
काठमाडौँ, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित हुनु भएको छ । एकता महाधिवेशनअन्तर्गत आज भएको मतदान प्रक्रियामा थापाले दुई हजार ८०४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले २५१ मत प्राप्त गर्नुभयो । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार कुल तीन हजार १३६ मत सदर तथा ८१ मत बदर भएको छ […]

काठमाडौँ, ९ फागुन । ‘दिगो पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित यहाँ आयोजना भएको दुईदिने ‘नेपाल पूर्वाधार सम्मेलन–२०१७’ क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा सार्वजनिक–निजी साझेदारीका सफल नमुना, पूर्वाधारको अवस्था, लगानी वृद्धिका लागि आवश्यक वातावरण, पूर्वाधारको बजार, लचिलो वित्तीय व्यवस्था र हरित पूर्वाधारलगायत विषयमा छलफल भई सम्पन्न भएको छ । नेपाल उद्योग परिसङ्घ (सिएनआइ) मुख्य आयोजक तथा नेपाल सरकार […]

काठमाडौँ, ९ फागुन । एसियाली विकास बैंकले नेपालको ऊर्जा, भौतिक पूर्वाधार तथा शिक्षालगायतका क्षेत्रमा करिब रु ५० अर्ब थप लगानी गर्ने जनाएको छ । बैंकले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरेर थप लगानीका लागि आफूहरुले प्रयास गरिरहेको र त्यसमा नेपाल सरकारको सहयोग रहने जानकारी दिइयो । आगामी असोज अन्तिमसम्म मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने […]

कृष्णराज गौतम / काठमाडौँ, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र प्रदीपविक्रम राणाले उम्मेदवारी दिनुभएको छ । अध्यक्ष पदका उम्मेदवार थापा लामो समयदेखि पार्टी नेतृत्वमा हुनुहुन्छ भने अर्का उम्मेदवार राणा काठमाडौँ निर्वाचन क्षेत्र नं ७ का क्षेत्रीय अध्यक्ष हुनुहुन्छ । उम्मेदवार मनोनयन गर्नका लागि अध्यक्ष पदमा रु ५० […]

काठमाडौँ, ८ फागुन । नेपालको सडक र पुलको पूर्वाधार विकासमा भारत सरकारले रु ३६ अर्ब ४७ करोड ऋण सहयोग गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित सहमतिपत्र हस्तान्तरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । भीमदत्तनगरको महाकाली नदीमा चार लेनको पक्की पुल र १८ सडक योजनाका लागि ऋण सहयोग प्रदान गरिएको हो […]

ललितपुर, ७ फागुन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले एक कार्यक्रमकाबिच नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ विमोचन गरेको छ । पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले फागुन ७ गते ललितपुरमा आयोजित कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ विमोचन गरेका हुन् । कार्यक्रममा पूर्व प्रधानन्यायाधीश श्रेष्ठले मानव अधिकारको आधार नै नेपाल मानव अधिकार वर्ष पुस्तक […]

काठमाडौँ, ७ फागुन । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बिछ्याउनुपर्ने ६७० किमी वितरण सञ्जालमध्ये ५३३ किमीको काम सम्पन्न भएको छ । उपत्यकामा हाल भइरहेका धाराका साथै नयाँ ८५ हजार धारा वितरण गरेर चक्रपथभित्रका तीन लाख जनसङ्ख्यालाई पहिलो चरणमा पानी पुर्याउने लक्ष्य लिइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । निर्देशनालयले शुक्रबार यहाँ […]

काठमाडौँ, ७ फागुन । उपत्यकाका प्रमुख नदी सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९७औँ हप्तामा शनिबार मीनभवन पुलदेखि कोटेश्वर महादेव मन्दिरसम्मको बागमती क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिए। सफाइमा अधिकार सम्पन्न वाग्मती […]

काठमाडौँ, ७ फागुन । काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणाली आंशिकरुपमा अवरुद्ध हुँदा राजधानीलगायतका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेकामा प्राधिकरणले दुःख व्यक्त गरेको छ। शनिबार अपराह्न प्राधिकरणको चपली– भक्तपुर १३२ केभी प्रसारण लाइनको अर्थ फल्ट ट्रिप भई समस्या आएको र सो समस्याका कारण खिम्ती–ढल्केबर प्रसारण लाइनमा समेत समस्या उत्पन्न भएको प्राधिकरणका प्रवक्ता प्रवल […]

काठमाडौँ, ६ फागुन । आगामी फागुन १४ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निवार्चन कार्यतालिका त्रिभुवन विश्वविद्यालय (त्रिवि) हेरफेर गरेको छ । त्रिविले शुक्रवार एक विज्ञप्ती जारी गर्दै कार्यतालिका हेरफेर भएको जानकारी गराएको हो । त्रिविद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘त्रि.वि.का क्याम्पसहरुमा मिति २०७३ साल फाल्गुण १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन […]