
काठमाडौँ, २३ साउन । सर्वोच्च अदालतले कलङ्की–नागढुङ्गा सडक विस्तार गर्दा स्थानीयलाई अपूरणीय क्षति हुने भएको भन्दै अर्को आदेश नभएसम्मका लागि नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज सडक विस्तार गर्दा सडक आसपासका स्थानीयलाई अपूरणीय क्षति हुनेहुँदा तत्काल सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरेको […]
काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्ड एनइबीले कक्षा १२ को विज्ञान र संस्कृत विषयको नतिजा आज सार्वजनिक गरेको छ । आइतबार साँझ बसेको परीक्षा समितिको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ७३ दशमलव ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रक सन्तोष अर्यालले ४० हजार ६ सय ३ जना परीक्षार्थीले दिएको […]

काठमाडौं, २२ साउन । पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच यहि साउन २५गते पार्टी एकता हुने भएको छ । राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा र राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिवार विज्ञप्ति जारी गरी साउन २५ गते पार्टी एकीकरण घोषणा गरिने जानकारी दिएका हुन् । लामो समयको छलफलपछि दुई राप्रपाबीच एकीकरण घोषणासभा […]

पोखरा, २१ साउन । मेहनत गरे आफनै देशमा मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, कास्की लाहाचोकका कृषक इमानबहादुर गुरुङ । तीन वर्षअघिदेखि भैँसी र गाईपालनबाट व्यवसाय सुरु गरेका उनले दूध बिक्रीबाट मासिक नौ लाख आम्दान गर्ने गरेका छन् । अहिले उनले गोठमा तीन सय वटा उन्नत जातका भँैसी र १२ वटा गाई पालेका छन् […]

काभ्रे, २१ साउन । काभ्रेपलाञ्चोकको कोसीपारीस्थित दुर्गम गाविस धुसेनी शिवालयमा पहिरोको जोखिममा रहेका २० घरलाई स्थानान्तरण गरिएको छ । जिल्ला विकास समिति, जिल्ला रेडक्रस सोसाइटी, ‘कारितास’ नामक गैरसरकारी संस्थाको समन्वयमा जिन्सी तथा नगद रु पाँच हजार उपलब्ध गराएपछि बिहीबार स्थानान्तरण भएको धुसेनी शिवालयका गाविस सचिव प्रकाशप्रसाद उपाध्यायले जानकारी दिए । धुसेनी शिवालय गाविस– ६ का […]

काठमाडौं, २० साउन । सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा पशुबलि जस्तो क्रुर व्यवहार रोक्नका लागि सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारले एउटा समिति बनाएर गढीमाई मेलामा हुने क्रुर व्यवहार रोक्नका लागि उचित काम गर्न निर्देशनात्मक आदेश दिएका अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । […]

सुर्खेत, २० साउन । मकालु एयरको विमान बिहीबार दिउँसो हुम्लामा दुर्घटना हुँदा पाइलट र को-पाइलट घाइते भएका छन् । विमानको सिगंल इन्जिन फेल भएपछि पाइलटले फोर्स ल्याण्डिङ गराएको प्रारम्भीक खबर छ । हुम्लाको सिमिकोटबाट सुर्खेतका लागि उडेको ९ एन एएलडी कलसाइनको विमान सिमिकोटको एक खोला नजिकै दुर्घटना भएको हो । विमानमा यात्रुहरु थिएनन्, पाइलट सांगे […]

काठमाडौँ, १९ साउन । मित्रराष्ट्र चीनको छन्डु एसोसिएसन अफ फरेन इकोनोमिक एन्ड ट्रेड कोपरेसनले नेपालमा विशेषगरी जलविद्युत्, पर्यटन, कृषि क्षेत्रमा लगानीका लागि प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल चेम्बर अफ कमर्स तथा ट्रेड कोपरेसनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कोपरेसनका महासचिव छेन स्याओको नेतृत्वमा नेपाल भ्रमणमा आएका १६ सदस्यीय व्यापारिक प्रतिनिधि मण्डलले नेपालको ऊर्जा उत्पादन तथा […]

काठमाडौँ, १९ साउन । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षमा रहेर जिम्मेवार रुपमा प्रस्तुत हुने बताएका छन् । व्यवस्थापिका–संसद्को बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री पदमा निर्वाचित भएपछि बाहिरिने क्रममा पत्रकारद्वारा ‘अब एमाले कुन रुपमा प्रस्तुत हुन्छ’ भनी सोधिएको प्रश्नमा उनको सङ्क्षिप्त जवाफ थियो, “जिम्मेवार रुपमा प्रस्तुत […]

सर्लाही, १८ साउन । हरिवन नगरपालिका वडा नम्बर ८ का मोहनबहादुर कार्कीको करेसाबारीमा पसाएको सात फिट लामो केराको घरीमा ८७ वटा काइँयो फलेका छन् । सतासी काइँयोमा दुई हजारभन्दा बढी कोसा केरा फलेको देखिन्छ । चुरे पर्वतीय क्षेत्रबाट ल्याई रोपिएको करिब ४ वर्षपछि बोटबाट केरा पसाउन थालेको मोहनबहादुर कार्कीले जानकारी दिए । उनले पाकेपछि मोलभोग […]