समाचार

राजनीतिलाई अपराधमुक्त गरिनुपर्छ– गृहमन्त्री निधि

पोखरा, २८ साउन । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिलाई अपराधमुक्त गरिनुपर्ने बताउनुभएको छ । रामजी पौडेल ‘बादल’ मेमोरियल ट्रस्टद्वारा यहाँ आज यहाँ आयोजित नेपाली काँग्रेसका नेता एवम् समाजसेवी स्व रामजी पौडेल ‘बादल’ को प्रथम वार्षिक स्मृतिसभामा उहाँले राजनीतिलाई अपराधमुक्त गर्नुपर्ने र समाजमा बसोबास गर्ने जो कोही व्यक्ति सुरक्षित बन्नुपर्ने धारणा राख्नु भयो । रहस्यात्मक […]


‘राष्ट्रिय अनुसन्धान केन्द्र’लाई सघाउँदै ‘भी–नाइन्टिन’

काठमाडौँ, २७ साउन । ‘मुलुकको समृद्धि र विकास युवाबिना सम्भव छैन’ यो उक्तिलाई साथ दिन आइपुगेका छन् युवा कलाकारको समूह ‘भी–नाइन्टिन’ । सन् २००७ को रामोन म्याग्सेसे पुरस्कार विजेता तथा समाजसेवी महावीर पुनले निर्माण गर्न लागेको ‘राष्ट्रिय अनुसन्धान केन्द्र’को सहयोगार्थ बबरमहलस्थित नेपाल कला परिषद्मा आफ्ना कला प्रदर्शनी गरी १९ युवा कलाकारले साथ दिएका छन् । […]


स्लाइन र पानी छाडेर आमरण अनशनमा

काठमाडौँ, २७ साउन । छ वर्षदेखि स्लाइनमा औषधि र पानीका भरमा अनशनमा बस्नुभएकी गङ्गामाया अधिकारीले आजदेखि बिनाऔषधि र पानी आमरण अनशन सुरु गर्नुभएको छ । नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल आएसँगै उहाँबाट आफूले न्याय पाउने आशा राखेको बताउँदै उहाँले आफ्ना छोराको हत्यारालाई कारबाही गर्न पाँच दिनको समय दिनुभएको छ । यही साउन २१ गते उहाँले पत्रकार […]


‘विदेशमा अलपत्र भएकालाई फर्कने प्रबन्ध मिलाऊ’

काठमाडौँ, २६ साउन । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले साउदी अरबमा देखापरेको आर्थिक मन्दिले रोजगारी गुमाएर अलपत्र परेका नेपाली कामदारलाई स्वदेश फिर्ताको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले रोजगारी गुमाएर अलपत्र परेको त्यस्ता कामदारलाई समन्वय गरेर फिर्ता ल्याउन परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले साउदीलगायतका […]


स्थानीय निकायको संरचनाबारे दलहरुबीच छलफल

काठमाडौँ, २६ साउन । सङ्घीय संरचना अनुसार प्रदेशमा स्थानीय तहको संरचना कस्तो हुने भन्नेबारे दलहरुबीच बहस सुरु भएको छ । सत्तारुढ प्रमुख दलका शीर्ष नेताहरुबीच आज सिंहदरबारमा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्र सङ्ख्या तथा सीमा निर्धारण आयोगको प्रारम्भिक प्रतिवेदनमाथि छलफल भएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री कृष्णबहादुर […]


चिनियाँ राष्ट्रपति असोजमा नेपाल भ्रमणमा आउन सक्ने

काठमाडौँ, २५ साउन । नेपाल भ्रमणमा रहेको चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी रिलेसन्सको टोलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी  जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज बिहान भएको भेटमा टोलीले चीनले वर्तमान सरकारसँग सकारात्मक र दिगो सम्बन्ध स्थापित गर्न चाहेको स्पष्ट ग¥यो । प्रत्युत्तरमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई नेपालले छिट्टै स्वागत गर्न […]


नेवि संघमा भद्रगोल, बन्दसत्रनै हुन सकेन

काठमाडौँ, २५ साउन । नेपाल काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घको ११ आँै महाधिवेशनको बन्द सत्र अनिश्चित भएको छ । महाधिवेशन प्रतिनिधि विवादका कारण स्थगित भएको बन्दसत्र आज अपराह्न २ बजेका लागि निर्धारित गरिए पनि शुरु हुन सकेको छैन । संघको महाधिवेशन उद्घाटन यही साउन २३ गते भए पनि अझै बन्द सत्रको टुंगो नलाग्दा मुलुकभरबाट […]


संसदमा एमालेले प्रधानमन्त्रीलाई बधाई दिदै भन्यो, ‘गाह्रो–साह्रो परे सम्झनुहोला’

काठमाडौँ, २४ साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यवस्थापिका–संसद्का विभिन्न दलले बधाई दिदै संविधानको कार्यान्वयन र समयमा विभिन्न तहको निर्वाचन सम्पन्न गर्न सुझाव दिएका छन् । एमालेका तर्फबाट बधाई तथा शुभकामना दिँदै प्रमुख सचेतक भानुभक्त ढकालले जिम्मेवार प्रतिपक्षमा रहे पनि मुलुकको हितको विषयमा साथमा रहने जनाउँदै गाह्रो साह्रो परे सम्झिन आग्रह गरे । उनले […]


पहिलोपटक सामुदायिक वन राष्ट्रिय दिवस मनाइने

काठमाडौँ, २४ साउन । ‘सामुदायिक वनको पहिचान, राष्ट्रिय समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ नेपालमा पहिलोपटक सामुदायिक वन राष्ट्रिय दिवस मनाइने भएको छ । वन विभाग र सामुदायिक वन महासंघको संयुक्त आयोजनामा यही साउन २५ गते सामुदायिक वन राष्ट्रिय दिवस मनाउन लागिएको हो । वन विभागमा आज पत्रकार सम्मेलनको आयोजना गरी विभागका निमित्त महानिर्देशक गणेश […]


प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई दिए यस्तो निर्देशन

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ प्रस्तुत बजेट र नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर तीन दिनभित्र कार्ययोजना प्रस्तुत गर्न नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित कार्यक्रममा उनले कुन–कुन विकास निर्माणका आयोजना कति समयभित्र सम्पन्न गर्न सकिन्छ समयावधि तोकेर मुख्यसचिवमार्फत सो कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएका […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter