समाचार

कप्तान खड्का सद्भावना दूतमा नियुक्त

काठमाडौँ, १८ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयम्सेवक नेपालको पहिलो सद्भावना दूतमा नियुक्त हुनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सिंहदरवारस्थित कार्यालयमा आज बसेको बैठकले भूकम्पपछि पुनःनिर्माणका लागि स्वयम्सेवक युवालाई सक्रिय बनाउन खड्कालाई सद्भावना दूतमा नियुक्त गरेको प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले विसं […]


महानिरीक्षकमा चन्दको पदबहाली रोक्ने अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौँ, १८ फागुन । नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न यसअघि सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई आजसमेत निरन्तरता दिने निर्णय गरेको छ । अधिवक्ता कपिलदेव ढकालले वरियता मिचेर प्रहरी महानिरीक्षक बनाउन लागिएको जिकिर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य चार जनाविरुद्ध गत माघ २८ गते र यही फागुन […]


‘क्रान्तिवीरको सपना’विमोचित

काठमाडौँ, १८ फागुन । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयन भए मात्र रामप्रसाद राईको सपना पूरा हुने बताउनुभएको छ । राईको १०८ औँ जन्मजयन्तीका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा ‘क्रान्तिवीरको सपना’ उपन्यास विमोचन गर्दै पूर्वसभामुख नेम्वाङले तीन तहको निर्वाचन गरे मात्र राईको क्रान्तिको सपना पूरा हुने बताउनुभयो […]


शारीरिक अपाङ्गतर्फ सुनिता नेपालीले तीन स्वर्ण

काठमाडौँ, १८ फागुन । गङ्गा उमाविकी सुनिता नेपालीले २२औँ विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक अपाङ्गतर्फ तीन स्वर्णपदक हात पारिन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको अन्तिम खेलमा सुनिताले छात्रातर्फ क्रचेज (बैशाखी) नलिएर १०० मिटर दौड, क्रचेज नलिएर २०० मिटर दौड र क्रचेज नलिएर सटपुटमा स्वर्णपदक हात पारेकी हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित […]


विकासको हकलाई पनि मानवअधिकारका रुपमा स्वीकारियोस् : डा.महत

काठमाडौँ, १७ फागुन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नागरिकका अरु अत्यावश्यकीय अधिकारजस्तै विकासको अधिकारलाई पनि मानवअधिकारका रुपमा सम्मान गरिनुपर्ने धारणा राख्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४ औँ सत्रलाई मङ्गलबार जेनेभामा सम्बोधन गर्दै मन्त्री डा महतले भन्नुभयो, “नेपालजस्तो विकासशील देशले नागरिकका अरु अधिकारजस्तै विकासको अधिकार पनि पाउनुपर्छ, जसमा प्रत्यक्ष वैदेशिक लगानी, पारवहन, यातायातको सञ्जाल, […]


पाल्पा दरबार पुनःनिर्माण सम्पन्न; विद्यालयलाई सरस्वतीको मूर्ति

पाल्पा, १७ फागुन । १० वर्षे द्वन्द्वकालीन समयमा ध्वस्त भएको पाल्पा तानसेनको ऐतिहासिक दरबार पुनःनिर्माण हालै सम्पन्न भएको छ । विसं १९८४ मा प्रताप शमशेरले निर्माण गरेको दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको थियो । तीन रोपनी दुई आना क्षेत्रफलमा बनेको तीनतले दरबारमा ४५ कोठा रहेका छन् । २०६२ साल […]


सिल्क रोडमा सहमति जनाउन चीनको आग्रह

काठमाडौँ, १७ फागुन । क्षेत्रीय समृद्धिका लागि अगाडि बढाइएको सिल्क रोड अभियानमा सहमति जनाउन नेपालसँग चीनले आग्रह गरेको छ । नेपाल–चीन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १४औँ वार्षिक साधारणसभामा चिनियाँ पक्षले आज क्षेत्रीय सञ्जाल (रिजनल कनेक्टेभिटी) तथा सिल्क रोडमा सहमतिका लागि प्रस्ताव गरेको हो । चीनले अगाडि बढाएको सिल्क रोड अभियानमा सय मुलुकले चासो व्यक्त […]


सुशील कोइराला क्यान्सर अस्पताल स्थापना गर्ने सरकारको निर्णय

काठमाडौँ, १७ फागुन । सरकारले स्थानीय निकायको पुनः संरचनासम्बन्धी आयोगको प्रतिवदेन अध्ययन गरी सुझाव दिन गठित समितिको म्याद तीन दिन थपेको छ । समितिले थपिएको अवधिमा पुनः संरचना आयोगको प्रतिवेदनलाई राजनीतिक सहमतिका साथ अध्ययन गरी पुनः संरचनाको समस्या हल गर्ने र प्राप्त गुनासालाई मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय भएको सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले […]


युद्धस्तरमा निर्वाचनको तयारी हुँदै : निर्वाचन आयोग

भीष्मराज ओझा / काठमाडौँ, १६ फागुन । झन्डै दुई दशकपछि आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी युद्धस्तरमा भइरहेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले दिनरात र बिदासमेत नभनी निर्वाचन सफलरुपमा सम्पन्न गर्न काम गरिरहेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो । आयोगस्थित आफ्नै कार्यकक्षमा आज कुरा गर्दै सचिव […]


भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने नेपालको अडान

काठमाडौँ, १६ फागुन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा बाँकी रहेका भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने नेपालको अडान दोहो¥याउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी हाल जेनेभामा रहनुभएका मन्त्री डा महतले आज शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटका क्रममा ती शरणार्थी आफ्नो देशमा नफर्कँदासम्म तथा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter