समाचार

लडाकुको भरणपोषणमा घोटाला भएको छ : अख्तियार

काठमाडौँ, ३१ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नेकपा (माओवादी)को लडाकुको शिविरमा सरकारले भरणपोषणका लागि दिएको रकममा भएको अनियमितताबारे छानविन निष्कर्षमा पुग्न थालेको जनाएको छ । आयोगले आज साँझ गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता गणेशराज कार्कीले शिविरमा भएको भ्रष्टाचारको सम्बन्धमा परेको उजुरीका बारेमा तदारुकताका साथ अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यतिखेर निर्णय प्रक्रियामा […]


मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद आज मनाइँदै

काठमाडौँ, २८ भदौ । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् । इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको नेपाली जामे मस्जिद घन्टाघरका मोहम्मद खुर्सिदले बताउनुभयो […]


सात प्रदेशमा मेडिकल कजेल स्थापनाको कार्ययोजना

काठमाडौँ, २८ भदौ । स्वास्थ्य मन्त्रालयले सात प्रदेशमा मेडिकल कजेल स्थापनाका लागि तत्काल कार्ययोजना अगाडि बढाएको छ । यसका लागि मन्त्रालयले कलेज स्थापनाको स्थानलगायत अन्य कामको सम्भाव्यता अध्ययनको कामसमेत अगाडि बढाएको जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनिराम पौडेलसहित माथेमा आयोगका सदस्यबीच आज बालुवाटारमा भएको छलफलमा मन्त्रालयले सो जानकारी गराएको हो […]


चलचित्र समीक्षा : वैदेशिक रोजगारीको अर्को पाटो ‘छक्कापन्जा’

दीपेन्द्र सापकोटा / काठमाडौँ, २८ भदौ । यसअघि वैदेशिक रोजगारीका विषयमा बनेका अधिकांश नेपाली चलचित्रमा नेपाली युवा ठगिएका, मारिएका, पैसा नकमाएका यस्तै विषय प्राथमिकताका साथ समेटिएका हुन्थे । तर शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हास्यकलाकार दीपाश्री निरौलाको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘छक्कापन्जा’ले भने थोरै भिन्न विषयलाई केन्द्रविन्दु बनाएको छ । पूर्ण हास्यरसमा बनाइएको चलचित्रमा वैदेशिक […]


इमान्दारीको नमूना : चन्द्रबहादुरले बुझाए १० तोला सुन

वासुदेव पौडेल / पोखरा, २८ भदौ । स्याङजा सिर्सेकोट–९ निवासी केशरी अधिकारीले बसमा छोडेको १० तोला बराबरका सुनका गहनासहितको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गर्नुभएको छ । यही भदौ २४ गते शुक्रबार माइती गल्याङबाट घर फर्कंदै गरेकी अधिकारीले गल्याङबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३४२० नम्बरको बसमा १० तोला सुनसहितको […]


निर्वाचनको मिति आयोगले तोक्न पाउनुपर्छ : यादव

ionकाठमाडौँ, २६ भदौ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनका लागि आयोग आन्तरिक र प्राविधिक हिसाबले तयार रहेको बताउनुभएको छ । गाउँ विकास समिति, राष्ट्रिय महासङ्घ नेपालद्वारा आज ललितपुरमा आयोजित ‘गाउँपालिका निर्धारण र स्थानीय निकायको निर्वाचनको अपरिहार्यता’ विषयको अन्तरसंवादमा उहाँले भन्नुभयो, “आयोग स्थानीय तहको सङ्ख्या तथा सीमा निर्धारण आयोगको प्रतिवेदनको कार्यान्वयन र […]


मन्त्रिपरिषद् निर्णय : भवन आचारसंहिता पारित, सचिव सरुवा

काठमाडौँ, २६ भदौ । सरकारले भवन निर्माण आचारसंहितालाई पारित गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले लामो समयदेखि पारित हुन नसकेको तथा सार्वजनिकसमेत हुन नसकेको आचारसंहितालाई नेपाल राजपत्रमार्फत सार्वजनिक गर्ने र त्यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । आचारसंहिता सार्वजनिक नभएका कारण भवन तथा घर निर्माणमा समस्या पर्दै आएको थियो । नयाँ आचारसंहिताले महानगरपालिका, नगरपालिका, नगरोन्मुख […]


मिस ‘टुरिजम’ २०१६ को उपाधि थापामगरलाई

ललितपुर, २५ भदौ । सहरी विकासमन्त्री अर्जुुननरसिंह केसीले पर्यटकीय क्षेत्रको विकासका लागि व्यवसायी र राज्य एक भएर लाग्नुपर्ने बताउनुभएको छ । प्वाइन्ट मिडियाद्वारा आज यहाँ आयोजित मिस टुरिजम २०१६ को ग्रान्ड फाइनलको उद्घाटन गर्दै उहाँले आन्तरिक पर्यटनलाई मजबूत बनाउन पर्यटन व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । पर्यटकीय विकासले देशको आर्थिक मेरुदण्डलाई बलियो बनाउने मन्त्री केसीको […]


कर्णालीका जलस्रोतलाई जनताको लगानीबाट उपयोग गर्न माग

काठमाडौँ, २५ भदौ । कर्णाली जनअधिकार मञ्चले कर्णालीका बाँझो भूमिलाई उत्पादनमा परिवर्तन गर्ने नीति ल्याउन माग गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष प्रकाश रोकायले गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णालीमा जन्मदा र मृत्यु हुँदा २० किलोग्राम चामल दिने भनी व्यवस्थापिका–संसद्मा गरेको घोषणाले कर्णालीवासी अपमानित र अपहेलित गरेको बताउनुभयो । सरकारसँग प्रष्ट […]


न्याय सेवामा राम्रो काम गर्ने प्रयास गर्छु – प्रधानन्यायाधीश

काठमाडौँ, २४ भदौ । प्रधानन्यायाधीश सुशीला कार्कीले न्याय सेवामा आफूले सधैँ राम्रो काम गर्ने प्रयास गर्ने बताउनुभएको छ । नेपाल बार एसोसिएसन, महिला समितिले आज यहाँ आयोजना गरेको कानुन व्यवसायी महिलाको २५ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले आफू पदमा रहुन्जेलसम्म राम्रो काम गर्ने प्रयास गर्ने बताउनुभयो । प्रधानन्यायाधीश काकीले भन्नुभयो – “काम गर्दा नेपालमा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter