समाचार

निर्वाचनको मिति घोषणा गर्न सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ, २० भदौ । सङ्घीय प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी आवश्यक कानुन निर्माण गरी निर्वाचनको मिति घोषणा गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका–संसदलगायतलाई विपक्षी बनाई अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, विमल ज्ञवाली, लिलाधर उपाध्याय र शशीकुमार कार्कीले दायर गरेको रिट निवेदनमा सो माग गरिएको […]


बैंकको ऋण लगानीमा दुई अयोजना बन्दै

काठमाडौं, २० भदौ । नेपालका १४ बैंकहरुको सहलगानीमा ५४ मेगावाटका दुई आयोजना निर्माण हुने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा दुवै आयोजनाको लागि ऋण सम्झौता सम्पन्न भएको हो । सानीगाड हाइड्रो प्रालीले प्रवद्र्धन गरेको ३८ दशमलव ४६ मेगावाटको माथिल्लो कालंगा गाड जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने गरि माछापुच्र्छे बैंकको नेतृत्वमा सम्झौता भएको हो […]


चार महिनाभित्र पेट्रोलियम पाइप लाइन निर्माण सुरु

काठमाडौँ, २० भदौ । पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुन लागेको रक्सौल–अमलेखगन्ज ‘पेट्रोलियम प्रोडक्ट पाइप लाइन’ परियोजना चार महिनाभित्र सुरु हुने भएको छ । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन आएलगत्तै सुरु गर्ने गरी सम्झौता भएको उक्त परियोजनाको अधिकांश क्षेत्रको अध्ययन लगभग सम्पन्न हुने क्रममा रहेकाले आगामी पुस १५ पछि निर्माण […]


तडकभडक त्यागेर समानता दर्शाउँदै ‘तीज बचत’

चितवन, १९ भदौ । तडकभडक त्यागेर तीजमा हुने खर्च जोगाउन भरतपुरका महिलाले ‘तीज बचत’ सुरु गरेका छन् । गरगहना र लवाइखुवाइले भड्किलो बन्दै आएको तीजमा समानता दर्शाउन प्रभात महिला बचत तथा ऋण सहकारी संस्था मार्फत स्थानीय महिलाले यस्तो नमुना काम थालेका हुन् । “पहिले हामीले नै अलि भड्किलो तीज मनायौँ, गरगहना, महँगो साडीमा सजिएर पार्टी […]


क्यानको निलम्बन नौ महिनाभित्रै हट्ने, सल्लाहकार समिति बनाइने

काठमाडौँ, १९ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई गरेको निलम्बन आगामी नौ महिनाभित्रै हटाउने भएको छ । नेपाल भ्रमणमा रहेका आईसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेभिड रिचार्ड्सनले आज यहाँ पत्रकार सम्मेलन गर्दै नेपाली क्रिकेटमाथिको प्रतिबन्ध हट्ने स्पष्ट पार्नुभएको हो । सो अवसरमा उहाँले सधैँलाई विवाद समाधान गर्न सल्लाहकार समिति गठन गर्ने […]


चार लाखभन्दा बढी घरधनीसँग अनुदान सम्झौता

काठमाडौँ, १९ भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार लाख ११ हजार २०१ घरधनीसँग भूकम्पपछिको पुनःनिर्माणका लागि पहिलो किस्ताको अनुदान दिने सम्झौता सम्पन्न गरेको छ । गोरखामा ४९ हजार ७५८, सिन्धुपाल्चोकमा ६६ हजार, दोलखामा ४२ हजार ६३८, रामेछापमा ४० हजार ७७८, धादिङमा ५१ हजार ९००, काभ्रेपलाञ्चोकमा ५० हजार १७५, नुवाकोटमा ५१ हजार २०४, ओखलढुङ्गामा १७ हजार […]


पर्वतमा मुलुककै नमुना बन्जी जम्पको निर्माण हुँदै

पर्वत, १९ भदौ । साहसिक पर्यटकलाई आकर्षित गर्न निजी क्षेत्रको लगानीमा पर्वतमा मुलुककै नमुना बन्जी जम्प निर्माण सुरु गरिएको छ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको नारायणस्थान गाविसस्थित नेपाने जोड्ने गरी कालीगण्डकीमाथि पुल निर्माण गरेर बन्जी जम्प सञ्चालन गर्ने तयारी गरिएको हो । बन्जी जम्प सञ्चालनका लागि इन्टु द वाइल्ड मल्टी प्रपोज प्रालिले आफ्नै […]


पर्वतको पर्यटन पूर्वाधारमा झन्डै दुई करोड लगानी

पर्वत / १८ भदौ । जिल्लाको पर्यटन पूर्वाधार विकासका लागि झन्डै रु दुई करोड खर्चिएको छ । जिल्लामा पर्यटन विकासका थुप्रै सम्भावना भए पनि पूर्वाधार निर्माण हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक भित्रिन नसकेको गुनासो आएपछि आर्थिक वर्ष २०७२÷०७३ मा पहिलो पटक ठूलो मात्रामा बजेट खर्चिएको हो । जिल्लाको पर्यटन पूर्वाधार विकासका लागि विभिन्न स्रोत […]


काठमाडौँ–केरुङ डिलक्स बस सेवा सुरु

रसुवा, १८ भदौ । आजदेखि कठमाडौँ–केरुङ डिलक्स बस सेवा सुरु भएको छ । काठमाडौँ–करुङ डिलक्स बस सेवा नामाकरण गरिएको नयाँ बससेवाअन्तर्गत रसुवाको स्याफ्रु, चिलिमेको थाम्पुचेत र कालिकास्थानका लागि प्रत्येक दिन कठमाडौँबाट एक÷एकवटा बस छुट्ने समितिका अध्यक्ष किरणकुमर रिजालले बताउनुभयो । पहिलो चरणअन्तर्गत दैनिक १४ वटा डिलक्स बस रसुवाको थाम्पुचेत र नुवाकोटको विभिन्न भूभागमा सञ्चालन केरुङसम्म […]


स्वास्थ्य मन्त्री थापाद्वारा डा केसीसंग छलफल

काठमाडौँ, १७ भदौ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आज डा गोविन्द केसीलाई भेट गरी उहाँको मागका र स्वास्थ्य क्षेत्र सुधारका विषयमा छलफल गर्नुभएको छ । शिक्षण अस्पताल, महाराजगञ्ज पुगी मन्त्री थापाले डा केसीलाई भेट गर्नुभएको हो । भेटका क्रममा डा केसीले आफूले उठाएका मागका विषयमा मन्त्रालयले के गरिरहेको छ भन्ने विषयमा चासो व्यक्त गर्नुभएको थियो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter