समाचार

उद्योग मन्त्रालय र एनआरएनए जापानबीच सम्झौता

काठमाडौँ, १३ फागुन । जापानलगायतका मुलुकमा नेपाली उत्पादनको प्रवद्र्धनका गर्न उद्योग मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच सम्झौता भएको छ । जापान भ्रमणमा रहनुभएका उद्योगमन्त्री नवीन्द्रराज जोशी र एनआरएनए जापानका अध्यक्ष सुदन थापाबीच नेपाली उत्पादनलाई प्रवद्र्धन र प्रचारप्रसारमा विशेष भूमिका निर्वाह गर्न लिखित सम्झौता भएको उद्योग मन्त्रालयले जनाएको छ । सम्झौतापछि मन्त्री जोशीले प्रवासमा रहेका […]


स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचार हुने; बाबुआमालाई आफ्नो आम्दानीको दश प्रतिशत छुट्याउनुपर्ने प्रावधान हुँदै

काठमाडौँ, १२ फागुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ । अति महत्वकाङ्क्षी योजनाका रुपमा मन्त्रालयले यसका लागि आगामी बजेटमा रकम नै विनियोजन गर्न लागेको मन्त्रालयले जनाएको छ । हाल स्वास्थ्य मन्त्रालयले क्यान्सर रोगीका लागि आर्थिक सहयोगस्वरुप रु एक लाख प्रदान […]


पाशुपत क्षेत्रमा जोगी बाबाको चहलपहल

काठमाडौँ, १२ फागुन । काठमाडौँको वनकाली तथा पाशुपत क्षेत्रमा अहिले जोगी बाबाको चहल पहल बढेको छ । प्रत्येक वर्ष शिवरात्रिमा मेला भर्न स्वदेशका विभिन्न स्थान तथा भारतका विभिन्न मठमन्दिरबाट जोगी बाबा दर्शनाथीको आउने क्रम जारी छ । शिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेमा पुण्य हुने जनविश्वास छ । कोषले यस वर्ष करिब चार हजार जोगी बाबा […]


निर्वाचन र संविधान संशोधन सरकारको मुख्य प्राथमिकता–गृहमन्त्री

काठमाडौँ, १२ फागुन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचन र संविधान संशोधन विशेष प्राथमिकताका साथ अगाडि बढेको बताउनुभएको छ । घरेलु तथा साना उद्योग विकास समितिले आज यहाँ आयोजना गरेको २८औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा उद्यमी पुरस्कार वितरण कार्यक्रम शुभारम्भ गर्दै उहाँले सबैलाई मिलाएर निर्वाचन गरिने बताउनुभयो । […]


मुआब्जाका लागि बूढीगण्डकी प्रभावितसँग लालपुर्जा मागियो

गोरखा, ११ फागुन । बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको छ । पहिलो चरणमा मुआब्जा वितरण गर्न लागिएको गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको हो । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गोरखामा खाता खोल्ने प्रयोजनका लागि उनीहरुबाट […]


‘नेपाल लगानी गन्तव्य बनेको सन्देश’

काठमाडौँ, ११ फागुन । बाह्य लगानीका लागि नेपाल आकर्षक गन्तव्यका रुपमा विकास भएको सन्देश अन्तर्राष्ट्रिय जगत्मा प्रवाह गर्न नेपाल पूर्वाधार सम्मेलन सफल भएको छ । सरकारको सहयोगमा नेपाल उद्योग परिसङ्घको आयोजनामा गत सोमबार यहाँ नेपाल पूर्वाधार शिखर सम्मेलन सम्पन्न भएको थियो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा परिसङ्घले सम्मेलन नेपालीमाझ विकास–निर्माणको बहस चलाउन र सम्मेलनका […]


द्रुत मार्गको काम ढिलो नगर्न सांसदको माग

काठमाडौँ, ११ फागुन । काठमाडौँ–निजगढ द्रुत मार्गको काम छिटो हुनुपर्नेमा सांसदले जोड दिनुभएको छ । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदले ‘फास्ट ट्रयाक’ को काम ‘स्लो’ नगर्न माग गर्नुभयो । द्रुत मार्गमा यस वर्ष छुट्याएको बजेट समेत अहिलेसम्म खर्च हुन नसकेको भन्दै सांसदले नामअनुरुप द्रुत रुपमा काम गरिनुपर्नेमा जोड दिनुभयो । बैठकमा भौतिक पूर्वाधार […]


राष्ट्र बैंकले उत्पादनशील क्षेत्रलाई विशेष प्राथमिकता दिने

काठमाडौँ, १० फागुन । नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रतर्फको कर्जा प्रवाहलाई विशेष प्राथमिकता दिने नीति लिएको छ । केन्द्रीय बैंकले आज आव २०७३÷७४ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत वित्तीय नीतिले लिएको उत्पादन क्षेत्रलाई प्राथमिकता दिने उल्लेख गरेको छ । वाणिज्य बैंकबाट विपन्न वर्गमा प्रत्यक्ष रुपमा प्रवाह हुने दुई प्रतिशतसम्मको कर्जा ‘युवालाई व्यावसायिक कृषि कर्जामा प्रदान […]


धुर्मुस–सुन्तली सद्भावना दूत

काठमाडौँ, १० फागुन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई एकीकृत वस्ती विकासको काममा जागरण एवम् प्रोत्साहित गर्ने लक्ष्यसहित सद्भावना दूत बनाउने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलको अध्यक्षतामा आज बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती निर्माण एवम् विकाससम्बन्धी कार्यका लागि कलाकारद्वयलाई सद्भावनादूत बनाउने […]


‘निर्धारित समयमै मेलम्चीको पानी आउँछ’

काठमाडौँ, १० फागुन । मेलम्ची खानेपानी आयोजनाको निर्माण काम द्रुत गतिमा अघि बढिरहेकाले निर्धारित समयमै काठमाडौँ उपत्यकामा खानेपानी वितरण हुने भएको छ । “आयोजनाको सुरुङ निर्माण र पाइपलाइन विस्तार द्रुत गतिमा भइरहेको छ, विसं २०७४ साउनमा खानेपानी परीक्षण गरी आगामी बडादसैँमा घर घरमा खानेपानी वितरण गर्ने लक्ष्य छ”, सञ्चार प्रतिष्ठान नेपालको आयोजनामा आज यहाँ आयोजित […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter