
गौशाला, २६ पुस । महोत्तरी जिल्लाको उत्तरवर्ती एक दर्जनभन्दा बढी गाविसमा खानेपानीको हाहाकार मच्चिएको छ । विगत छ महिनादेखि पानी नपर्दा जिल्लाको पशुपतिनगर, किसाननगर, हात्तीलेट, लक्ष्मिनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, बर्दिबास, गौरीबास, खयरमारा, बिजलपुरा, निगौल, गौशाला नगरपालिकालगायतका ठाउँमा खानेपानीको हाहाकार मच्चिएको स्थानीयबासीले बताएका छन् । ढुङ्गा र चट्टानयुक्त भौगोलिक विकटताका कारण अहिले हिउँदमै ती गाविसमा पानीको […]

बर्दिबास, २५ पुस । महोत्तरीको बर्दिवास–२ मा एकीकृत मुसहर नमुना बस्ती निर्माणको आज शिलान्यास भएको छ । हास्य कलाकारद्वय सीताराम र कुञ्जना कट्टेल आबद्ध धुर्मुस सुन्तली फाउन्डेसनले रु चार करोड ७८ लाख लागतमा बनाउन लागेको सो बस्तीको आज महजोडीेले शिलान्यास ग¥यो । सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मुलुकका विभिन्न भागमा धुर्मुस–सुन्तलीले दुःखी, […]

काठमाडौँ, २५ पुस । सन् २०४० सम्म मुलुकको विद्युत् माग बढेर ५० हजार मेगावाटभन्दा बढी पुग्ने एक अध्ययनले देखाएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको अध्ययनअनुसार हरेक वर्ष विद्युत्को माग करिब १५ प्रतिशतको दरले बढ्दा सो अवधिमा विद्युत् माग उक्त विन्दुमा पुग्ने पाइएको हो । ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन […]

विनोदसिंह विष्ट / बैतडी, २५ पुस । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा महाकाली नदीमाथि पक्की पुल बन्ने यहाँका जनताका आशा १८ वर्षसम्म पनि पूरा हुन सकेको छैन । जिल्ला आउने अधिकांश मन्त्री तथा नेताले निर्माण गरिदिने आश्वासन दिँदै आएको यो पुल निर्माणका लागि २०५५ सालदेखि सर्भेक्षण मात्रै हुने गरेको छ । भारतसँग जोड्ने ९० मिटर […]

काठमाडौँ, २४ पुस । सरकारले व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ प्रस्तुत गरेको छ । नेकपा (एमाले) लगायत विपक्षी दलहरूको होहल्ला र नाराबाजीका बीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले उक्त संशोधन प्रस्तुत गर्नुभएको हो । त्यसअघि, सांसद प्रेम सुवाल र अर्का सांसद चित्रबहादुर केसीले बेग्लाबेग्लै प्रस्तुत गर्नुभएका संशोधन प्रस्तावमाथिको विरोधको […]

हरि वास्तोला / पोखरा, २४ पुस । पोखरा उपमहानगरपालिका–१७ विरौटीकी विष्णुमाया शर्माले एभोकाडोको एउटा बोटबाट यस वर्ष रु ५० हजार आम्दानी गर्नुभएको छ । नौ वर्षअघि सोखले लगाएको एभोकाडोको बिरुवाले लगाएको पाँच वर्षपछि लगातार फल दिँदैआएको र यस वर्ष आफूले खाएर र इष्टमित्रलाई चखाएर दुई सय केजी फल बिक्री गरेको उहाँले बताउनुभयो । “उत्पादन भएको […]

काठमाडौँ, २४ पुस । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले चौधौँ आवधिक योजनाको विस्तृत कार्यक्रम आज पारित गरेको छ । आयोगका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले आव २०७३÷७४–२०७५÷७६ का लागि त्रिवर्षीय कार्यक्रम पारित गरेको हो । आवधिक योजनामा सात प्रतिशतको आर्थिक वृद्धिदर अपेक्षा गरिएको छ । बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले समयअगावै १४ औँ […]

काठमाडौँ, २४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते पृथ्वी जयन्तीलाई सार्वजनिक बिदा दिन माग गरेको छ । पार्टीले उक्त दिन आयोजना गर्न लागेको चियापान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज निमन्त्रणा गर्न शीतलनिवास गएका पार्टीका प्रमुख सचेतक दीलनाथ गिरीको नेतृत्वको समूहले बिदाको माग गरेको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहले मुलुकको एकीकरण […]

बैतडी, २४ पुस । एक्कासि आएको मौसम परिवर्तनले वर्षासँगै गएराति बैतडीलगायत सुदूरपश्चिममा हिमपात भएको छ । जिल्लाका उच्च लेकाली भाग दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, देहिमाण्डौलगायत श्रीकोट, ग्वाल्लेक, शिवनाथ गाविसको केही भू–भागमा पनि हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । हिमपातले बैतडीको दशरथचन्द राजमार्ग र जयपृथ्वी […]

वीरगन्ज, २४ पुस । करिब एक दशकपछि खानेपानीमा सुधार आउँदा वीरगन्जका ६० प्रतिशत बासिन्दाले शुद्ध खानेपानी प्रयोग गर्न थालेका छन् । करिब साढे सात हजार ग्राहक रहेको जिल्ला खानेपानी कार्यालय, पर्साले वितरण गर्ने पानीबाट दैनिक दुई लाख ५० हजार उपभोक्ता खानेपानी प्रयोग गरी लाभान्वित हुँदै आएको कार्यालय प्रमुख चन्देश्वर साहले बताउनुभयो । वीरगन्ज उपमहानगरपालिका– १ […]