्तरी घटनाका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री निधिले सहिद घोषणाका साथै रु दस लाख राहतस्वरुप उपलब्ध गराउने, गौतमको अन्त्येष्टि सम्मानपूर्वक […]

काठमाडौँ, २७ फागुन । केही समय पहिलेसम्म हैजा, औलो, झाडापखालालगायतका सरुवा रोगको महामारी भएको नेपालमा अहिले भने नसर्ने रोगले जरा गाड्दै जान थालेको छ । खाना र जीवनशैलीमा आएको परिवर्तनले नसर्ने कडा रोग लाग्ने त्यसैका कारण मृत्यु हुने नेपालीको सङ्ख्यामा दिनदिनै वृद्धि हुँदै गएकाले ग्रामीण तहबाटै नसर्ने रोगको परीक्षण गर्ने तयारी सरकारले थालेको छ । […]

जुम्ला, २७ फागुन । एकसातादेखि मौसममा बदली भई चिसो बढ्दै जाँदा भएको भारी हिमपातले कर्णाली पुनः ढाँकिएको छ । हिमपातले सबैभन्दा यहाँका बालबालिका, महिला, वृद्ध, अशक्त अपाङ्गलाई बढी समस्या परेको छ । घरबाट बाहिर जानसक्ने सहज अवस्था छैन् । यसले स्थानीयवासीको दैनिक कामकाज ठप्प भएको छ । पानीपँधेरो, आवातजावत गर्न र मेलापातमा जान ठूलो समस्या […]

हेमन्त केसी / जाजरकोट, २६ फागुन । सदरमुकाम खलङ्गाबाट साल्मा–५ खारातर्फ गइरहेको ना ३ ख २२७९ नं को यात्रु बस आज पासागाड खोलामा दुर्घटनाग्रस्त हुँदा २५ जनाको मृत्यु भएको छ । भेरीमालिका नगरपालिका–४ पासागाडमाथि घुमाउरो सडकबाट करिब चार सय मि तल खसेर बस दुर्घटना भएको हो । दुर्घटनामा परी ४१ जना घाइते भएको प्रहरीले बताएको […]

काठमाडौँ, २६ फागुन । फागुपूर्णिमामा अर्काको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने र फोहर छ्याप्ने कार्यमा संलग्नलाई तत्कालै पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख छविलाल जोशीले फागुलाई लक्ष्य गरी राजधानीमा एक हजार सुरक्षाकर्मी परिचालन गरिएको र फागुको दिन एक सय […]

काठमाडौँ, २६ फागुन । यसै वर्षदेखि मिर्गौला रोगीको निःशुल्क डायलासिस गरेको सरकारले आगामी वर्ष वैशाख १ गतेदेखि प्रत्यारोपण सेवा पनि निःशुल्क गर्ने भएको छ । विश्व मिर्गौला दिवसका अवसरमा मानव अङ्ग प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य कर कोषको रकम स्वास्थ्य सेवामा खर्च गर्ने गरी सरकारबाट सञ्चालित […]

काठमाडौँ, २६ फागुन । कान्तिपुर सिटी कलेजको खेलकुद सप्ताह आज राजधानीमा सम्पन्न भएको छ । खेलकुदमा बिजयि खेलाडीहरुलाई आजै एक समारोहका बिच पुरस्कार वितरण गरिएको छ । फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, चेस, टेवल टेनिस लगायतका विविध खेलकुद गतिविधिहरु समेटर आयोजना गरिएको केसिसी खेलकुद सप्ताहको समापनको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथी ब्ल्ँब् का पूर्व उपाध्यक्ष कर्मा […]

काठमाडौँ, २५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला समानताका लागि महिलाको आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नु जरुरी भएको बताउनुभएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रलायले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको विशेष समारोहमा उहाँले समान रुपमा महिलाको विकासका लागि आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नुपर्ने जरुरी भएको बताउनुभएको हो । राष्ट्रपति […]

लमजुङ, २५ फागुन । जिल्लामा दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालन भएपछि होटलभन्दा यसतर्फ पर्यटक आकर्षित भएका छन् । पछिल्लो समय जिल्लामा आउने पर्यटक होटलभन्दा होमस्टे रोज्न थालेका हुन् । न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो । प्रायः होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि […]