समाचार

दश सामुदायिक विद्यालयलाई २०० कम्प्युटर वितरण

बझाङ, २४ भदौ । एक गैर सरकारी संस्थाले यहाँका विद्यालयलाई दुई सय थान कम्प्युटर निःशुल्क वितरण गरेको छ । आधुनिक कम्प्युटर प्रणालीबाट विद्यार्थीलाई अध्यापन गराउन जिल्लाका शारदा मावि, कुलमष्टा जन उमावि, बाठबालि मावि, शान्ति मावि, भवानि मावि, जाल्पा मावि, सुनिकोट मावि, सुनकुडा मावि, घचाया मावि र दुर्गा माविलाई युमएएन क्लस्टर बझाङ्गले निःशुल्क दुई सय थान […]


बन्दीगृह बासले चर्चित साहित्यकार बन्न सफल राजनेता बिपी

पूर्णप्रसाद मिश्र / काठमाडौँ, २३ भदौ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई तत्कालीन सरकारले २०१७ साल पुस १ गतेको ‘कु’ पछि राखेको सुन्दरीजल बन्दी गृह साहित्य सिर्जनाको स्थल बन्न पुग्यो । वरिपरि डाँडाकाँडा र हरियालीबीच ग्रामीण परिवेशमा रहेको जेल नेपाली साहित्यका मनोवैज्ञानिक धारका सुरुवातकर्ता कोइरालाका लागि साहित्य रचनाको थलो बन्न पुगेको हो । बिपीलाई जेलमा […]


संविधान कार्यान्वयन मुख्य लक्ष्य हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारको पहिलो प्राथमिकता र लक्ष्य संविधान कार्यान्वयन भएको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उहाँले संविधान संशोधन, सीमाङ्कनलगायत समाधान हुन बाँकी सबै विषयमा सम्बद्ध पक्षसँग वार्ता, संवाद र सहमति कायम गर्न आफू कृतसङ्कल्पित रहेको बताउनुभयो । शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने, राष्ट्रलाई […]


पर्यटकीय यामसँगै व्यवसायी उत्साहित

चितवन, २३ भदौ । भूकम्प र नाकाबन्दीका कारण प्रभावित बनेको यहाँको पर्यटन व्यवसाय पर्यटकीय मौसम सुरु भएसँगै गरिएका अग्रिम बुकिङका कारण व्यवसायी उत्साहित भएका छन् । गत वर्ष वैशाखमा आएका भूकम्प र त्यसपछि तराईमा गरिएको आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण पर्यटक आगमनमा निकै कमी आएको थियो । स्वदेशी पर्यटकले मात्र व्यवसायी चित्त बुझाउन बाध्य भएका […]


इ–रिक्साबाट मनग्य आम्दानी

रौतहट, २३ भदौ । श्रीमान्को कमाइमा आश्रित यहाँका महिला यतिखेर इ–रिक्सा चलाएर आत्मनिर्भर बन्न थालेका छन् श्रीमान्को कमाइमा भर पर्दै आएका चन्द्रपुर नगरपालिका क्षेत्रका कामकाजी महिलाका लागि यतिखेर इ–रिक्सा आम्दानीको स्रोत बन्न पुगेको छ । उनीहरुले महिला पनि श्रम गरेर जीविका चलाउन र आत्मनिर्भर बन्न सक्दछन् भन्ने सन्देश दिएका छन् । नगरपालिकाका १५ जना महिलाले […]


अनशन तोड्न गङ्गामायालाई राष्ट्रपतिको आग्रह

काठमाडौँ, २२ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले अनशनरत गङ्गामाया अधिकारीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । विगत छ वर्षदेखि अनशनरत गङ्गामाया अधिकारीको रक्षार्थ ‘गङ्गामाया बचाउ’ अभियानसम्बद्ध मानवअधिकारकर्मीसँगको भेटमा आज राष्ट्रपति भण्डारीले गङ्गामायाको कदमलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै न्यायका लागि अनशनरत उहाँले अनशन तोड्नुपर्ने विचार व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले कुनै पनि व्यक्तिले न्यायका लागि आफ्नो […]


दुई देशबीच विश्वासको वातावरण बनाउन प्रधानमन्त्रीलाई परराष्ट्र विज्ञको सुझाव

काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण दुई देशबीच उत्पन्न अविश्वास सुल्झाउन र विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्नमा केन्द्रित गर्न विज्ञले सुझाएका छन् । प्रधानमन्त्री दाहालले आज आफ्नो कार्यालय सिंहदरबारमा सुझाव लिनका लागि बोलाउनु भएको छलफलमा सहभागी परराष्ट्रविद्ले दुई देशबीच अविश्वासको अवस्था के कारणले भयो भन्ने विषयमा प्रधानमन्त्रीले भारतीय पक्षसँग खुलेर कुरा गर्नुपर्ने […]


वन्यजन्तु असुरक्षित भएपछि निकुञ्ज आसपासका होटलको निगरानी

चितवन, २२ भदौ । चितवन राष्टिको निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका क्षेत्रमामा दुर्लभ वन्यजन्तु असुरक्षित हुन थालेपछि चितवन निकुञ्जले निगरानी थालेको छ । जिल्लाको पश्चिम मेघौलीको एक होटलका कर्मचारीको लापर्बाहीका कारण करेन्ट लागेर दुर्लभ एक सिङ्गे गैँडा मरेपछि निकुञ्जले होटलको निगरानी थालेको हो । निकुञ्ज आसपास पश्चिम क्षेत्रमा सुविधायुक्त दर्जनौँ होटल खुलेका छन् । चौधरी […]


दुर्लभ एकसिङ्गे गैँडा म¥यो

चितवन, २१ भदौ । तस्करले हानेको छवटा गोली लागेर गम्भीर घाइते भएको दुर्लभ एकसिङ्गे गैँडा उपचार कै मरेको छ । शरीरमा लागेको गोलीको छर्रा झिकिएको गैँडा आज दिउँसो मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । गैँडाको शरीरबाट गोली भने निकाल्न सकिएको थिएन । निकुञ्जका वरिष्ठ पशु चिकित्सक […]


अठार सयलाई सीपमूलक तालिम, तीन सय ६१ नयाँ उद्योग दर्ता

लहान, २१ भदौ । सिरहामा सीपमूलक तालिम लिएर घरेलु तथा साना उद्योग सञ्चालन गर्नेको सङ्ख्या बढ्दै गएको छ । विदेशमा गएर मेहनत गर्नुभन्दा स्वदेशमै सीप सिकेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने बुझेका एक हजार ८०० महिला तथा पुरुषले आव २०७२÷७३ मा विभिन्न सीपमूलक तालिम लिएपछि घरेलु तथा साना उद्योग सञ्चालन गर्न थालेका हुन् । सो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter