समाचार

अन्तर्राष्ट्रिय दर्नाल सम्मान चमारलाई

काठमाडौँ, ३१ साउन । दलित अधिकारकर्मी सुभाष दर्नालको स्मृतिमा स्थापित ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल सम्मान’ कपिलवस्तुका रक्षाराम चमारलाई प्रदान गरिएको छ । सीमान्तकृत मधेसी दलित किसान परिवारमा जन्मिनुभएका २८ वर्षीया चमारलाई दलित तथा अन्य सीमान्तकृत समुदायको सामाजिक न्याय र शिक्षाका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत स्व दर्नालकी आमा सरिता, दलित आन्दोलनका अगुवा पदम सुन्दास र […]


काभ्रे बस दुर्घटना : मृतकको सङ्ख्या तेत्तीस

काठमाडौँ, ३१ साउन । काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । काठमाडौँबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा २ ख १०६ नंको बस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खहरेखोलामा खसेर दुर्घटना हुँदा बसमा सवार ३३ जनाको घटनास्थलमै मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको […]


‘स्क्रब टाइफस’ बाट तीनको मृत्यु, ७६ जनामा सङ्क्रमण

नारायण ढुंगाना / चितवन, ३१ साउन । गत वर्षदेखि नेपालमा आधिकारिक रुपमा पुष्टि भएको नयाँ रोग ‘स्क्रब टाइफस’बाट आजसम्म तीनजनाको मृत्यु भएको पुष्टि भएको छ । चितवनसहित भोजपुर र सङ्खुवासभाका गरी तीनजना बिरामीको मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवन मेडिकल कलेजमा उपचार गरिएकी एक महिलाको उक्त रोगबाट मृत्यु भएको हो । कार्यालयका […]


उपप्रधानमन्त्री महरा भोलि चीन जाँदै

काठमाडौँ, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीनको छ दिवसीय भ्रमणमा सोमबार बेइजिङ प्रस्थान गर्दै हुनुहुन्छ । चीनमा रहँदा उहाँले नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षका साथै राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणमा केन्द्रित रहेर सम्बद्ध उच्च अधिकारीहरूसँग छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी […]


वैदेशिक रोजगार ठगीमा सात पक्राउ

इटहरी, ३० साउन । विभिन्न देशमा आकर्षक वैदेशिक रोजगारीमा पठाइदिने भन्दै अवैध एवम् गैरकानुनीरुपमा अन्तरवार्ता लिई ठूलो परिमाणमा पैसा असुली गर्ने गरेको भन्ने सूचनाका आधारमा विभिन्न स्थानका सातजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । इप्रका इटहरीका अनुसार वैदेशिक रोजगारका लागि आकर्षक तलब सुविधा पाइने प्रलोभन देखाएर सर्वसाधारणलाई अन्तरवार्ता लिने कार्य गर्ने गरेको भन्ने […]


अन्तर्राष्ट्रियस्तरको गुरुकुल स्थापना गर्न माग

काठमाडौँ, ३० साउन । नेपालमा अन्तर्राष्ट्रियस्तरको शैक्षिक प्रतिष्ठानका रुपमा गुरुकुल सञ्चालन गरिनुपर्नेमा जोड दिइएको छ । सत्–मार्ग अभियान नेपालको आयोजनामा आज भएको विचार गोष्ठीमा शैक्षिक क्षेत्रका पाँच व्यक्तित्वले सो सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभयो । महेश संस्कृत गुरुकुल देवघाट तनहुँका सहप्राध्यापक डा गुरूप्रसाद सुवेदीले ‘नेपालमा गुरुकुलको अवस्था र प्रयोग’, त्रिविका उपप्राध्यापक जनार्दन घिमिरेले ‘नेपालमा अन्तर्राष्ट्रिय गुरुकुलको […]


शरणार्थी समस्या समाधानमा सहजीकरण गरिदिन आग्रह

काठमाडौँ, २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थी समस्या समाधानमा संयुक्त राष्ट्र सङ्घले देखाएको चासोप्रति धन्यवाद दिँदै बाँकी शरणार्थीको समस्या समाधानमा सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ । शरणार्थीका लागि राष्ट्रसङ्घीय उच्चायुक्त फिलिप्पो ग्रान्डीसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्रीले मानवीय सेवाका रुपमा शरणार्थी समस्या समाधानमा राष्ट्र सङ्घको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले […]


अपाङ्गता भएकाको व्यावहारिक रूपमै समान सहभागिता माग

काठमाडौँ, २९ साउन । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले अपाङ्गता क्षेत्रमा देखिएका समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेत्रहीन युवा सङ्घ, नेपालको दोस्रो अधिवेशनको अवसरमा आज यहाँ उद्घाटन गर्दै मन्त्री श्रीपाइलीले राज्यका रहेक संरचनामा अपाङ्गता भएका व्यक्तिको व्यावहारिक रूपमै समान सहभागिताका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो । सो अवसरमा नेकपा(एमाले) का केन्द्रीय […]


अस्ट्रेलियाको एनएडिएफ अध्यक्षमा थापा ; देवकोटा अस्ट्रेलियाका लागि पर्यटनदूत

काठमाडौँ, २९ साउन । नेप्लिज अस्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिफ)ले नवौँ अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा विवेक थापालाई सर्वसम्मत रुपमा चयन गरेको छ । अस्ट्रेलियाको नेपाली समुदायमा करिब दुई दशकदेखि रहँदै आएको यस संस्थाले ओबनको साइनो नेपाली रेस्टुरेन्टमा सर्वसम्मत नयाँ कार्यसमितिसमेत चयन गरेको हो । संस्थाको उपाध्यक्षद्वयमा पूर्णनाथ घिमिरे र सुरेन्द्र सापकोटा, महासचिवमा माधव गैरे, सचिवमा थानु […]


खाडीका जेलमा रहेका नेपालीको तथ्याङ्क उपलब्ध गराउन प्रमको निर्देशन

रमेश लम्साल / काठमाडौँ २८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले खाडी मुलुकका विभिन्न जेलमा रहेका नेपालीको सम्बन्धमा गम्भीर चासो राख्नुभएको छ । परराष्ट्र सचिव शङ्करदास बैरागीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ प्रधानमन्त्री दाहालले खाडी मुलुकमा रहेका नेपालीका समस्याबारे गम्भीर चासो राख्दै जेलमा रहेका नेपालीको ठोस तथ्याङ्क दिन निर्देशन दिनुभएको हो । वैदेशिक रोजगारीको खोजीमा खाडी […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter