
काठमाडौँ, ५ असोज । अमेरिकी राष्ट्रपति बाराक ओबामा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतबीच न्युयोर्कमा भेट भएको छ । परराष्ट्रमन्त्री डा महत संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा हाल संयुक्त राज्य अमेरिकामा हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख एवम् प्रतिनिधिमण्डलका नेताको सम्मानमा […]

काठमाडौँ, ५ असोज । उद्योगमन्त्री नविन्द्रराज जोशीले महिला उद्यमशीलता विकासले समग्र राष्ट्रको विकासको गति बढाउन सकिने बताउनुभएको छ । केयर नेपालले सञ्चालन गरेको सफल महिला उद्यमी अभिप्रेरणा अभियानअन्तर्गत आज आयोजना गरेको ‘लघु उद्यमशीलता विकासमा भएका नीतिगत व्यवस्था, विद्यमान चुनौती र अभ्यास’ विषयक छलफलमा उहाँले एक सफल महिलाको उदाहरण हेरेर समाजका अन्य धेरै महिलालाई प्रोत्साहन मिल्ने […]

काठमाडौँ, ४ असोज । भूकम्पबाट अतिप्रभापति १२ जिल्लाका चार लाख ४७ हजार ३५९ घरधुरीसँग आवास पुनःनिर्माणका लागि अनुदान सम्झौता भएको छ । भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माणको क्रममा रहेका लाभग्राहीलाई बैंकमार्फत अनुदान हस्तान्तरण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाह?सँग सम्झौता भइसकेको र तीमार्फत लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण […]

काठमाडौँ, ४ असोज । पुनर्वास कार्यक्रमअन्तर्गत नेपालबाट अमेरिका जाने भुटानी शरणार्थीको सङ्ख्या ९० हजार पुगेको छ । नेपालका लागि अमेरिकाको दूतावासमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्ले अमेरिकामा पुनर्वास हुन गइरहेकी नब्बे हजारौँ नम्बरमा पर्नुभएकी भुटानी शरणार्थी सरिमाया ठटाललाई आज भेटी बिदाई गर्नुभयो । अमेरिकाको न्यू ह्याम्पसियरमा नयाँ जीवनको थालनी गर्नका लागि […]

भीष्मराज ओझा / काठमाडौँ, २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणले दुई देशकाबीच विश्वासको वातावरण अभिवृद्धि गर्न मद्दत गरेको बताउनुभएको छ । भारतको चारदिने राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल र भारतबीच सदियौँदेखि रहँदै आएको घनिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप सुदृढ […]

प्रकाश सिलवाल / काठमाडौँ, २ असोज । संघीयतासहितको नयाँ संविधान आएको एक बर्ष पुरा भयो तर यो एक वर्षमा सङ्घीयता कार्यान्वयनका लागि विभिन्न प्रयास भएपनि यसका लागि अत्यावश्यक प्रदेशको सीमाङ्कन र सङ्ख्याको विषय भने विवादरहीत हुन सकेन । केन्द्रीकृत राज्य प्रणालीलाई विस्थापन गर्दै संविधानतः मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्ने सङ्कल्प गरेको नेपालको संविधान, २०७२ […]

काठमाडौँ, २ असोज । दसैँ आउन एक महिनाअघि नै खुल्ने लामो दूरीका सवारीको टिकट नखुल्दा विभिन्न पेसा व्यवसाय गरी काठमाडौँ उपत्यकामा बसेका मानिस अन्योलमा परेका छन्् । विगत वर्षमा एक महिनाअघि नै टिकट सुरक्षित गर्ने काम सुरु भइसक्थ्यो तर यस वर्ष मुग्लिन–नारायणगढ सडक बिग्रेर सवारी जाम हुने, जाम भएर ढिला सवारी गन्तव्यमा पुग्दा ट्राफिक प्रहरीले […]

रमेश लम्साल / काठमाडौँ, १ असोज । सरकारले ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ आगामी दुई वर्षभित्र एक हजार ४५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ । सरकारले नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी एवम् नीजि क्षेत्रका प्रवद्र्धकलाई निर्माणमा रहेका आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न आग्रह गर्दै उक्त लक्ष्य अगाडि सारेको हो । […]

अन्जली रम्तेल / काठमाडौँ, १ असोज । खाने नुनका लागिसमेत सारा काम त्यागी दिनको माया मारेर लाइन लाग्न जानुपर्ने र त्यही पनि नपाउँदा रित्तो हात फर्कनुपर्ने कर्णालीवासीका अन्तस्करणको पीडालाई देखाउन सफल देखिएको छ नाटक ‘चाँदीको घेरा’ । लेखक नरेश भण्डारीको पुस्तक ‘चाँदीको घेरा’ लाई टीकाभक्त जिरेलले निर्देशन गर्नुभएको हो । उक्त नाटकले प्राकृतिकरुपमा धनी भएपनि […]

काठमाडौँ, ३१ भदौ । भोलिदेखि उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘सुपथ मूल्यका बिक्री कक्ष’ सञ्चालन हुने भएको छ । नेपाल खाद्य संस्थान, नेसनल टे«डिङ र साल्ट ट्रेडिङ लिमिटेडले संयुक्त रुपमा बिक्री कक्ष सञ्चालन गर्न लागिएको खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीले जानकारी गराउनुभयो । उहाँका अनुसार उपत्यकाका थापाथली, सिंहदरबार, रामशाहपथ, बल्खु, टेकु, कोटेश्वर, नारायणथान, जोरपाटी, भक्तपुर, जावलाखेल […]