समाचार

सःशुल्क दर्शनको व्यवस्था अन्त्य

काठमाडौँ, १७ भदौ । पशुपति क्षेत्र विकास कोषले यसवर्ष हरितालिका पर्वमा पशुपतिनाथको मन्दिरमा सःशुल्क दर्शनको व्यवस्था हटाएको छ । मन्दिरमा आएर छोटो समयमा दर्शन गर्न चाहने भक्तजनको सहजताका लागि रु एक हजारको टिकटको व्यवस्था कोषले गर्दै आएको थियो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा गोविन्द टण्डनले मन्दिरमा आउने दर्शनार्थीको सहजतालाई व्यवस्थित बनाउन […]


हेटौँडा– काठमाडौँ छोटो दूरीको सडक बिस्तारमा तीव्रता

हेटौँडा, १७ भदौ । हेटौँडा– काठमाडौँ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग बिस्तार कार्यले फेरी तीव्रता पाएको छ । नाकाबन्दीपछि सुस्त बनेको ९० किलोमिटर लामो सडकचौँडा बढाउने कार्यलाई कान्तिलोकपथ सडक आयोजनाले फेरी तीव्रता दिएको हो । सडक आयोजना प्रमुख दीपक केसीकाअनुसार तराई आन्दोलन र नाकाबन्दीले गर्दा इन्धनको चरम अभावले काम ठप्पै बनाएकामा केही हप्तायता ठेकेदारले कामलाई […]


प्रेरणाको जग्गासम्बन्धी मुद्दामा पुनरवलोकन आदेश

काठमाडौँ, १७ भदौ । सर्वोच्च अदालतले पूर्वयुवराज्ञी प्रेरणाराज्यलक्ष्मी शाहका नाममा रहेको विवादित जग्गासम्बन्धी मुद्दामा पुनरवलोकनका लागि आदेश दिएको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको पूर्ण इजलासले आज शाहको जग्गा विवादको विषयलाई लिएर यसअघिको फैसला पुनरवलोकन गर्न आदेश दिएको हो । तत्कालीन राजा वीरेन्द्रको स्थानीय छाउनीस्थित १५ रोपनी एक आना जग्गा […]


बेगखोलामा बाढीले ११ घर बगायो

म्याग्दी, १७ भदौ । गएराति परेको वर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ । बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुलसमेत बगाएको घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक […]


पुस्तकालय दिवस : प्रमुख पुस्तकालयहरु अझै व्यवस्थित भएनन्

अन्जली रम्तेल / काठमाडौँ, १५ भदौ । विसं २०७२ वैशाख १२ र त्यसपछिका भूकम्पले काठमाडौँ उपत्यकामा रहेका अधिकांश प्रमुख पुस्तकालयका भवन भत्किएपछि त्यहाँ रहेका पुस्तकलाई अझै व्यवस्थित गर्न सकिएको छैन । हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालयको भवन क्षतिग्रस्त हुँदा त्यहाँ रहेका करिब एक लाखभन्दा बढी पुस्तक बोरामा हालेर राखिएका छन् । पुस्तकालयका प्रमुख यादवचन्द्र निरौलाले लामो समय […]


स्थानीय तहको क्षेत्र निर्धारणबारे तीन दलबीच छलफल

काठमाडौँ, १५ भदौ । स्थानीय तहको क्षेत्र निर्धारणका लागि साझा धारणा बनाउने सिलसिलामा प्रमुख तीन दलबीच आज छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा दलहरू र स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगबीच छलफल गराइने र सोही छलफलका आधारमा भदौभित्र त्यस विषयलाई टुङ्गो लगाउनेबारे कुराकानी भएको नेपाली काँग्रेसका वरिष्ठ नेता […]


संस्थानले दसँैका लागि तीन हजार खसीबोका खरिद गर्ने

काठमाडौँ, १५ भदौ । नेपाल खाद्य संस्थानले दसँैमा काठमाडाँैका उपत्यकामा मासुको आपूर्तिका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ । संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले एक हजार ५०० खसीबोका र एक हजार ५०० च्याङ्ग्रा खरिद गर्ने बताउनुभयो । उहाँका अनुसार संस्थानले खसीबोका सिरहाको लहानस्थित अञ्चल कार्यालयबाट ६००, दाङको तुलसीपुरस्थित अञ्चल कार्यालयबाट २००, […]


वैदेशिक रोजगारी मर्यादित र व्यवस्थित बनाउने कार्ययोजना पेस गर्न निर्देशन

काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने गरी कार्ययोजना पेस गर्न परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयलाई आज निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित छलफलका क्रममा प्रधानमन्त्रीले नेपालीले दुःख पाउने, उनीहरुको जीवन रक्षा नहुने र ठगीमा पर्ने अवस्थाको अन्त्यका लागि प्रभावकारी कार्ययोजना ल्याउन निर्देशन दिनुभएको […]


तीन हजार बढीको लाइन काटियो, रु छ करोड बक्यौता उठ्यो

काठमाडौँ, १४ भदौ । नेपाल विद्युत् प्राधिकरणले हालसम्म मुलुकभर तीन हजार ४११ ग्राहकको लाइन काटेको छ । लामो समयदेखि विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ग्राहकको लाइन काट्ने अभियान सुरु भएपछि हालसम्म एक हजार ५९५ ग्राहकले महसुल बुझाएपछि लाइन जोडिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विराटनगर ८०, काठमाडौँ ६०, नेपालगन्ज १६, पोखरा ३५, हेटौँडा […]


जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न जैविक विविधताको महत्वपूर्ण योगदान

काठमाडौँ, १४ भदौ । जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न जैविक विविधताको महत्वपूर्ण योगदान हुने बताउनुभएको छ । राष्ट्रिय सहिद स्मारक गोकर्णले आज स्मारक निर्माणस्थलमा आयोजना गरेको जैविक विविधता, वन र वातावरणसम्बन्धी अन्तरक्रियामा मन्त्री जोशीले वन र वातावरणको संरक्षणमा ध्यान नदिए जलवायु परिवर्तनको असरले मानव समुदायलाई नकारात्मक प्रभाव पार्नेतर्फ सचेत […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter